×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा पुगेका छन् । रविसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । त्यसैका लागि उनलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पु¥याइएको हो ।

Advertisement
Advertisement

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पु¥याइसकिएको जानकारी दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो ।

त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए । आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

अब आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ । यसैबीच जाँचबुझ आयोगका पदाधिकारीहरूले प्रहरी हेडक्वाटरबाट सहयोग नपाएको गुनासो गरेका छन् ।

उनीहरु महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन् । छानबिनका लागि आवश्यक विवरणहरू पटकपटक माग गर्दा पनि प्रहरी हेडक्वार्टरले नपठाएर असहयोग गरेको आरोप बुझाइ आयोगको छ ।

पटकपटक माग गर्दा समेत विवरण नबुझाएको भन्दै आयोगका पदाधिकारीहरू ‘अनुसन्धानमा असहयोग गरेको’ आरोपमा कारबाही गर्नुपर्ने तहको छलफलमा पुगेका छन् । जाँचबुझ आयोगले तीन साताअघि नै दुई महिनाअघिको जेन–जी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग्दै प्रहरी हेडक्वार्टरलाई पत्राचार गरेको थियो ।

तर त्यो पत्रअनुसारको विवरण तीन सातासम्म प्रहरी हेडक्वार्टरले बुझाएन । यसमा प्रहरी महानिरीक्षक खापुङकै मुख्य भूमिका रहेको बुझाइ आयोग छ । उनकै कारण फिल्डमा खटिएका प्रहरी इन्चार्जको विवरण हेडक्वार्टरले नपठाएको आयोगका एक सदस्यले बताए ।

पत्र पठाउन ढिलाई गरेपछि आयोगका पदाधिकारीहरूले मौखिक एवं अनौपचारिक रुपमा प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी विवरण मागेका थिए । त्यसपछि भने प्रहरी हेडक्वाटरले आन्दोलनको बेला जवानदेखि प्रहरी महानिरीक्षकसम्म सबै जना फिल्डमै रहेको जानकारी आयोगलाई गराएको थियो ।

७७ वटै जिल्लामा प्रदर्शन भएकाले सबै प्रहरी फिल्डमै रहेको आशयको जवाफ हेडक्वार्टरले पठाएको थियो । हेडक्वार्टरकोे यो जवाफपछि आयोग झनै असन्तुष्ट बनेको छ । त्यो पत्रलाई गैरजिम्मेवारयुक्त भन्दै जाँचबुझ आयोगका पदाधिकारीहरूले कारबाहीको चेतावनीसहित विवरण पेश गर्न अर्को पत्र पठाएका थिए ।

‘मागेको विवरण पठाउनुका साटो अनुसन्धानमा असहयोग हुने गरी अल्मल्याउने काम भयो भन्ने हाम्रो बुझाइ छ’ जाँचबुझ आयोगका एक पदाधिकारीले भने, ‘यसबारेमै थप विवरणका लागि हामी प्रयास गर्छौं, नभए थप छलफल गर्न छुट्टै बैठक हुनसक्छ ।’

हेडक्वार्टरको यो जवाफपछि जाँचबुझले चेतावनीसहितको पत्र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पठाएको थियो । आयोगले प्रहरी महानिरीक्षक खापुङलाई २४ घण्टाभित्र विवरण पठाउन र तत्कालीन इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशनसहितको पत्र पठाएको थियो ।

यदि आयोगको पत्रअनुसार काम नभए मानहानीको कारबाहीसम्म हुने चेतावनी आयोगले पत्रमै उल्लेख गरेको थियो । त्यसपछि भने प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीलाई पत्र लेख्दै जेनजी आन्दोलनका बेला खटिएका प्रहरीका इन्चार्जहरूलाई उपत्यका नछाड्न भनेर निर्देशन दिएको थियो ।

Advertisement

यो पत्र प्रहरी हेडक्वार्टरले आयोगलाई पनि फरवार्ड गरेको थियो । अहिले भने फिल्डमा खटिएका कर्मचारीहरूको यकिन विवरणहरू पठाउने काम भएको भन्ने जवाफ आएको आयोग स्रोतले बताएको छ । यदी त्यो विवरण नआए कारबाहीसम्म हुने आयोगका एक सदस्य बताउँछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top