×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

अमेरिकाले अब कुनै विदेशीलाई शरण नदिने

१४ मंसिर २०८२

१३ मंसिर, काठमाण्डौ ।

अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि यो कदम चालिएको हो ।

Advertisement
Advertisement

अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘प्रत्येक विदेशी नागरिकले बढीभन्दा बढी जाँच र स्क्रिनिङ गरेको छ भनेर सुनिश्चित नभएसम्म यो रोक कायम रहनेछ।’

उनले अगाडि लेखेका छन्, ‘अमेरिकी जनताको सुरक्षा सधैँ पहिलो हुन्छ।’ बुधबार ह्वाइट हाउसनजिकै दुईजना नेसनल गार्डलाई गोली हानिएको थियो । गोली लागेर गम्भीर घाइते भएका दुई गार्डमध्ये एकजनाको मृत्युसमेत भइसकेको छ ।

अर्कोको अवस्था पनि गम्भीर छ । गोली हानेको आरोपमा त्यही बेला घाइते अवस्थामा अफगान नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिकिएको छ । घटनापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसहित १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुनः जाँच गर्न निर्देशन दिएका छन् ।

ट्रम्पले तेस्रो विश्वका देशहरूबाट आउने शरणार्थीहरूलाई सधैँका लागि रोक्ने पनि बताएका छन् । अमेरिकालाई फेरि महान बनाउन यो निर्णय गर्नुपरेको ट्रम्पको तर्क छ।

सामान्यतया तेस्रो विश्व अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्यपूर्वका कम आय वा तल्लो–मध्यम आय वर्ग रहेका देशहरू रहने सूची हो, जसको कुनै कानुनी मान्यता भने छैन । ट्रम्पले अध्यागमन नीतिका कारण देशका मानिसहरूको जीवन झन् खराब भएको बताए ।

ट्रम्पले भने, ‘जो मानिसहरू अमेरिकाका लागि फाइदाजनक छैनन् वा जो हाम्रो देशलाई साँचो माया गर्दैनन्, उनीहरूलाई पनि हटाइनेछ।’

ट्रम्पले अध्यागमन नीतिलाई अझ कडा गर्ने प्रतिबद्धता व्यक्त गरे । ट्रम्पको ‘थर्ड वल्र्ड’ देशका शरणार्थीहरूलाई देशमा प्रवेश बन्द गर्ने घोषणा युएससीआईएसको घोषणाभन्दा पनि ठूलो छ । यो एजेन्सीले अमेरिकामा प्रवासीहरूसँग सम्बन्धित कामहरू हेर्छ ।

युएससीआईएसका निर्देशक जोसेफ एडलोका अनुसार, १९ देशहरूको सूची ट्रम्पको जुन २०२५ को एक आदेशमा जारी गरिएको थियो, जसमा यिनलाई ‘चिन्ताजनक देशहरू’ (कन्सर्न कन्ट्रीज) भनिएको थियो ।

ती देशहरुमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन् ।

यो नयाँ गाइडलाइन नोभेम्बर २७ बाट लागू भएको छ । यो सबै पुराना र नयाँ आवेदनहरूमा लागू हुनेछ । यसअन्तर्गत यी देशहरूबाट आउनेहरूलाई जारी गरिएको प्रत्येक ग्रीन कार्डको कडा रूपमा पुनर्परीक्षण गरिनेछ ।

राष्ट्रपति ट्रम्पले अब कुनै पनि गैर–नागरिकलाई कुनै सरकारी सुविधा, अनुदान वा लाभ दिइनेछैन। जो प्रवासीले देशको शान्ति भङ्ग गर्छन्, उनीहरूको नागरिकता पनि खोसिनेछ ।

ट्रम्पले जो मानिसहरू सार्वजनिक बोझ हुन्, सुरक्षाका लागि खतरा छन् वा पश्चिमी सभ्यतासँग मेल खाँदैनन्, उनीहरूलाई पनि देशबाट निकालिने बताए । ट्रम्पले भने– अध्यागमन नीतिहरूले अमेरिकीहरूको जीवन खराब गरेको छ ।

ट्रम्पका अनुसार, यी कदमहरूले अवैध र समस्या पैदा गर्ने जनसंख्यालाई कम गर्नेछ । उनले दोस्रो विश्वयुद्धपछि अमेरिकामा यस्ता सामाजिक समस्याहरू नरहेको, तर अब गलत अध्यागमन नीतिहरूको कारण अपराध र अव्यवस्था बढेको पनि दाबी गरे ।

