×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेका बेला दक्षिणको छिमेकी भारतको नेपालसँग जोडिएको बिहार राज्यमा भोलि विदान सभाको निर्वाचन हुँदैछ ।

Advertisement

बिहार राज्यमा भोेलि ६ नोभेम्बर र ११ नोभेम्बरमा दुई चरणमा प्रदेश अर्थात् विधानसभाको निर्वाचन हुँदैछ । त्यसतर्फ भारतको मात्र हैन अन्य देशहरुको पनि नजर रहेको छ । दलहरूले रोजगारी र सुशासनलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा होमिएका छन ।

ती मध्ये भारतीय जनता पार्टी (भाजपा).  जनता दल युनाइटेड (जदयू), लोकशक्ति पार्टी (राम विलास), हिन्दुस्तान अवाम मोर्चा र राष्ट्रिय लोकमोर्चा सम्मिलित नेसनल डेमोक्रेटिक एलायन्स ९एनडीए० ले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्दै बिहारमा १ करोडलाई रोजगारी दिने संकल्प गरेका छन् ।

त्यसैले आज हामी चुनावमय बनेको विहार, त्यहाँ देखिएको त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजीरुभन्ने विषयमा केन्द्रित रही चर्चा गर्नेछौ। बिहारमा भोलिदेखि सुरु हुने विधानसभा निर्वाचनले राज्यभर उत्साह, प्रतिस्पर्धा र राजनीतिक उथलपुथलको माहोल ल्याएको छ।

पहिलो चरणमा झारखण्ड सीमाना नजिकका साथै मध्य र दक्षिण बिहारका जिल्लाहरू समेटिएका छन्, जहाँ दर्जनौँ सिटमा मतदान हुनेछ। यी सिटहरूमा हुने नतिजाले आगामी चरणका चुनावी रणनीति र गठबन्धनहरूको भविष्यलाई पनि प्रभाव पार्नेछ।

मुख्य प्रतिस्पर्धा राजद–कांग्रेस गठबन्धन र एनडीए (भाजपा–जदयू) बीच रहने अनुमान गरिएको छ, तर यसपटक जन सुराज, भोजपुरी कलाकारहरूको प्रभाव र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति ले पनि चुनावलाई त्रिकोणात्मक वा बहुकोणीय बनाएको छ।

मुख्य सहरहरूमा प्रचारका लागि ठूला सभा, रोड शो र डिजिटल अभियान चलेका छन्, भने गाउँ–बस्तीमा उम्मेदवारहरूले घरदैलो कार्यक्रममार्फत मत मागिरहेका छन्। खासगरी युवाहरू, महिला मतदाता र पहिलो पटक भोट हाल्न पाउने वर्गलाई लक्षित गरेर दलहरूले विकास, रोजगार, शिक्षाको सुधार र कानून–व्यवस्था जस्ता विषयहरूलाई एजेन्डा बनाएका छन्।

सुरक्षाका दृष्टिले केन्द्र र राज्य सरकारको समन्वयमा हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा CCTV निगरानी, महिला प्रहरी तैनाथी र EVM (इलेक्ट्रोनिक मतदान मेसिन) परीक्षण पूरा गरेको जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस चुनावको पहिलो चरणले नै आगामी चरणहरूको मनोवैज्ञानिक प्रभाव पार्नेछ र यहीबाट नयाँ सत्ता समीकरणको संकेत पनि मिल्नेछ। संक्षेपमा भन्नुपर्दा, बिहारमा भोलीबाट सुरु हुने निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, राज्यको राजनीतिक भविष्यको दिशा तय गर्ने निर्णायक घडी हो।

बिहार विधानसभा चुनाव यस पटक पनि परम्परागत दुई ठूला शक्तिहरू—नितीशकुमार नेतृत्वको एनडीए र तेजस्वी यादव नेतृत्वको महागठबन्धन—बीचको कडा प्रतिस्पर्धामा केन्द्रित छ। महागठबन्धनले रोजगारी, किसान, महिला सशक्तीकरण र पूर्वाधार विकासलाई एजेन्डा बनाएको छ भने नितीशकुमार सुशासन र स्थायित्वका नारा सहित बरहराबाट उम्मेदवार बनेका छन्।

लालु–नितीशबीचको पुरानो राजनीतिक सहकार्य र प्रतिद्वन्द्विताले बिहारको राजनीति लामो समयदेखि निर्धारण गर्दै आएको छ। यसबीच प्रशान्त किशोरको जन सुराज पार्टीले नयाँ विकल्पका रूपमा सुशासन र उत्तरदायित्वको मुद्दा उठाए पनि प्रभाव सीमित देखिन्छ।

