×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

१५ कार्तिक २०८२

१४ कार्तिक , काडमाण्डौ ।

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement
Advertisement

साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ ।   विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ ।

बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ । मोन्था चक्रबातले मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा र उपल्लो (३५०० मिटरभन्दा अग्लो) भू–भागमा भारी हिमपात गराउने छ ।

मौसमविद् उज्जवल उपाध्यायले  आज यात्रा नगर्न अनुरोध पनि गरेका छन् । उपाध्यायका अनुसार अहिले अरब सागरमा नयाँ प्रणाली विकास भएको छ । ‘हाल पश्चिमी वायुको प्रभाव देखिएको छ । अरब सागरमा नयाँ प्रणाली र मोन्थाका कारण नेपाली आकाशमा लो प्रेसर जोन सिर्जना भएको छ ।

हिजो दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा  भएको थियो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको छ । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।

मोन्था भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । बिहार आइपुग्दा मोन्था बंगालको खाडीबाट भारत प्रवेश गरेको बेलाभन्दा निकै कमजोर भएको छ । मोन्थाको बाँकी प्रभावस्वरूप अहिले भारतका दक्षिक राज्यहरूमा हल्का वर्षा भइरहेको छ ।

आज शुक्रबार बिहार, झारखण्ड, पूर्वी मध्य प्रदेश, छत्तीसगढमा भारी वर्षा हुनेछ । पटना मौसम केन्द्रले बिहारका २५ जिल्लामा २ दिन भारी वर्षा हुने चेतना दिइसकेको छ । मौसमविद्हरूले  भने शनिवारबाट नेपालमा मोन्था चक्रवातको असर सकिँदै जाने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले शनिवार नेपालको सुदूरपूर्वी क्षेत्रमा वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ। कोशीका पूर्वी जिल्लाहरूमा सावधानी अपनाउन भनिएको छ। नेपालमा मोन्थाको अधिकतम प्रभाव आज शुक्रवार पर्ने पूर्वानुमान छ।

आज बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भए पनि कतिपय मौसमविद्हरूले पूर्वानुमान गरे जस्तो ठूलो वर्षा नहुने जल तथा मौसम विज्ञान विभागले बताएको  छ।   नेपालमा जाडो याम सुरु हुनै लाग्दा भइरहेको वर्षाले जाडो बढाउने मौसमविद्हरूले बताएका छन्।

Advertisement

पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा धेरै भारी वर्षा भएको छ। त्यहाँ १४०.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३.६, चुरेमाईमा ७२.४, लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top