×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपाल आज आफूभन्दा बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै छ । खेल नेपाली समयअनुसार सवा ६ बजे शुरु हुनेछ ।

Advertisement
Advertisement

चाइनिज टोली ताइपेई फिफा वरीयतामा नेपालभन्दा माथि छ । चाइनिज ताइपेई फिफा वरीयतामा ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तर्राष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेईले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधि जितेको थियो ।

सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको नेपालले पनि एसियन कप खेलेको थियो तर समूह चरणको खेलमा सीमित रह्यो । नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेई नेपालभन्दा बलियो टोली भए तापनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले यसअघि इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेईविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने दाबी गरे । उनले भने, ’हामी सुधारिएको खेल प्रदर्शन गर्दै जितको लक्ष्यसहित मैदानमा उत्रनेछौँ । राम्रो संगठनमा खेल्न सक्यौँ भने चाइननिज ताइपेईलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ। हामीले जित निकाल्छौँ भन्ने विश्वास छ ।’

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताए ।

त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताइन् । उनले भनिन्, ’हामी राम्रो खेल्छौँ। सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ।’

यस सिरिजअन्तर्गत यही मंसिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल हारेको थियो । सो खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । चिनियाँ ताइपेईले भने इन्डोनेसियालाई ५–० गोलले हराएको थियो ।

आज नेपाल गल्ती सुधार्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इन्डोनेसियासँग हार भोगेको नेपालले चाइनिज ताइपेइविरुद्ध खेल्न लागेको हो ।यस पटक नेपाली टोलीको एप्रोच पहिलाभन्दा फरक छ ।

फिनिसिङ, एक–टु–वान ब्लकिङ र अन्तिम पासमा देखिएका कमजोरी सुधार्दै ‘क्लिन गेम’ खेल्ने तयारी गरिएको मुख्य प्रशिक्षक नवीन न्यौपानेले बताएका छन् । इन्डोनेसियाविरुद्ध नेपालले खेलमा अवसर बनाए पनि फिनिसिङमा चुकेको थियो ।

Advertisement
Advertisement

यही कारण आजको खेल नेपाली टोलीका लागि मौका सिर्जना मात्रै होइन, प्रभावकारी समाप्ति देखाउने मौका बनेको छ । न्यौपानेका अनुसार समग्र खेल योजनामा ठूलो परिवर्तन छैन । तर, डिसिजन–मेकिङ र छिटो बल रोटेशनमा सुधार गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top