युवतीलाई आत्मरक्षा तालिम, झण्डै एक हजार महिला सहभागी

२० असोज ७५, शनिबार
Share this
769shares

धनगढी, असोज २०
धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए ।

Advertisement

राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् ।

‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला जमघट भएको दृष्य हेर्नलायक देखिन्थ्यो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए ।

Advertisement

पहिलो पटक गरिएको नयाँ खालको यो अभियानप्रति सबैको उत्सुकता र चासो पनि बढेको देखिन्थ्यो । महिलाको आत्मसुरक्षाका लागि आयोजित यो शिविर नौलो अभ्यास भएकाले पनि सबैको उत्सुकता बढेको हो ।

प्रतिकार गरेपछि महिला स्वयम्ले आफ्नो रक्षा गर्न सक्छन्, भन्ने सोचले शिविर गर्न लागिएकोले आफू यो शिविरमा सहभागी हुन आएको प्रतिक्रिया गोमा आचार्यले दिइन् ।

Advertisement

स्थानीयवासी सर्वमङ्गला महिला छात्रावासकी सञ्चालिकासमेत रहनुभएकी आचार्यले भन्नुभयो, ‘‘महिलाले चर्को त बोल्नुु हुन्न भन्ने हाम्रो समाजमा किशोरी र महिलाले आफूसँग भएको तागत प्रयोग गर्ने अभ्यास नै नपाएको अवस्थामा गरिएको यो अभियानले महिलालाई शारीरिक रुपमा सशक्त बनाउन मद्दत पुग्ने छ ।‘”

शिविरमा सहभागी हुनेमध्ये उत्कृष्ट हुने एकसय जनालाई छनोट गरी प्रशिक्षक बनाउने योजना आयोजकको छ । एक हप्तासम्म सञ्चालन हुने शिविरमा किशोरी र महिला गरी झण्डै एक हजार महिला छन् ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट यो अभियानवाट किशोरी र महिला ‘किक हान्न’ सक्षम भई स्वयं आफ्नो र समाजको सुरक्षाका लागि सक्षम हुने बताउँछिन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल धनगढीकी वसन्ती चौधरीले भनिन्,‘‘कसैबाट महिलामाथि नराम्रो दुव्र्यवहार भएमा उसले कसरी सुरक्षित हुने भन्ने शारीरिक सीप यो तालीममा सिकाइने छ ।”

महिला हिंसामा परी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त लगायतको सम्झनामा मौन धारण गरेर कार्यक्रमको आंैपचारिक उद्घाटन शुरु भएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गरृे । सो अवसरमा उनले महिलाको स्वाभिमान बचाउने र आत्मरक्षाका लागि गरिने अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समाजमा जनजागरण फैलाउन यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने बताइन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top