×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

आगामी फागुनमा तय भएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सबैको चासो र केन्द्रमा परेको छ । यस्तो बेला रास्वपाकोे विस्तारित बैठक चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि सुरु हुँदैछ।

Advertisement
Advertisement

दुई दिनसम्म चल्ने यस बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ। बिहान ८ बजेदेखि सुरु हुने बैठकका लागि अधिकांश प्रतिनिधिहरू बिहीबार राति नै सौराहा पुगिसकेका छन्। रास्वपाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जानकारी दिएको थियो।

बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन्। यस अवसरमा कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदन र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन्।

यस्तै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधि सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रदेश सभापतिहरूले आफ्नो प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे धारणा राख्नेछन्। पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव दिनेछन् र ती सुझावलाई समेटेर आवश्यक परिमार्जन गरिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।

बैठकमा आगामी फागुनमा तोकिएको महाधिवेशनका बारेमा पनि छलफल गरिनेछ। फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशनको मिति के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन्।

विस्तारित बैठकमा पार्टी संरचनाको पुनर्गठन, विगतमा अंगीकार गरिएका विधि, रणनीति, सांगठनिक कमजोरी र भावी रणनीति लगायतका विषयमा सघन बहस हुनेछ। वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

पार्टी प्रवक्ता मनिष झाले पार्टीभित्र आउने फरक–फरक धारणालाई सम्मान गरिने र सबैले आफ्ना धारणा राख्न पाउने बताए। जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएपछि उत्पन्न भएको विवाद र देखिएको विग्रहका बारेमा समेत पार्टीको धारणा आउने जनाइएको छ।

जेनजी आन्दोलनपछि पार्टीको भावी कार्यदिशा तय हुने प्रवक्ता झाले बताए। विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्थापन पार्टीले गर्नेछ भने आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ।

दुई दिनको खाना र खाजाका लागि प्रत्येक प्रतिनिधिबाट १५ सय रुपैयाँ शुल्क तोकिएको छ। विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ।

प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमा वर्तमान राजनीतिक विषम परिवेश र घोषित निर्वाचन केन्द्रित छलफल हुनेतर्फ संकेत गरेका थिए। उनले यस बैठकलाई ‘राजनीतिक संक्रमणपछिको सबैभन्दा ठूलो बैठक’ भन्दै यसको राजनीतिक र सांगठनिक हिसाबले महत्व रहेको बताए।

नेतृत्व परिवर्तनको विषय एजेण्डाका रूपमा नरहे पनि बैठकमा सहभागी प्रतिनिधिहरूले संगठनको नेतृत्व परिवर्तन, राजनीतिक संरचना, निर्वाचन, वाचापत्र लगायतका विषयमा स्वतन्त्र रूपमा विचार राख्न सक्नेछन्।

फागुनमा तय भएको महाधिवेशनको मिति सार्ने निर्णय पनि यसै विस्तारित बैठकबाट गरिने जानकारी उनले दिए। प्रवक्ता झाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी नेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिने इच्छा जाहेर गरेको पनि बताएका थिए।

बिहीबार बिहान काठमाडौँमा भट्टराई र शर्मासँग रास्वपा कार्यवाहक सभापतिसहितका नेताले भेटघाट गरेका थिए। यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै झाले भने, ‘राजनीतिक व्यक्तिले नेतृत्व लिन इच्छुक हुनु स्वाभाविक हो। तर, अरूलाई नेता मान्न तयार नहुने व्यक्ति नेता हुन सक्दैनन्।’

उनले डा. भट्टराई र शर्माले छलफलका लागि बोलाएर निर्वाचनमा एक भएर जाने विभिन्न प्रस्तावसहित छलफल अघि बढाएकोले रास्वपा छलफलमा सहभागी भएको बताए।
उनीहरूसँग नेतृत्वको परिषद् बनाउने, राजनीतिक एलायन्स गर्ने कि सँगै निर्वाचनमा जाने, वा एक अर्कालाई सघाउने हो कि, डिस्टर्ब नगर्ने हो भनेर सबै मोडालिटीमा छलफल भएको तर निष्कर्षमा नपुगेको झाले बताए।

अहिले प्रस्ताव राख्ने र छलफल गर्ने चरणमा पुगेको उनको भनाइ छ। विस्तारित बैठकमा यस विषयमा पनि छलफल गरिने र विस्तारित बैठकको सन्देश लिएर पुनः छलफलमा बस्ने उनले बताए।

देशभरबाट आउने ५०० भन्दा बढी प्रतिनिधिको मनोभावना बुझेर, उनीहरूको म्यान्डेडसमेत लिएर ‘अनसिन एजेण्डा’का रूपमा छलफल चलाइने उनले बताए। आगामी निर्वाचनका लागि कस्तो एलाइन्स हुनुपर्छ भन्ने विषयमा पनि छलफल गरिनेछ।

झाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व लिन चाहेको विषयमा रास्वपाले राजनीतिक लचकता राख्ने तर ‘भाँचिने गरी लचकता राख्न नसक्ने’ स्पष्ट पारे। यता रास्वपाको नेतृत्वमा कुलमानको समेत नजर रहेको छ ।

