×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् ।

Advertisement
Advertisement

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ।

यसरी गरिएको निर्णय गैरकानुनी भएको र सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरूद्ध भएको भन्दै रिट पेस भएको छ । अधिवक्ता सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका हुन् ।

रिटमा पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकलाई हनन गरेको आरोप छ। साथै स्वतन्त्रतामा समेत असर गरेको भनिएको छ । उक्त रिट सर्वोच्चमा दर्ता भइसकेको छैन ।

सर्वोच्च प्रशासनले उक्त रिटलाई अध्ययन गरिरहेको छ । यसअघि सर्वोच्चमा १० वटा भन्दा बढी रिट संसद विघटन र सरकार गठनविरूद्ध परेका छन् । उक्त रिटको पहिलो सुनुवाइ बुधबार हुँदैछ ।

यता सर्वोच्च अदालत आफै न्याय पाउनका लागि प्रहरीमा उजुरी दिने तयारीमा छ । सर्वोच्चले क्षति विवरण सहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी छ ।

सर्वोच्चले आइतबार बसेको पूर्ण बैठकले जाहेरी दिने निर्णय गरेको हो । त्यसअनुसार जाहेरी दिन लागेको हो । ‘किटान गरेर जाहेरी दिँदैनौं। सर्वोच्चमा भएको क्षति विवरण सहित प्रहरीमा जाहेरी दिन्छौं। पछि प्रतिवादी खुलेसँगै प्रहरीले मुद्दा अघि बढाउला,’ सहरजिस्ट्रार कोइरालाले भने ।

जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगलागीमा परी दुई लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएका छन् । आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो । जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको हो ।

आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका छन् । जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन् । त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन् ।

सर्वोच्च अदालत बाहेक उच्च अदालत र जिल्ला अदालतहरूमा पनि आगजनीमा व्यापक क्षति भएको छ । देशभरका अदालतमा भएका मुद्दा चलिरहेका ६ हजार ५ सय ३३ मिसिल जलेका छन् । त्यस्तै अभिलेखमा रहेका ७ लाख ०६ हजार ७१ वटा मिसिल ध्वस्त भएका छन् ।

त्यस्तै तहसिल तर्फको ४ हजार १ सय ८५ मिसिल नष्ट भएको छ । सर्वोच्च अदालत सहित देशभरका अदालतमा ठूलो संख्यामा सवारी साधन र कार्यालयका सामानमा समेत भदौ २४ गते क्षति पुगेको छ ।

Advertisement
Advertisement

देशभरका अदालतमा गरी ४ सय २२ वटा सवारी साधन पूर्ण रूपमा क्षति भएका छन् । सर्वोच्च अदालतमा ४३ वटा चार पांग्रे गाडी जलेका छन् । अदालतहरूमा भएका १ हजार ४ सय ९२ वटा कम्प्युटर, ६ सय ३५ ल्यापटप, ४ सय ४५ वटा सिसी क्यामरा पनि ध्वस्त भएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top