फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

५ मंसिर ८२, शुक्रबार

४ मंसिर , काठमाण्डौ ।
पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ । फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल तेस्रोबाट चौथो स्थानमा झरेको छ ।

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको छ । अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान झरेको हो । नयाँ वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको छ ।

भारत १ सय ४२ औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ । बंगलादेश यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १–० ले हराएको थियो । त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

Advertisement

नेपाल एसियन कप छनोटमा मलेसियासँग १–० ले पराजित भएको थियो । साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ । अब नेपाल भन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान छन् ।

फिफा वरीयताको शीर्ष ४ यथावत रहेको छ । स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ । विश्व वरीयतामा नेपाल झनै खस्किदै जाँदा यता नेपाली फुटबल भने विवादैविवादमा फसेको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) संग खेलाडीहरु रुष्ट बनेका छन् । मैदानमा खेल्नु पर्ने खेलाडीहरुले विरोधको व्यानर बोकेर आन्दोलनमा होमिएका छन् । ‘ए’डिभिजन लिगका क्लब आन्दोलनमा उत्रिएका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज पनि क्लब आन्दोलनमा उत्रिएका थिए । डिभिजन लिगलाई स्वतन्त्र र व्यवस्थित बनाउने मागसहित क्लबहरूले प्रदर्शनको गरेका हुन् । लिगको विषयमा छलफल गर्न एन्फाले क्लबहरूलाई बैठकमा बोलाएको थियो ।

अब मंसिर ७ गते खेलाडीसहित बस्ने गरि बिहीबारको एन्फा र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको छ । बैठकमा क्लबहरूले पहिलाकै सहमतिअनुसार राष्ट्रिय लिग गर्नुपर्ने अडान राखेका थिए ।

स्रोतका अनुसार एन्फाले भने खेलाडीहरूको विरोधका कारण ए डिभिजन लिगमा जान परेको बिफ्रिङ गराएको थियोे। त्यसैले ७ गते तीन पक्षबीच नै बैठक राखेको हो ।
एन्फाले यसअघि क्लबहरूसँग राष्ट्रिय लिग गर्ने सहमति गरेको थियो ।

डिभिजन फुटबलको माग गर्दै खेलाडीहरू आन्दोलनमा उत्रिएपछि एन्फाले क्लबसँग छलफल गरेर डिभिजन फुटबल नै अघि बढाउने बाचा गरेको छ । तर, लिगको विषयमा एन्फाको गतिविधिबाट असन्तुष्ट बनेका क्लबहरू भने प्रदर्शनमा उत्रिएका हुन्।

लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने, क्लबसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग क्लबहरूको छ। यस्तै ८९६ दिनदेखि लिग कसको कारण रोकियो? भन्दै क्लबले उल्टै एन्फालाई प्रतिप्रश्न गरेका छन् ।

यसअघि क्लबहरूले स्वतन्त्र लिग समिति निर्माण गर्नेदेखि लिगलाई व्यवस्थित बनाउन एन्फाले गर्नुपर्ने कामको विषयमा माग पत्र सार्वजनिक गरेका थिए । एन्फाले विगत ३ वर्षदेखि ‘ए’ डिभिजन लिग फुटबल गर्न सकेको छैन। डिभिजन लिग नहुँदा नेपाली फुटबलको घरेलु क्यालेन्डर अस्तव्यस्त अवस्थामा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top