प्राविधिक प्रगति (टेक्नोलोजिकल प्रोग्रेस) को बावजुद अध्यागमनका गलत नीतिहरूले सामान्य अमेरिकीहरूको जीवन खराब गरिदिएको ट्रम्पको तर्क छ । ट्रम्पले स्पष्ट रूपमा भने, ‘यो समस्याको पूर्ण उपचार भनेको केवल रिभर्स माइग्रेसन अर्थात् मानिसहरूलाई उनीहरूको देश फिर्ता पठाउनु नै हो।’

ट्रम्पले जनवरीमा शपथ लिएपछि अवैध प्रवासीहरूलाई बाहिर निकाल्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । बुधबार ह्वाइट हाउस नजिकै नेसनल गाड्र्सका २ जवानलाई गोली हानिएको मामिलामा एक अफगान शरणार्थीलाई हिरासतमा लिइएको छ ।

एफबीआई अधिकारीहरूका अनुसार, हमलामा संलग्न संदिग्धको पहिचान २९ वर्षीय रहमानुल्लाह लाकनवालको रूपमा भएको छ । उनी अगस्ट २०२१ मा अफगानिस्तानबाट अमेरिका आएका थिए ।

उनले सन् २०२४ मा शरणार्थी भिसाका लागि आवेदन दिएका थिए र उनलाई अप्रिल २०२५ मा उक्त आवेदन स्वीकृत भएको थियो । अमेरिकाले अफगान नागरिकहरूको अध्यागमनसँग जोडिएका सबै प्रक्रियाहरू तुरुन्तै रोकिदिएको छ ।

अमेरिकी सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले सामाजिक सञ्जाल एक्समा भनेको छ– अफगान नागरिकहरूको सबै अध्यागमन अनुरोधहरूलाई अब अनिश्चितकालका लागि रोकिएको छ ।

एजेन्सीले सुरक्षासँग जोडिएका जाँच र प्रतीक्षा प्रणाली (वेटिङ सिस्टम) को दोहो¥याएर समीक्षा गरिने बताएको छ । यो समीक्षा पूरा नभएसम्म कुनै पनि अफगान नागरिकले अध्यागमनसँग जोडिएको प्रक्रिया अगाडि बढाउन पाउनेछैनन् ।

एजेन्सीले आफ्नो सूचनामा अमेरिकी जनताको सुरक्षा सबैभन्दा ठूलो प्राथमिकतामा रहने भएकोले यो कदम चाल्नु आवश्यक भएको स्पष्ट पारेको छ । अमेरिकी न्याय विभाग (जस्टिस डिपार्टमेन्ट) ले यस मामिलालाई आतंकवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको छ।

हमलापछि राष्ट्रपति ट्रम्पले पेन्टागनलाई वासिङ्टन डीसीमा सुरक्षा बढाउन ५०० अतिरिक्त नेसनल गाड्र्स पठाउने निर्देश दिए। ट्रम्पले आरोपीले यसको ठूलो मूल्य चुकाउने चेतावनी दिएका थिए ।

समाचार संस्था एपीको खबरअनुसार एक अधिकारीले नाम नखुलाउने सर्तमा एक गार्डलाई टाउकोमा गोली लागेको बताएका छन् । राष्ट्रपति ट्रम्पले संदिग्ध आरोपीलाई ‘जनावर’ भनेका छन् । ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै भने, ‘मेरो जानकारीमा आएको छ कि संदिग्ध एक विदेशी हो, जो अफगानिस्तानबाट हाम्रो देशमा आएको छ जुन एक प्रकारको नरक जस्तो ठाउँ हो।’

Advertisement

ट्रम्पले थपे, ‘अघिल्लो सरकारको समयमा अमेरिका आएका सबै अफगान नागरिकहरूको दोहो¥याएर जाँच गरिनेछ ।’ ट्रम्पले गरेको दाबी अनुसार, अमेरिकामा बाइडेनको शासनमा २ करोड यस्ता विदेशीहरू प्रवेश गरे, जसबारे राम्रोसँग अनुसन्धानै गरिएन। यो अब अमेरिकाको सुरक्षाका लागि खतरा बनिसकेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top