×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

१९ कार्तिक २०८२

१८ कार्तिक , काठमाण्डौ ।

नेपाल फुटबल खेलाडी संघ एन्फा र क्लबविरुद्ध आन्दोलित भएको छ । फुटबल खेलाडीहरुले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ र क्लबबीचको सहमतिको विरोध गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका थिए । यस निर्णयले व्यवसायिक खेलाडीमाथि ठूलो अन्याय गरेको खेलाडी संघको ठहर छ ।

संघले पछिल्लो पटक लिग भएको करिब तीन वर्ष बित्न लाग्दा पनि एन्फाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाएको छ । ‘एन्फा, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच भएको छलफल र त्यसपछि बनेको समितिले लिग छिट्टै सञ्चालन गर्ने संकेत दिएको थियो ।

तर, एन्फाको पछिल्लो निर्णयले ती सबै पहललाई कमजोर बनाएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ । एन्फाले अहिले गर्ने भनिएको राष्ट्रिय लिगमा ६ टोली मात्र सहभागी हुनेछन् । यसले गर्दा धेरैजसो खेलाडीका लागि अवसर प्राप्त नहुने संघको बुझाइ छ ।

संघका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ४२ क्लबका १२५० देखि २१०० खेलाडी अर्को वर्ष खेल्नबाट वञ्चित हुने पक्का भएको छ । यदि ‘ए’ डिभिजन लिग पनि नभए झन्डै १ हजारभन्दा बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट वञ्चित हुने संघको तर्क छ ।

संघले विज्ञप्तिमा भनेको छ,‘खेलाडीको मर्म र भावनामाथि खेलवाड भएकोले यो निर्णयप्रति हामी गम्भीर असन्तुष्टि जनाउँछौं। यस सहमति खेलाडीको अस्तित्व नै संकटमा परेको छ।’ संघले पटक–पटक एन्फालाई लिग सञ्चालनका लागि मौखिक र लिखित सुझाव दिँदै आएको उल्लेख गरेको छ ।

त्यसैले अब एन्फाको पछिल्लो निर्णयले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको जनाएको छ । संघले आगामी दिनमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा नेतृत्वकै हुने चेतावनी दिएको छ ।

त्यसैगरी संघले फुटबलप्रेमी, समर्थक र सरोकारवालाहरूलाई खेलाडीको हकका लागि सुरु हुन लागेको अभियानमा साथ दिन आह्वान गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो पटक सकिएको दुई वर्ष ४ महिना भएको छ ।

अब अर्को वर्ष २०८३को पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको छ । यसको अर्थ झण्डै साँढे ३ वर्ष देखि नेपाली फुटबल खेलाडी बेरोजगार नै रहनेछन् । यो अवधिमा विदेशिने खेलाडीको लेखाजोखा नै छैन ।

बाँकी खेलाडी फुटबल भनेर बसेका छन् । तर उनीहरूले अझै फुटबल खेल्न नपाउने भएका छन् । २ वर्ष देखि फुटबल खेल्न नपाएका, फुटबल बाहेक अन्य पेशा समेत नअपनाएका खेलाडीसँग राष्ट्रिय लिगको लागि २ महिनाको सम्झौता गर्दा क्लबले लाज मान्नु पर्ने हो ।

तर अर्को वर्ष मात्र ए डिभिजन लिग गर्ने हस्ताक्षर गरिरहँदा कुनै पनि क्लबले खेलाडीको रोजगारीको विषयमा सोचेको समेत पाइएन ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top