×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

१० मंसिर २०८२

९ मंसिर , काठमाण्डौ ।

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाउने भएसँगै सरकारले सोमबार मात्रै नयाँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

Advertisement
Advertisement

अर्याल ५८ वर्षे उमेर हदका कारण आजबाट अनिवार्य अवकास भएका हुन् । एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे । अर्याल विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा नियुक्त भएका थिए ।

मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पारे । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ ।

योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ ।

उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ ।

उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ।एकनारायण अर्यालले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त गरेको हो ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागु हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । एकनारायणसँगै पहिलो नम्बरमा रहेका सचिव गोकर्णमणी दुवाडी पनि अवकास हुनेछन् ।

दुवाडी सचिवको ५ वर्षे पदावधिका कारण मंगलबार रातिदेखि नै अनिवार्य अवकास हुने भएपछि पहिलो वरीयतामा रहेका सुमनराज अर्याल मुख्यसचिव बन्ने बाटो सहज भएको थियो । २०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल साढे २९ वर्षपछि निजामती सेवाको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

२०६६ साल वैसाखमा उपसचिवमा बढुवा भएका अर्याल २०६८ माघमा सहसचिव भएका थिए । २०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल पाँच वर्ष पूरा हुनु दुई महिना पहिले निजामतीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

माघ १९ गतेसम्म पनि मुख्य सचिव नबनेको भए सचिवको पाँच वर्षे पदावधिका कारण अनिवार्य अवकासमा जाने थिए ।निजामतीमा प्रवेश गरेपछि तथ्यांक विभागमा काम गरेका अर्यालले महालेखा नियन्त्रक हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ ।

कोसी प्रदेशको प्रमुख सचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव हुँदै रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी अर्यालले सम्हालेका छन् ।

काठमाडौँको जोरपाटी घर भएका अर्यालले एमएस्सी गरेका छन् । मुख्य सचिवमा नियुक्त भएका अर्यालको कार्यअवधि करिब साढे सात महिना मात्रै रहनेछ । अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन् ।

त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् । मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए । तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन् ।

अर्याल पछि दोस्रो नम्बरमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, तेस्रोमा नम्बरमा राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी र चौथोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर थिए ।

पाँचौँ नम्बरमा प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र छैठौँ नम्बरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे छन् । उनीहरु ६ जना भने २०७८ असार १७ गतेदेखि साउन ४ गतेको बिचमा सचिवमा बढुवा थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top