×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

ओलीको पोल विद्याले खोलिन्,ओलीकै थियो इश्वरलाई अध्यक्ष बनाउने सहमति

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

भदौ २३मा जेनजीहरुको प्रर्दशनमा राज्य पक्षबाट भएको दमनको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टी भित्रै घेरिदै गएका छन्। घटनाको उच्चस्तरीय जाँच बुझ आयोगले छानविन गरिरहेको भएपनि एमालेका प्रभावशाली नेताहरुले नै सो घटनाको जिम्मेवारी ओलीले नै लिनु पर्ने बताइरहेका बेला एमालेको सक्रिय राजनीतिमा होमिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भदौ २३को घटनाको जिम्मा ओलीले नै लिनु पर्ने बताएकी छन् ।

Advertisement
Advertisement

कान्तिपुर टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले जिम्मा लिनुपर्ने बताएकी छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै तत्कालीन प्रधानमन्त्री रहेका थिए ।

तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीले त्यसको जिम्मा लिनुपर्ने बताएकी छन् । ‘तत्कालीन सरकारको समयमा भएको हुनाले तत्कालीन सरकारप्रति त्यो कुरा जानुलाई अन्यथा रूपमा लिनुहुँदैन। किनभने जो सरकार छ, तत्कालीन अवस्थामा, त्यतिखेर घटना भयो भने अब तपाईं भन्नुस् न, प्राकृतिक प्रकोपहरू आउँदा त सरकारलाई दोष आउँछ, आउँदैन? सरकारको नियन्त्रणमा हुन्छ त बाढी पहिरोहरू ? तर पनि सरकारले व्यवस्था गर्न सकेन? अग्रिम सूचना दिनुपथ्र्यो कि, यो समयमा यस्तो खालको मौसम बदलिराछ, यो हुन सक्छ भनेर उच्च सतर्कता अपनाउनुपथ्र्यो, अथवा त्यसको लागि केही व्यवस्था गर्नुपथ्र्यो भन्ने कुरा माग हुन्छ भने, यो चाहिँ विद्यार्थीहरू जुलुसमा आए एक त सुरक्षा प्रबन्ध पनि अलिकति बेवास्वथा गरिएको हो कि जस्तो, कमजोर देखिन्छ। अर्को भनेको चाहिँ त्यसरी जुन, गोलाबारी भएर विद्यार्थीहरू भनौं त्यतिखेरको नवपुस्ताहरू एउटै घटनामा, एउटै समयमा २२ जना करिबको निधन हुनु भनेको चाहिँ त्यो अत्यन्त, दुःख हाम्रो नेपालको इतिहासको दुःखदायी घटना हो। त्यसको तत्कालीन सरकारलाई अपजस त आउँछ नै, जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भनिन्।

उनले राजनीतिक नेतृत्वको दोष बहसको विषय भए पनि नैतिक जिम्मेवारी लिनु पर्ने भण्डारीले बताएकी छन् । ‘२३ गतेको घटनाको जिम्मेवारी त तत्कालीन सरकारले लिनुपर्छ। होइन, राजनीतिक नेतृत्वको दोष कति हुन्छ, नैतिक जिम्मेवारीको कुरा हुन्छ, नैतिक जिम्मेवारी त लिनुपर्छ,’ उनले भनिन्, ‘नैतिक जिम्मेवारी त तपाईं कुनै पनि पदमा बहाल हुनुहुन्छ। तपाईंको अगाडि, तपाईंको मातहतमा कुनै घटना घट्यो भने त नैतिक जिम्मेवारी त लिनुपर्ने हुन्छ नि, अभिभावकको हिसाबमा, त्यसको राजनीतिक नेतृत्वले पनि नैतिक जिम्मेवारी लिनुपर्छ। यद्यपि उनले त्यहाँभित्र के कमजोरी भयो, सुरक्षा कति परिचालन गर्नुपथ्र्यो, त्यो समयमा हामीलाई सूचना भयो कि भएन जस्ता कमजोरीहरू पनि खोज्नुपर्ने बताएकी छन् । ‘त्यसको अनुसन्धान हुनुपर्छ। सत्यतथ्य ल्याउनुपर्छ, तर जुन दिन जे घटन भयो त्यसको जिम्मेवारी नैतिक जिम्मेवारी स्वत आइहाल्छ नि। लिए पनि नलिए पनि। सम्बन्धित पात्रहरूले त्यसलाई लिए पनि नलिए पनि दुनियाँ त त्यसलाई भनि नै हाल्छ,’ उनले भनेकी छन् ।

भदौ २३ गते जेनजी प्रदर्शनमा संसद भवन अगाडि गोली लागेर १९ जनाको निधन भएको थियो। सोही स्थानमा गोली लागेका थप ४ जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। यस्तै इटहरीमा २ जना जेनजीको मृत्यु भएको थियो ।

भदौ २४ गतेसम्मको घटनामा गरी जेनजी प्रदर्शनका क्रममा कूल ७६ जनाको निधन भएको थियो। यसअघि एमालेका उपाध्यक्ष्य सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य सचिव योगेश भट्टराई लगायतले जेनजी आन्दोलनमाथि भएको दमनको नैतिक जिम्मेवारी ओलीले नै लिनु पर्ने बताउँदै आएका छन् ।

पाण्डेले त धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने टिप्पणी गरेका छन् ।चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भनेका छन्, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ।’

उनले थप भनेका छन्, ‘धरहरा कसले बनाएको – मैले बनाएको, फलानो कसले बनाएको – मैले बनाएको भन्ने । गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’ उनले बंगलादेश लगायतमा चलेका आन्दोलनहरूमा पहिलो दिन नै यसरी मानवीय क्षति नभएको भन्दै तत्कालीन सरकारले पहिलो दिनको मानवीय क्षति किन रोक्न सकेन छानबिन गर्नुपर्ने बताएका छन् ।

तर आफ्नै नेता नै नेतृत्वमाथि खनिएको भन्दै ओलीले सार्वजनिक रुपमा नै यसको खण्डन गर्दै नेताहरुको आलोचना गर्दै आएका छन् । जेनजी आन्दोलनको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले भने ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतसँग बयान लिने अन्तिम तयारीमा छ ।

तर ओलीले आफू लुरुलुरु बयान दिन नजाने बताउदै आएका छन् । आयोगको सिफारिसमा ओली, लेखक लगायतमाथि स्थान हद तोकिएको छ । यस्तै एमालेको नेतृत्वमा फर्किने योजना ओलीकै कारण रोकिएपछि इश्वर पोखरेललाई अध्यक्ष बनाउन सक्रिय पुर्वराष्ट्रपति भण्डारीले एमालेभित्र नेतृत्व हस्तान्तरणको विषयमा नवौँ महाधिवेशनकै क्रममा केपी शर्मा ओलीपछि इश्वर पोखरेललाई पार्टी अध्यक्ष बनाउने ‘भद्र सहमति’ भएको खुलासा गरेकी छन् ।

Advertisement

भण्डारीले ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी बनेका पोखरेललाई पनि त्यही सहमतिअनुसार अघि बढाइने उल्लेख भए पनि पछि उक्त सहमति कार्यान्वयन नभएको दाबी गरेकी छन् । आसन्न ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेल विद्याको समर्थन लिएर प्यानलनै उम्मेदवारी घोषणाको तयारीमा छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top