बडिबिल्डिंग एण्ड फिटनेश एशोसिएसनको ‘से नो टु ड्रग्स’

विराटनगर,असोज १९
मोरङ जिल्ला बडिबिल्डिंग एण्ड फिटनेश एशोसिएसनले शुक्रबार विराटनगरमा ‘से नो टु ड्रग्स’ कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लागुऔषधको दुब्र्यसनबाट जोगाउन तथा खेलकुदप्रति आर्कषित गर्ने उद्धेश्यल आयोजित कार्यक्रममा कराँते,उसु र महिला तथा पुरुष बडिबिल्डींग खेल प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।

कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले लागुऔषध दुब्र्यसन समाजमा गम्भीर चुनौतीकोरुपमा देखिएको बताए ।उनले प्रदेश सरकारले चालु आर्थिक बर्षलाई स्वास्थ्य प्रबद्र्धन बर्षकोरुपमा घोषणा गरेको बताउदै लागुऔषध दुब्र्यसन न्युनिकरणगर्न थप योजनाहरु ल्याइने बताए ।

Advertisement

 

Advertisement

रिचमण्ड फेलोसिपका अध्यक्ष संजिब चापागाईंले अभियन्ता र सुधारकेन्द्रहरुको प्रयासले मात्र दुब्र्यसन न्युनिकरण सम्भव नहुने बताउदै सवैको साझा प्रयास आवश्यक रहेको बताए ।

उनले देशभरिमा १ लाख ५६ हजार दुब्र्यसनी रहेको जानकारी दिँदै मोरङमा मात्र ९ हजार बढी कडा लागुऔषध सेवनगर्ने दुब्र्यसनी रहेको बताए । न्युरो अस्पतालका संचालक डाक्टर बिरेन्द्रकुमार बिष्टले लागुऔषधबिहीन समाज निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top