पप्पु कन्स्ट्रक्सनका मालिक सांसद हरिनारायण रौनियार निलम्बनमा

२० असोज ७५, शनिबार
Share this
720shares

काठमाडौं,असोज २०
पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारको सांसद पद नै जाने भएको छ ।

Advertisement

भ्रष्टाचार सम्बन्धी मुद्धा दायर भएसँगै अदालतले सोको जानकारी संसदमा गराएपछि रौनियारको सांसद पद निलम्बन हुने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विकासन्युजलाई जानकारी दिए ।

संसदको पुरानो कार्यबिधी अनुसार अदालतमा मुद्धा दायर भए लगत्तै संसद पद निलम्बन हुने व्यवस्था थियो । तर संसोधित नयाँ कार्यबिधीमा भने अदालतले संसदलाई मुद्धा सम्बन्धी जानकारी दिएपछि मात्रै निलम्बनमा पर्ने व्यवस्था रहेको छ ।

Advertisement

भ्रष्टाचार सम्बन्धी कसुर प्रमाणित भएमा रौनियारको सांसद पद खारेज हुनेछ । अदालतबाट सफाई पाएमा भने उनको निलम्बन फुकुवा हुनुका साथै सो अवधीको तलब भत्ता समेत प्राप्त गर्नेछन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top