×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

बलिउड सुपरस्टार सलमान खान फेरि एक पटक कानूनी झमेलामा परेका छन् । पान मसलाको विज्ञापनसँग सम्बन्धित विषयमा उनी अदालतमा तानिएका हुन् । राजस्थानको कोटा उपभोक्ता अदालतले सलमान खानको नाममा नोटिस जारी गरेको छ ।

Advertisement
Advertisement

अभिनेताले प्रचार गरेको पान मसला ब्रान्डको विज्ञापन भ्रामक भएको अनि यसले उपभोक्ताहरूलाई गलत बाटोमा डोराइरहेको आरोप मुद्दामा लगाइएको छ । भारतीय संचारमाध्यामहरुका अनुशार राजस्थान उच्च अदालतका वरिष्ठ अधिवक्ता तथा राजनीतिक नेता इन्दरमोहन सिंह हनीले सलमान खानविरुद्ध उजुरी दर्ता गरेका छन् ।

सलमान खानले प्रचार गरेको कम्पनीले अलैँची र केसर मिसाइएको पान मसला भन्दै आफ्नो उत्पादनको झूटो विज्ञापन गरेको हनीको भनाइ छ । केसरको मूल्यप्रति किलोग्राम लगभग चार लाख रुपैयाँ पर्छ, र पाँच रुपैयाँको थैलीमा यति महँगो उत्पादन कसरी पाउन सकिन्छ ? उजुरीकर्ताले प्रश्न गरेका छन् ।

कोटा उपभोक्ता अदालतले यो उजुरीमाथि संज्ञान लिँदै सलमान र सम्बन्धित कम्पनी दुवैलाई नोटिस पठाएको छ । यस मुद्दाको अर्को सुनुवाइ २०२५ को नोभेम्बर २७ तोकिएको छ । यस्ता विज्ञापनहरूले युवाहरूलाई भ्रमित पार्ने र समाजमा गलत सन्देश पठाउने अदालतमा दायर गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

‘सलमान खान लाखौँ मानिसहरूका लागि आदर्श हुन् । तर उनले जब कुनै उत्पादनको प्रचार गर्छन्, मानिसहरूले बिना सोच बुझ यसलाई विश्वास गर्छन् । विश्वका धेरै देशहरूमा ठुला फिल्म स्टारहरूले कोल्ड ड्रिंक्सको समेत प्रचार गर्दैनन्, तर हाम्रो देशमा स्टारहरूले पान मसला जस्ता हानिकारक उत्पादनहरूको विज्ञापन गर्छन् ।

उनीहरूले युवाहरूलाई गलत दिशामा लैजानु हुँदैन’ याचिकाकर्ताले भनेका छन् । हनीले एएनआईसँग कुरा गर्दै भनेका छन् , ’सलमान खान करोडौं मानिसका आदर्श हुन्। जब उनले कुनै उत्पादनको प्रचार गर्छन् तब मानिसहरूले बिना कुनै सोचविचार त्यसमा विश्वास गर्छन्।

विश्वका धेरै देशहरूमा ठूला फिल्म स्टारहरूले चिसो पेय पदार्थको पनि प्रचार गर्दैनन्, तर हाम्रो यहाँका कलाकारहरूले पान मसाला जस्ता हानिकारक उत्पादनहरूको विज्ञापन गर्छन्। उनीहरूले युवाहरूलाई गलत दिशामा लैजानु हुँदैन।’

उनको भनाइ छ कि सलमानले प्रचार गरेको कम्पनीले आफ्नो उत्पादनलाई केसरयुक्त अलैंची र केसर मिश्रित पान मसाला बताएर झुटो प्रचार ग¥यो। उजुरीकर्ताका अनुसार, यो दाबी झुटो हो किनकि केसरको वास्तविक मूल्य प्रति किलो लगभग चार लाख रुपैयाँ हुन्छ र यति महँगो चीज पाँच रुपैयाँ पर्ने पाउचमा कसरी पाउन सकिन्छ?

यो विवादमा अहिलेसम्म सलमान खान वा पान मसला कम्पनीबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यतिबेला सलमान अपूर्व लाखियाको निर्देशनमा बन्न लागेको ‘ब्याटल अफ गलवान’ को छायाङ्कनमा व्यस्त छन् । उनी सप्ताहान्तमा टिभी कार्यक्रम ‘बिग बोस १९’ पनि होस्ट गरिरहेका छन् ।

Advertisement

विज्ञापन खेलेकै कारण कुनै बलिउड स्टारलाई लिगल नोटिस आएको यो पहिलो पटक होइन । यसअघि, अमिताभ बच्चन, अक्षय कुमार र अजय देवगन जस्ता स्टारहरूले सुर्तीजन्य पदार्थ वा पान मसलाको विज्ञापन गरेकोमा आलोचना खेप्नुपरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top