रास्वपासँगको कार्यकारी सभापति बन्ने विषयमा कुरा नमिलेपछि कुलमान घिसिङले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि ’उज्यालो नेपाल पार्टी’ नामको छुट्टै दल दर्ता गर्ने तयारीमा छन्।

यद्यपि, तत्कालै सो पार्टीको नेतृत्वमा घिसिङ रहने छैनन्, बरु चुनावको केही समयअघि मात्र उनले आफ्नो दलको नेतृत्व सम्हाल्नेछन्। हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका घिसिङले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्न लागेको दाबी गरिएको छ।

घिसिङ निकट जीतराम वाइबाले शुक्रबारसम्म निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइने जानकारी दिएका छन् । मन्त्री पदमा रहेका कारण प्राविधिक समस्या आउने र घिसिङको नाममा दल दर्ता गर्न नमिल्ने भएकाले उपाध्यायलाई संयोजक बनाइएको हो।

उनका अनुसार, वर्तमान अप्ठ्यारो परिस्थितिमा सरकारले काम पनि गर्नुपर्ने र चुनाव पनि गराउनुपर्ने भएकाले घिसिङ अहिले सरकारमै बसेर काम गर्नेछन्। ’उज्यालो नेपाल पार्टी’ दर्ता भएर आफ्नो गतिविधि अघि बढाउनेछ र पछि घिसिङ राजीनामा दिएर पार्टी गतिविधिमा जोडिने, उम्मेदवार बन्ने तथा चुनाव लड्नेछन्।

दल दर्ता गर्दा उपाध्यायबाहेक अन्य दुई जनाको नाम पनि संयोजकका लागि छलफलमा आएको वाइबाले बताए। रास्वपासँग कुरा नमिलेपछि नयाँ दल खोल्ने निष्कर्षमा पुगिएको वाइबाको दाबी छ।

उनका अनुसार रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनालसँग कुलमान घिसिङको प्रत्यक्ष भेटघाट, फोन र एसएमएसमार्फत धेरै पटक कुराकानी भएको थियो। वाग्ले र घिसिङबीच एक्लाएक्लै पनि वार्ता भएको थियो।

पछिल्लो १० दिनयता घिसिङ आफैंले छलफल गरे पनि समझदारी जुट्न सकेन।घिसिङका तर्फबाट तीनवटा मुख्य प्रस्ताव राखिएको रास्वपाका उच्चस्तरीय वार्ता कमिटीका नेताहरूले बताए।

पहिलो, रास्वपाका सभापति थुनामा रहेकाले उनले क्लिन चिट नपाएसम्म कुलमानलाई कार्यकारी सभापति बनाउनुपर्ने। दोस्रो, रास्वपाको नाममा कतै न कतै ’उज्यालो’ शब्द राख्नुपर्ने। तेस्रो, रास्वपाको केन्द्रीय संरचनामा ३० देखि ५० प्रतिशत हिस्सा पाउनुपर्ने।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी सुमना श्रेष्ठ, जेनजी प्रतिनिधि सुदन गुरुङ लगायतको समर्थन पाएका घिसिङ रास्वपाले कार्यकारी सभापति आफूलाई दिनुपर्ने अडानबाट टसमस नभएको उनीहरूको भनाइ छ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उनीहरूले सभापति पद छोड्न नसक्ने तर उपसभापति लिएर पार्टीमा जोडिन गरेको आग्रहमा घिसिङ र उनको समूह तयार भएन। सहप्रवक्ता गणेश पराजुलीले ’फूल ओछ्याएर स्वागत गर्छौं’ भन्दाभन्दै पनि घिसिङ नआएको दाबी गरे।

रास्वपा विधिसम्मत स्थापना भएको दल भएकाले घिसिङले राखेका सर्तहरू धरातलीय यथार्थमा कति छन् भन्ने प्रश्न पराजुलीले उठाए। उनले सहकार्य गर्ने र वार्ता गर्ने प्रक्रियामा रास्वपा अझै लाग्ने बताए। विस्तारित बैठकपछि रास्वपाले चुनाव केन्द्रित कार्यक्रमहरू ल्याउनेछ।

रास्वपाका नेताहरूका अनुसार, घिसिङलाई पार्टीमा मिसाउन सके पार्टीको शक्ति अझ बढ्ने देखेरै डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले र शिशिर खनालजस्ता प्रभावशाली नेताहरूलाई वार्तामा खटाइएको थियो।

रास्वपासँगको सहमति नजुटेपछि सुमना श्रेष्ठले पनि वैकल्पिक शक्तिमा पनि नेतृत्वमा विवाद रहेको भन्दै दुःख ब्यक्त गरेकी थिइन । विवेकशील साझाकी पूर्व नेतृ रन्जु दर्शनाले समेत पार्टी दर्ता गर्ने अन्तिम तयारी गरेकी छन् । उनले पनि आफूहरुसँगै कुलमान र बालेन शाहको समेत समर्थन रहने बताएकी छन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top