करिब ७ करोड ४३ लाख मतदातासहितको यो निर्वाचनले बिहारको नयाँ नेतृत्व र राजनीतिक दिशाको निर्णय गर्नेछ। त्यसोत बिहार विधानसभाको पहिलो चरणको चुनावमा केही सिटहरू त्यस्ता छन्, जसले केवल राजनीतिक समीकरण मात्रै परिवर्तन गर्न सक्ने नभई ठूला नेताहरूको भाग्य पनि निर्धारण गर्ने साहास राख्छन्।

यी सिटहरूमा प्रतिस्पर्धा केवल दलबीचको मात्र होइन, व्यक्तित्व, लोकप्रियता र रणनीतिबीचको पनि छ। मोकामा देखि महुआ सम्मका यी १० सिटहरूमा राजनीतिक तापक्रम चरममा पुगेको छ। कतै उपमुख्यमन्त्री स्वयं मैदानमा छन्, त कतै भोजपुरी कलाकार र तेस्रोलिंगी उम्मेदवार चुनावी अखाडामा छन्।

तारापुरमा सम्राट चौधरीको अग्निपरीक्षा हुदैछ किनकि बिहारका उपमुख्यमन्त्री समेत रहेका सम्राट चौधरी तारापुर सिटबाट चुनाव लड्दै छन्। उनका सामु आरजेडीका अरुण कुमार साह छन्, जससँग सीधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

उता राघोपुरमा तेजस्वी यादवलाई ह्याट्रिकको चुनौती देखिएको किनकि आरजेडीको पारिवारिक सिट मानिने राघोपुरबाट तेजस्वी यादव तेस्रो पटक मैदानमा छन्। उनले २०१५ र २०२० मा भाजपाका सतीश कुमारलाई पराजित गरेका थिए।

यसपालि एनडीएको तर्फबाट सतीश यादव चुनौती दिँदै छन् । भोजपुरी अभिनेता पवन सिंहकी पत्नी ज्योति सिंह काराकाट सिटबाट चुनाव लड्दै छन्। पवन सिंहसँगका विवादका कारण यो सिट अहिले चर्चामा छ।

बिहारमा पहिलो चरणको मतदान भोलि ११५ विधानसभा सिटका लागि ४५ हजार ३ सय ४१ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । ६ विधानसभा क्षेत्रका २ हजार १ सय ३५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो चरणमा १८ जिल्लाका १२१ सिटमा मतदान हुनेछ । यी १२१ सिटमा कुल २ हजार ४ सय ९६ उम्मेदवारी परेको थियो । जाँच अनुसन्धानका क्रममा १ हजार ९ सय ३९ लाई वैध मानिएको छ ।

ती मध्ये ७० प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । सञ्चारमाध्यमका अनुसार पहिलो चरणको निर्वाचनमा जम्मा ३ करोड ७५ लाख १३ हजार ३०२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।त्यसोत बिहारको समृद्धि नेपालका लागि पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ, किनभने दुबै देशबीच केवल भौगोलिक निकटता मात्र होइन, ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध पनि गहिरो छ।

बिहारका सात जिल्ला र २१ वटा विधानसभा निर्वाचन क्षेत्रहरू प्रत्यक्ष रूपमा नेपालको तराईका जिल्लासँग सीमा जोडिएका छन्, जसले दुवै पक्षका जनजीवन र व्यापार–व्यवसायमा आपसी प्रभाव पार्ने गर्छ।यदि बिहारमा सुशासन, स्थायित्व र समृद्धिको वातावरण स्थापित हुन सक्यो भने त्यसको सकारात्मक प्रभाव सीमावर्ती नेपाली क्षेत्रहरूमा पर्न जानेछ।

सुशासनका कारण सीमापार अपराध, तस्करी र अवैध क्रियाकलापमा कमी आउनेछ, जबकि आर्थिक विकासले सीमावर्ती बजारहरूमा व्यापार, रोजगारी र पूर्वाधार विस्तारको अवसर बढाउनेछ। सडक, स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सुधार आएपछि दुबै देशका सीमावर्ती नागरिकबीच सहकार्य र मैत्री सम्बन्ध अझ प्रगाढ बन्नेछ।

त्यसैले बिहारको राजनीतिक स्थायित्व र आर्थिक उन्नति केवल भारतकै आन्तरिक विषय मात्रै होइन, नेपालका सीमावर्ती जनजीवन र क्षेत्रीय समृद्धिसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। यसैले बिहारमा जनमुखी सवल र स्थायी नेतृत्व नै नेपालको पनि अपेक्षा हो ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top