×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु सत्तामै रहेका बेला आगामी मध्यावधि चुनावमा आफ्नो पार्टी रिपब्लिकनले हार्ने प्रक्षेपण गरेका छन् । शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा उनले अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताएका छन् ।

Advertisement
Advertisement

तर उनले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको संकेत गरेका छन् । जनवरीमा ह्वाइट हाउसमा पुनः फर्किएका ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले अमेरिकी अर्थतन्त्र हाल फस्टाउँदै गएको दाबी गर्दै आएको छ ।

यस क्रममा उनले मुद्रास्फीति बढ्नुका लागि आफ्ना डेमोक्रेटिक पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दोष दिँदै आउँदै छन् । जर्नलसँग ओभल अफिसमा भएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मैले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेको छु, तर मानिसहरूलाई त्यसको अनुभूति हुन केही समय लाग्न सक्छ।’

उनले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, एआई लगायतका परियोजनाहरू अघि बढिरहेको बताए । ‘यी सबै मतदाताले कसरी मूल्याकंन गर्नेछन्, म ठ्याक्कै भन्न सक्दिनँ। म मेरो काम मात्र गर्न सक्छु’, उनले भने ।

सन् २०२६ को मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पले मूल्यहरू नियन्त्रणमा रहेको दाबी गरे । ‘सफल राष्ट्रपति भएका व्यक्तिहरूले पनि कहिलेकाहीँ हार भोगेका छन्’ भन्दै उनले परिणाम हेर्न बाँकी रहेको बताए।

‘हामीले जित्नै पर्छ, तर तथ्यांकीय रूपमा हेर्दा यो सजिलो छैन’, उनको भनाइ थियो । पुनः निर्वाचित भएमा मुद्रास्फीति घटाउने आफ्नो प्रतिबद्धता पूरा गरेको दाबी गर्दै ट्रम्पले केही जनमत सर्वेक्षणमा देखिएको कम अनुमोदन दरलाई अस्वीकार गरे ।

युनिभर्सिटी अफ शिकागोले एसोसिएटेड प्रेसका लागि गरेको सर्वेक्षणअनुसार ट्रम्पको आर्थिक व्यवस्थापनलाई अनुमोदन गर्ने अमेरिकी वयस्कहरूको प्रतिशत ३१ मात्र रहेको छ। यो मार्चमा ४० प्रतिशत थियो ।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘मुद्रास्फीति बिना देशको इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदा कहिले श्रेय पाइन्छ?’ भनी प्रश्न गरेका छन् । बाइडेनको कार्यकालमा बढेको मुद्रास्फीति ट्रम्प सत्तामा फर्किएपछि केही समय सुस्त भए पनि अप्रिलदेखि फेरि तीव्र भएको छ ।

सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति २.८ प्रतिशत रहेको देखिएको छ भने सरकारी बन्दका कारण अक्टोबरको तथ्यांक सार्वजनिक हुन सकेको छैन । नोभेम्बरको आँकडा अर्को साता आउने अपेक्षा गरिएको छ।

यता डोनाल्ड ट्रम्पको विदेश नीतिप्रतिको औपचारिक दृष्टिकोणले युरोपका धेरै नागरिकलाई चिन्तित बनाएको छ । धेरै युरोपेलीहरूले नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिलाई आफ्ना आन्तरिक मामिलामा सिधा हस्तक्षेपको रूपमा लिएका छन् ।

यस दस्तावेजमा अमेरिकाको वर्तमान सरकारको उद्देश्य युरोपेली चरम–दक्षिणपन्थी पार्टीहरूलाई प्रोत्साहन गर्नु रहेको स्पष्ट पारिएको छ । ब्रसेल्सस्थित ‘ब्रुगल थिंक ट्याङ्क’ का वरिष्ठ फेलो गुन्ट्राम वोल्फले भने, “यो युरोपको घरेलु राजनीतिमा हस्तक्षेप गर्ने, राजनीतिक प्रक्रियालाई कमजोर बनाउने र धुर–दक्षिणपन्थी पार्टीहरूलाई बढावा दिने प्रयास हो ।”

विज्ञहरूका अनुसार यस रणनीतिले आप्रवासन (इमिग्रेशन) जस्ता विषयमा विचारधारात्मक समानता पुष्टि गर्ने मात्र होइन, यसले एउटा ठूलो षड्यन्त्रतर्फ समेत संकेत गर्दछ ।

यो युरोपेली संघका २७ सदस्य राष्ट्रहरूलाई विचारधाराको आधारमा विभाजित गरी यस समूहलाई कमजोर बनाउँदै त्यसमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास हुन सक्ने उनीहरूको ठम्याइ छ ।

