×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आफूलाई थुनाएका गृहमन्त्रीसंग किन भेट्न गए दुर्गा प्रसाईँ ?

१४ मंसिर २०८२
१३ मंसिर, काठमाण्डौ ।
केही दिनअघि प्रहरी हिरासतबाट रिहा भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेट गरेका छन् । दुईबीच शुक्रबार सिंहदरबारमा एक घण्टा भेटवार्ता भएको हो ।
विभिन्न माग राख्दै आएका प्रसाईँ पाँच दिन अगाडि प्रहरी हिरासतबाट मुक्त भएका थिए । गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेका थियो ।
सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए । शुक्रबार भने साँझ साढे ५ बजे प्रसाईंसहितको समूहसँग गृहमन्त्री अर्यालले वार्ता गरेका हुन् । उनी रिहा भएपछि पहिलोपटक गृहमन्त्री अर्यालसँग भेटवार्ता भएको हो ।
भेटमा मन्त्रीले प्रसाइँलाई कुनै पनि प्रदर्शन गर्नुपरेमा सरकारसँग सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । उनले प्रदर्शन शान्तिपूर्ण हुनुपर्छ भनेका थिए । हिंसाको बाटो सह्य नहुने र अहिंसात्मक बाटोमा लाग्न गृहमन्त्रीले प्रसाइँलाई अनुरोध गरेका थिए ।
त्यस्तै गृहमन्त्री अर्यालले प्रसाईंको समूहलाई राजनीतिक रूपमा अगाडि बढ्न समेत अनुरोध गरेका थिए । प्रसाईंको नेतृत्वमा कम्तिमा ५ जना सदस्यहरू बैठकमा सहभागी थिए ।एक घन्टा भएको वार्तामा दुर्गा प्रसाईंले पनि आफूहरू राजनीतिक रूपमा अगाडि बढ्न सहमति नै जनाएका थिए ।
‘तपाईंहरूका मागहरू राजनीतिक रूपमा ल्याउनुस् भनेर गृहमन्त्रीको अनुरोधपछि दुर्गा प्रसाईंजीले पनि आफूहरू राजनीतिक रूपमा अगाडि बढ्न तयार नै रहेको बताउनुभएको थियो।  सरकारले दमन गर्न भएन, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन भएन भन्ने कुरा राख्नुभयो,’ उनीसंगै वार्तामा गएका एक सहभागीले भने।
यही सन्दर्भमा प्रसाईं पक्राउ परेको विषयमा गृहमन्त्री अर्यालले अभिव्यक्ति स्वतन्त्रताका नाममा बोल्न पाइने सीमाबारे गाइडलाइन तयार पारेको बताएका थिए । अब गृहमन्त्रीसँगको वार्तापछि दुर्गा प्रसाइँले शनिबार आफ्नो निवासमा पत्रकार सम्मेलन हुने जानकारी पनि दिएका छन् ।
सम्मेलनमा समसामयिक विषय, गृहमन्त्रीसँग सम्पन्न वार्ताका निष्कर्षहरू र आगामी कदमबारे विस्तृत जानकारी दिने बताएका छन् । यता प्रसाईंसँग शुक्रबार भएको वार्ता सकारात्मक भएको र छिट्टै अर्को चरणको वार्ता गर्ने समझदारी बनेको गृहमन्त्री अर्यालले बताए ।
’उहाँहरुले पनि आफूहरु वार्ताबाटै समाधान खोज्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ’छिट्टै अर्को चरणको वार्ता हुन्छ ।’ ’उहाँको मागपत्र लियौ । छलफलमा अब प्रधानमन्त्रीसहित बस्ने सहमति भएको छ । उहाँहरुलाई शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न अनुरोध गरेँ,’ गृहमन्त्री अर्यालले भने ।
दुई पक्षीय वार्ता शुक्रबार साँझ साढे ५ बजेदेखि पौने ७ सम्म चलेको थियो । गृहमन्त्रीको सचिवालयका अनुसार प्रसाईंको समूहसँग सरकारले यसअघि दुई पटक वार्ता गरिसकेको छ ।
रहेका प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए । तर ६ मंसिरको राति अभियान र सरकारबीच बालुवाटारमा सहमतिपछि आन्दोलन फिर्ता भएको थियो ।
प्रहरीले गत मंसिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट मध्यरातमा पक्राउ गरेको थियो ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top