×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा ३ दिनदेखिको खोजीपछि हिजो गोरखाबाट पक्राउ परेका डा.निकोलस भुसाल पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

Advertisement
Advertisement

‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मा पाँच दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले बताए । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुनेछ ।

सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ४ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् । आफूलाई प्रहरीले खोजेपछि उनले आफू काठमाडौंमै रहेको भन्दै भिडियो सन्देश समेत जारी गरेका थिए ।

तर उनी गोरखाबाट पक्राउ परेका हुन् । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परे । उनलाई त्यसपछि हिजो नै प्रहरीले काठमाडौं ल्याएको थियो । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् । भुसालले शनिवार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिए ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ । उनीहरुलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताए ।

‘कारबाही’का लागि आफूहरु ओली र लेखकको घर जाने उनले बताएका छन् । सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिए । उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका छन् ।

साथै उनले आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । अपशब्द प्रयोग गर्दै उनले गृहमन्त्री अर्याललाई अपशब्दसहित भनेका छन्, ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु ।’ उनी यतिमै रोकिँदैनन् ।

उनले आफूले बालुवाटार माथि मिसाइल राखेको समेत बताएका छन् । त्यसबाट कोही नबच्ने भन्दै धम्की दिएका छन् । वर्तमान सरकारले दलहरूलाई बोलाएर छलफल राखेकोमा पनि उनले विरोध गरेका छन् । आगामी फागुनमा चुनाव गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने होइन भने चुनाव हुन नसक्ने पनि उनले बताएका छन् ।

बालेन शाहले समेत जेनजीका माग पुरा नगरेको भनेर उनले आक्रोश पोखेका थिए । निकोलस विवादित पात्र हुन् । उनले यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो ।

त्यसपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने भन्दै जिम्मा लिएपछि प्रहरीले छाडेको थियो । गत असोज २३ गते पनि प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पिसाब परीक्षणमा गाँजाको मात्रा भेटिएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएका उनले उग्र खालको अभिव्यक्ति दिँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top