×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

२८ घण्टाको अवधिमा राज्य सत्ताले नै घुँडा टेकेपछि सडकबाटै अन्तरिम नागरिक सरकार बनेको छ । सडक आन्दोलनपछि जेनजीहरुले सडकबाटै सामाजिक संजाल डिस्कर्डबाट भोटिङमार्फत नै एजेण्डासहित प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरे ।

Advertisement
Advertisement

सुशीलाको नेतृत्वको सरकारमा राजनीतिमा नजोडिएका तथा सामाजिक प्रतिष्ठा बनाएका प्रवुद्ध ब्यक्तिहरुको प्रतिनिधित्व रहेको छ । सरकार राष्ट्रपतिले नियुक्त गर्दा नै कार्यदेश दिएको फागुन २१ को चुनाव सम्पन्न गर्नका लागि अहोरात्र खटिरहेको छ ।

जेनजी आन्दोलनमा दमन गर्ने, भ्रष्टाचारीहरु अझै बाहिरै रहेको भन्दै जेनजीहरुले खबरदारी गर्दा सम्म सरकार निर्वाचनको माहोल नबिथोलियोस् भन्दै विधिसम्बत न्याय निरुपणमा लागिपरेको छ ।

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन यही सरकारले अक्षरश पालना गर्ने प्रधानमन्त्रीसहित मन्त्रीहरुले बताइरहेका छन् । तर जेनजी आन्दोलनपछि १० दिनसम्म सेनको सुरक्षामा रहेर सार्वजनिक भएयता निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकार असंवैधानिक भएको भन्दै निर्वाचन नगर्ने, नहुने भन्दै संसद पुर्नस्थापनाको रटान लगाइरहेका छन् ।

हरेक सार्वजनिक समारोहमा सरकारविरुद्ध खनिदै आएका ओली आज एमालेकै विद्वतवर्गको अन्तरसंवाद कार्यक्रममा पनि त्यसैलाई निरन्तरता दिएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले राजतन्त्रका बेलाजस्तो अहिले जेनजी आन्दोलनको कुनै जग नभएको टिप्पणी गरेका छन् ।

“अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका,” ओलीले भने । उनले आगो लगाएको, तोडफोड गरेको, आतंक मच्चाएको भरमा सरकार बनाइएको भन्दै आपत्ति जनाए ।

ओलीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे । “डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि ग¥या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकाको जस्तो ?,” उनले भने ।

यस्तै ओलीले अदालतले संसद् पुनस्र्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका छन् । उनले प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्ने बताए । “प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनस्र्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने ।

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे । “असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनस्र्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुप¥यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुप¥यो ।”

यस्तै ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति कटाक्ष गरेका छन् । उनले वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको टिप्पणी गरे ।

“वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,” उनले भने ।

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे । “पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,” उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

विभिन्न कम्पनीलाई कर छुट गरेर भष्ट्राचार भइरहेको उनले आरोप लगाए । उनले देश बनाउँछु भनेर संकल्प गरेका त भ्रष्टाचारमा डुबेको भन्दै कमिटमेन्ट नै नभएकाहरू सरकारमा रहेका बेला के होला भनि प्रश्न गरे ।

यस्तै ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । ‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।

‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।

‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’ उनले आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता नरहेको टिप्पणी गरे ।

ओलीले आफूलाई तुलना गरेका सुकरात भने प्राचीन ग्रीसका प्रसिद्ध दार्शनिक थिए, जसलाई पाश्चात्य दर्शनको जनक मानिन्छ। उनी इ.पू. पाँचौं शताब्दीमा एथेन्समा बस्थे। सुकरातले मानिसलाई आफ्नो अज्ञान चिन्न सिक” भनेर सचेत गराउँथे र प्रश्न–उत्तरको माध्यमबाट सत्य खोज्ने अभ्यास गर्थे।

यही कारणले उनले युवाहरूलाई सोच्न प्रेरित गरेको भन्दै राज्यले उनलाई युवाहरूलाई बिगारेको र देवताहरूप्रति अविश्वास फैलाएको आरोप लगायो। अदालतले उनलाई मृत्युदण्ड सुनायो, तर भाग्ने अवसर दिइए पनि उनले कानूनको सम्मान गर्दै भाग्न अस्वीकार गरे र स्वेच्छाले विषको प्याला पिएर मृत्यु वरण गरेका थिए ।

उनी सत्य, न्याय र विवेकका प्रतीकका रूपमा संसारभर सम्मानित छन्। यसैबीच जेनजी आन्दोलन र तत्कालीन प्रधानमन्त्रीका विषयमा रास्वपाले आफ्नो औपचारिक राजनीतिक धारणा सार्वजनिक गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ । केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दुःखमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’

रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ । ‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top