×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

विराटनगरस्थित बाल सुधार गृहबाट सातजना बाल बिझ््याइँकर्ता फरार भएका छन्। बिहीबार साँझ उनीहरू सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरेर फरार भएका प्रहरीले जनाएको छ। भागेका मध्ये एक जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

Advertisement
Advertisement

फरार हुनेमा बाल बिज्याइँ गरेर सुधार गृहमा बस्दै आएका १८ वर्ष माथिका युवक छन्। बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुशार कार्यालय बन्द हुने समय पारेर ती बिझ्याइँकर्ताले समूह बनाएर ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेपछि गेट खोलेर भागेका थिए ।

उनीहरु जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका अपराधमा संलग्न रहेकाहरु हुन् । फरार रहेका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । भाग्ने क्रममा ड्युटीमा रहेका तीन जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।

बाल सुधार गृहमा सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र २७–२८ वर्ष उमेर समूहका विज्याइँ कर्तासमेत राख्नुपर्दा सुरक्षामा चुनौती थपिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले बाल सुधार गृहमा दुईसय ५५ जना बस्दै आएका थिए।

त्यसमध्ये जेनजी आन्दोलनका क्रममा २०६ जना भागेका थिए। भागेकामध्ये १९१ जना सम्पर्कमा आएका थिए। त्यतिबेला भागेका अझै १५ जना फरार रहेको चुडालले जानकारी दिइन्। केही समयदेखि जेनजी आन्दोलनसँग सम्बन्धित समूहका बालकहरूले सुधार गृहभित्र हुलदङ्गा मच्चाउने गरेका छन्।

बाल सुधार गृहमा उमेर पुगेका युवाहरू हुँदा विवाद, झडप र नियमित आन्दोलन हुँदै आएको सुरक्षा निकायले जनाएको छ। गएको आइतबार मात्रै भक्तपुर सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी फरार भएका थिए ।

जसमध्ये प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी फरार भएका थिए ।

Advertisement
Advertisement

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top