×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

९ मंसिर २०८२

८ मंसिर , काठमाण्डौ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पुगेर ९ रनले पराजित गरेको हो।

Advertisement
Advertisement

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो। विराटनगरको यो लगातार तेस्रो जित हो। यो जितसँगै विराटनगर ६ अंक सहित तालिकाको शीर्ष स्थानमा बलियो रनरेटका साथ यथावत छ ।

विराटनगरले यसअघि पोखरालाई ५३ रन र काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो । जनकपुर भने काठमान्डुसँग ५ विकेटले पराजित भएको थियो । डेथ ओभरमा जनकपुरका ब्याटर क्रिजमा टिक्न नसक्दा लगातार हार भोग्न बाध्य भयो।

साविक विजेता जनकपुरको भने यो लगातार दोस्रो हार हो। जनकपुरका लागि जान निकोन लफ्टी इटोनले बनाएको ४१ रन नै सर्वाधिक रह्यो। उनले ३० बलमा चार चौका र एक छक्का प्रहार गर्दै रन आउट भए।

ओपनर लाहिरू मिलान्थाले २२ बलमा दुई चौका र एक छक्का सहयोगमा २३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। १३ रन बनाएका आसिफ शेख १३ रन बनाउँदा सूर्य तामाङको बलमा बोल्ड आउट नै भए।

सञ्जय कृष्णमूर्ती २० रन बनाउँदा सूर्यको बलमा क्याच आउट भए। अठारौँ ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिएपछि जनकपुर दबाबमा आएको थियो। घातक बलिङ गरेका सन्दीपले चार विकेट लिए।

किफायती बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा मात्र ११ रन खर्चे। सूर्य तामाङले दुई विकेट झारे। शुभम रजानेले एक विकेट आफ्नो नाममा गरे। त्यसअघि ब्याटिङ गरेको विराटनगरले सात विकेटको क्षतिमा एक सय ३५ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि शुभम रजानेले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका शुभम रन आउट हुन पुगे। त्यस्तै, ३५ बलमा तीन छक्का सहयोगमा बसिर अह्मदले ३६ रन थपे।

ओपनर लोकेश बम २८ रन बनाउँदै पेभेलियन फर्के। मार्टिन गप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाए। नारायण जोशी दुई रन बनाउँदै आउट भए। मर्चेन्ट डे लांगे शून्य रनमा नै रन आउट भए।

प्रतिश जिसी दुई रन र सन्दीप लामिछाने शून्यमा अविजित रहे। जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले दुई–दुई विकेट लिए। आदित्य महतोले एक विकेट लिएका थिए।

आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दै छन्। विराटनगरले अब बुधबार चितवनसँग खेल्नेछ भने जनकपुरले बिहीबार पोखरासँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top