युरोपियन काउन्सिल अन फरेन रिलेसन्सकी एसोसिएट रिसर्चर सुजाना वेघले विश्वव्यापी मञ्चमा युरोपेली संघ कमजोर हुँदा वर्तमान अमेरिकी प्रशासनको उद्देश्य पूरा हुने बताउँदै भनिन्, “यदि युरोप विभाजित भयो भने, त्यो कमजोर हुनेछ र व्यापारसँग सम्बन्धित मामिलाहरूमा हाबी हुन सजिलो हुनेछ ।”

युरोपका धेरै घोर–दक्षिणपन्थी पार्टीहरूजस्तै हङ्गेरीको फिडेज, जर्मनीको एएफडी र फ्रान्सको नेशनल ¥याली अदि आप्रवासनको विरोधमा छन् । यी पार्टीहरूले विभिन्न अवसरमा युरोपेली संघप्रति आफ्नो सन्देह व्यक्त गर्दै आएका छन् ।

मागा (मेक अमेरिका ग्रेट अगेन) समर्थकहरूको विचार पनि प्रायः युरोपका घोर–दक्षिणपन्थीहरूसँग मिल्दोजुल्दो देखिन्छ । विशेष गरी इस्लामिक देशहरूबाट हुने आप्रवासनको विषयमा ।

हालको अमेरिकी सुरक्षा दस्तावेजमा आप्रवासनको दर उच्च रहिरहे र जन्मदर घटिरहे आगामी दुई दशकमा युरोपको आफ्नै सभ्यता समाप्त हुन सक्ने चेतावनी दिइएको छ । यस दस्तावेजमा युरोपेली संघमाथि मानिसहरूको बोल्ने स्वतन्त्रता खोसिएको र राजनीतिक विरोधीहरूलाई दबाइएको आरोपसमेत लगाइएको छ ।

दस्तावेजले अप्रत्यक्ष रूपमा युरोपेली संघको डिजिटल सेवा अधिनियम (डीएसए) ले दक्षिणपन्थी समर्थकहरूलाई आफ्ना धारणा व्यक्त गर्नबाट रोकिरहेको संकेत गरेको छ । यद्यपि, युरोपेली संघले यो कानुन इन्टरनेटमा फैलिरहेको दुष्प्रचारबाट नागरिकलाई जोगाउनका लागि ल्याइएको दाबी गर्दै आएको छ ।

गत हप्ता युरोपेली संघले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ले विज्ञापनमा पारदर्शिता नदेखाएको र अन्य नियमहरू उल्लंघन गरेको भन्दै १२० मिलियन युरो जरिवाना लगाएको थियो ।

यसको जवाफमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युरोपेली संघको कडा आलोचना गर्दै बेकारका मामिलामा अमेरिकी कम्पनीहरूलाई निशाना बनाइएको आरोप लगाए । त्यसपछि युरोपका धुर–दक्षिणपन्थी पार्टीहरू ‘एक्स’को समर्थनमा उत्रिए र ईयूको विरोध गरे ।

हंगेरीका प्रधानमन्त्री तथा राष्ट्रवादी फिडेज पार्टीका नेता भिक्टर ओर्बानले एक्समा लेखे, “जब युरोपेली संघका नेताहरू बहस जित्न सक्दैनन्, तब उनीहरू जरिवाना लगाउन थाल्छन् ।

युरोपलाई बोल्ने स्वतन्त्रता चाहिएको छ– चुनाव नजितेका नोकरशाहले हामी के पढ्न र बोल्न सक्छौँ भनेर तय गर्ने होइन ।” जर्मनीको एएफडी पार्टीकी नेतृ एलिस वाइडेलले लेखिन्, “युरोपेली आयोग आफ्ना नागरिकमाथि सेन्सरसिप र च्याट नियन्त्रण गर्न चाहन्छ । उनीहरू बोल्ने स्वतन्त्रतामा रोक लगाएर आलोचक आवाजहरूलाई चुप गराउन खोजिरहेका छन् ।”

राष्ट्रिय सुरक्षा दस्तावेजअनुसार युरोपका लागि अमेरिकाको व्यापक नीतिमा सबैभन्दा पहिले युरोपेली देशभित्रै युरोपको वर्तमान रणनीतिविरुद्ध विरोध र असहमतिलाई प्रोत्साहन गर्नु आवश्यक ठानिएको छ ।

ईसीएफआरकी वेघका अनुसार, दस्तावेजले वर्तमान अमेरिकी सरकार लोकतान्त्रिक रूपमा निर्वाचित सरकारहरूसँग काम गर्नुको सट्टा ती देशभित्रै राजनीतिक सहयोगी खोजिरहेको स्पष्ट देखाउँछिन् ।

