×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

बलिउड अभिनेता धर्मेन्द्रको निधन

९ मंसिर २०८२

८ मंसिर , काठमाण्डौ ।

भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो। यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्।

Advertisement
Advertisement

उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू उनको निवास पुगेका छन्। बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यसबेला नै उनको निधनको अफवाह फैलिएपछि परिवारका सदस्यहरुले झुटो खबरहरुप्रति दुःख ब्यक्त गरेका थिए ।

त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाब राज्यमा पर्ने नसराली गाउँमा जन्मिएका धर्मेन्द्र भारतीय फिल्म उद्योगका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’ भनेर चिनिन्छ। उनको व्यक्तित्व र आकर्षण यति प्रभावशाली थियो कि बलिउडका सदाबहार अभिनेता देव आनन्दले समेत उनलाई देखेर भनेका थिए, ‘हे भगवान्, यस्तो अनुहार मलाई किन दिएनौ ?’

हिन्दी फिल्मका निकै लोकप्रिय कलाकार रहेका धर्मेन्द्रले ७ दशक लामो अभिनय करिअरमा ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन्। ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतीज्ञा’ जस्ता फिल्म उनका सर्वाधिक लोकप्रिय छन्।

उनले पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘तेरी बातों मे ऐसा उलझा जिया’मा काम गरेका थिए। सन् १९६० मा प्रदर्शन भएको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट धर्मेन्द्रले अभिनय करिअर सुरु गरेका थिए।

तर, फिल्मसम्मको यात्रा तय गर्न उनका लागि सहज भने थिएन। मुम्बईमा टिक्नका लागि उनले सुरुमा ग्यारेज र ड्रिलिङ फर्ममा काम गरे, जहाँ उनले महिनाको २ सय रुपैयाँ पाउँथे। यतिले खर्च धान्न नसक्ने भएपछि उनले ‘ओभरटाइम’ पनि गरे।

मुम्बईमा संघर्ष गरिरहँदा धर्मेन्द्रले १९५० दशकको अन्त्यतिर ‘फिल्मफेयर ट्यालेन्ट हन्ट’मा भाग लिएका थिए। यो प्रतियोगिताको विजेता बनेपछि उनले निर्देशक अरजन देसाईको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट डेब्युको अवसर पाए।

तर, यो फिल्म व्यावसायिक रुपमा असफल हुन सकेन। सन् १९६६ मा आएको फिल्म ‘फूल और काटे’ले भने उनलाई रातारात स्टार बनायो।धर्मेन्द्रले फिल्ममा आउनुभन्दा अगाडि नै प्रकाश कौरसँग सन् १९५४ मा विवाह गरेका थिए।

प्रकाशसँग उनका चार सन्तान छन्, सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल। सन् १९८० मा उनले ‘शोले’की अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए। उनीहरूका ईशा देओल र आहना देओल छन्।

यो वर्षको शुरुवातमा नै धर्मेंद्रको आँखाको पनि सर्जरी भएको थियो । जब पापराजीले उनको आँखामा पट्टी बाँधेको देखेर उनको स्वास्थ अवस्थाको बारेमा सोधे, सो बेला धर्मेंद्रले भनेका थिए कि ‘म ठिक छु । म मेरा दर्शकहरुलाई माया गर्छु’

धर्मेंद्रलाई पछिल्लो पटक ‘रकी और रानीकी प्रेम कहानी’ मा देखिएको थियो । उनी अब आगामी फिल्म ‘इक्कीस’मा देखिनेछन् । जसमा उनी अमिताभ बच्चनका नाती अगस्त्य नंदाका साथ काम गरेका छन् ।

धर्मेंद्र भारतीय सिनेमाका लीजेंड हुन् । उनी सुन्दर व्यक्तित्वका लागि बलीवुडमा प्रख्यात छन् । उनले ६० को दशकमा डेब्यू गरे र ७० को दशकमा हिंदी सिनेमाको टप स्टार बने ।

धर्मेंद्र र हेमा मालिनीले आफ्नो विवाहका लागि इस्लाम धर्म अपनाएको भन्ने खबर पनि आएको थियो, यद्यपि एक राजनीतिक अभियानका क्रममा जब यी अफवाहहरु तीव्र फैलिन थाले, सो बेला धर्मेंद्रले आफू हिंदू नै रहेको र उनको परिवार आर्य समाजको भएको प्रष्टीकरण पनि दिए ।

उनले र हेमा मालिनीले १९७० को दशकमा ’शोले’ सहित कयौं फिल्महरुमा साथमा काम गरे । यो विवाहबाट उनका ईशा देओल र अहाना देओल दुई छोरीहरु छन् । उनले १९८७ मा एकै वर्षमा लगातार सात हिट र नौ सफल चलचित्र दिएका थिए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top