×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनपछिको रास्वपासहितको स्वतन्त्र ब्यक्तिहरु र जेनजीसहितको वैकल्पिक शक्तिको बहस भइरहेका बेला रास्वपासँग सहमति नजुटेपछि कुलमानकै नेतृत्वमा नयाँ दल खोल्ने दाबीका बीच अब बालेन, कुलमानसहितको बहुप्रतिक्षित टिमले पार्टी दर्ता गर्ने अर्काे खबर बाहिरिएको छ ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ तथा विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाको नेतृत्वमा पार्टी दर्ताको तयारी सुरु भएको छ ।

उनीहरुले पार्टीको नाम उज्यालो नेपाल वा उज्यालो अभियान राख्ने समझदारी गरिसकेको दाबी गरिएको छ । बालेन र कुलमान अहिले नै पार्टीमा आवद्ध हुने वा नहुने निर्णय नहुँदा पार्टी दर्ताको मिति टुंगो लाग्न नसकेको दर्शनाले नै बताएकी छन् ।

आफूहरु निर्णायक तहमा पुगि नसकेको भन्दै छलफल जारी रहेको दर्शनाले बताएकी छन् । उनले भनेकी छन्, बालेनजीले स्वतन्त्र चुनाव जितेको हुँदा मेयर मात्र बनेर काम गर्ने कि भन्ने छ । कुलमानजीको पनि क्याबिनेटमै बसेर दलमा आवद्ध हुँदा असर पर्छ कि पर्दैन भनेर कन्फर्म गरिसक्नुभएको छैन ।

उनले दुवै जनालाई सदस्य राखेर दर्ता गर्ने वा समझदारीमा मात्र भन्ने निर्णय पनि भइनसकेको बताएकी छन् । उनले उज्यालो नेपाल, उज्यालो अभियान वा यस्तै नाम राख्नेगरी छलफल अघि बढेको जानकारी दिएकी छन् । उज्यालो अभियान यसअघि देखिनै कुलमानले संचालन गरिरहेका छन् ।

ऊर्जावान युवाहरुलाई समेटेर पार्टी बनाउने भन्ने समझदारी भइसकेको दर्शनाले बताएकी छन् । फरक फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले बताएकी छिन् ।

समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले जानकारी गराइन् ।केन्द्रीय कमिटीको आकार र को को रहने विषय छलफलकै क्रममा रहेको उनले बताइन् ।

दर्शनाका अनुसार, २१ वा ३१ जनाको केन्द्रीय समिति बनाउने प्रस्तावहरू आएका छन् । उनका अनुसार साझा विवेकशीलका नेता एवं शुभेच्छुकलाई नयाँ दलमा सम्मिलित गर्ने गरी संवाद भइरहेको छ ।

रास्वपासँग पुर्नगठित हुन्का लागि यसअघि कुलमानसहितको टिमले वार्ता गरेपनि सहमति नजुटेको खबर बाहिरिएको थियो । यसबारेमा कुलमानले केही संवाद नभएको दाबी गरेपनि रास्वपा नेताहरुले नै पटक पटक छलफल गरेको र रास्वपामा रविको विकल्प नभएको बताएका छन् ।

कुलमान, सुमना र बालेन सहितको टिमले रविको नेतृत्व स्वीकार गरेर रास्वपामा जान नसकिने अडान राखेको बताइएको छ । यसअघि उज्यालो नेपाल अभियानका प्रणेता कुलमानलाई नै आगामी निर्वाचनमा प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने महत्वाकांक्षी योजनाका साथ नयाँ दल दर्ता गर्ने तयारी गरिएको खबर बाहिरिएको थियो ।

विशेषगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ, सागर ढकाल, गोपी हमाल लगायतका जेनजी समूह र अन्य स्वतन्त्र व्यक्तिहरूलाई समेटेर बलियो वैकल्पिक शक्ति निर्माण गर्ने रास्वपाको योजना थियो।

यसै सन्दर्भमा, हाल थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेले पार्टीलाई एक नम्बर बनाउन जस्तो सुकै त्याग र योगदान गर्न सक्ने बताएका थिए। तर, रास्वपामा समाहित हुनका लागि रवि लामिछानेको नेतृत्वलाई स्वीकार नगर्ने संकेत देखिएपछि एकीकरण प्रक्रिया र छलफल टुंगिएको दाबी गरिएको छ।

वैकल्पिक शक्ति निर्माणको यो दौडमा अब दर्शनाको अगुवाइमा कुलमान घिसिङसहितको नयाँ दल दर्ताको तयारी सुरु भएको खबर बाहिरिएको छ। काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङलाई सँगै राखेर पार्टी खोल्नेबारे लामो समयसम्म छलफल र प्रयत्न भए पनि त्यसले सार्थकता पाउन सकेन। एक समय दुई जनामध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने भन्नेसम्म छलफल भएको थियो।

तर, बालेनले दलमा प्रत्यक्ष रूपमा संलग्न भएर राजनीति गर्नेमा धेरै चासो देखाएनन्। कुलमानसँग मात्र होइन, त्यसभन्दा पहिले पनि बालेन पार्टी खोल्ने कि नखोल्ने भन्नेबारे लामो समयदेखि दोधार र अनिश्चयमा रहँदै आएका थिए।

हालका गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका बेला पनि पार्टी खोल्नेबारे दुई जनाबीच छलफल भएको थियो। तर बालेनले आफ्नै समूहभित्र पनि पार्टी खोल्ने हो वा होइन भन्नेबारे कहिल्यै यकिन कुरा गरेनन्।

अर्याल केही समयअघि तय भएको रूपन्देही–३ को उपनिर्वाचनमा सांसदको उम्मेदवार बन्ने तयारी गरिरहँदा पनि बालेनले उनलाई समर्थन गर्नेबारे अन्तिमसम्म पनि वचन दिएका थिएनन् ।दर्शनाले भने २०७८मा पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी परित्याग गरेकी थिइन ।

उनले एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने बताएकी थिइन । सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी थिइन, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ ।

जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’ दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् ।

उनी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् । यस्तै २०७९को प्रतिनिधि सभामा निर्वाचनमा उनले काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन । जहाँ उनको जमानत जफत हुँदा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए ।

Advertisement

 

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top