उनले भनिन्, “यो परम्परागत कूटनीतिभन्दा फरक हो, जसको उद्देश्य देशहरूबीच राम्रो सम्बन्ध स्थापना गर्नु हुन्छ । अहिले भने पार्टी–पार्टीबीचको सम्बन्ध र पार्टीस्तरको कूटनीतिलाई प्राथमिकता दिइँदै छ ।”

वेघका अनुसार यो दस्तावेज युरोपेली संघमाथि अहिलेसम्मकै सबैभन्दा कडा हमला हो । यसको रणनीति ती राजनीतिक नेता र समूहहरूलाई समर्थन गर्नु हो जसका विचार अमेरिकी सरकारसँग मेल खान्छन् र जसले युरोपको राजनीतिलाई ट्रम्प प्रशासनको हितअनुसार मोड्न सक्छन् ।

उनले थप भनिन्, “यो केही हदसम्म ती उदार लोकतान्त्रिक सिद्धान्तहरूमाथि चुनौती हो, जुन युरोपेली संघको आधार हुन् र जसले यसलाई एकताबद्ध राखेका छन् । अमेरिकी प्रशासन युरोपका घोर–दक्षिणपन्थीहरूलाई समर्थन गरिरहेको छ, किनकि उनीहरू स्वयं युरोपेली संघभित्रै रहेर त्यसलाई चुनौती दिन्छन् ।”

वोल्फको पनि विश्वास छ कि अमेरिका आफ्नो फाइदाका लागि ईयूलाई कमजोर पार्दै छ, जसले युरोपको सुरक्षा र आर्थिक अवस्थालाई नोक्सान पु¥याइरहेको छ । उनले भने, “युरोपेली कम्पनीहरू एक बलियो र एकीकृत युरोपेली संघ तथा यसको एकल बजारका कारण विश्वव्यापी आपूर्ति शृङ्खलाबाट फाइदा उठाइरहेका छन् । यदि तपाईं ईयू र यसको आधार– एकल बजारमाथि आक्रमण गर्नुहुन्छ भने, धेरै देशमा काम गर्ने ती कम्पनीहरूको हितलाई पनि नोक्सान पु¥याउनुहुन्छ ।”

उनले थपे, “सुरक्षाको मोर्चामा यो नीति रूसको सोचसँग मेल खान्छ । भ्लादिमिर पुटिनले यस रणनीतिको पक्षमा रहेको कुरा पहिले नै स्पष्ट गरिसकेका छन् । पुटिनको उद्देश्य मध्य युरोपेली देशहरूमा आफ्नो प्रभाव पुनः स्थापित गर्नु हो ।”

ट्रम्प प्रशासनको यो सोच युरोपका धुर दक्षिणपन्थी पार्टीहरूका लागि ठोस अमेरिकी समर्थनमा परिणत हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन । वेघ भन्छिन्, “पहिले यूएसएडले विश्वभर लोकतन्त्र सुदृढ पार्ने नागरिक समाज समूहहरूलाई अनुदान दिन्थ्यो । अहिले यूएसएड समाप्त भएको छ, तर अमेरिकी सरकारले युरोपमा आफ्ना वैचारिक सहयोगीसँग सम्बन्धित संस्थाहरूलाई मद्दत गर्न नयाँ बाटो खोज्न सक्छ । तर, अहिलेसम्म त्यस्तो सहयोग सार्वजनिक रूपमा देखिएको छैन ।”

उता वोल्फको भनाइमा यदि युरोपका घोर–दक्षिणपन्थी पार्टीहरूले ट्रम्पसँगको निकटता खुलेर देखाए भने, त्यसको उल्टो असर पर्न सक्छ । उनले भने, “जति–जति मानिसहरूले यो सम्बन्ध युरोपको समृद्धि र सुरक्षाका लागि खतरा हो भन्ने बुझ्दै जान्छन्, त्यति नै विरोध चर्किन सक्छ । त्यसपछि युरोपेली मतदाताले घोर–दक्षिणपन्थी पार्टीहरूलाई युरोपको हितविरुद्ध काम गर्ने शक्तिका रूपमा हेर्न सक्छन् ।”

अमेरिकाको ब्रसेल्स कार्यालयस्थित जर्मन मार्शल फन्डका फेलो तथा प्रमुख इयान लेसरले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले समग्रमा युरोपका धुर–दक्षिणपन्थी समूहहरूलाई समर्थन गरे पनि, युरोपेली संगठनहरूले आफूहरू युरोपमा अलोकप्रिय अमेरिकी प्रशासनसँग कति नजिक जान चाहन्छन् भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने डीडब्ल्यूलाई बताएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top