×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.८३ प्रतिशत विन्दुमा झरेको छ ।

जबकी यस्तो ब्याजदर मंसिर महिनामा ५.०४ प्रतिशत विन्दुमा थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये एक दर्जन बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर पाँच प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४दशमलव ८३४ प्रतिशत विन्दु कायम भएको छ।

मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो । पुसका लागि औसत ब्याजदर ० .२०६५ प्रतिशत विन्दुले घटेको हो । यस्तै, १३ बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

ब्याजदर घटाउने बैंकहरुमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल, बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम, प्रभु, कृषि विकास, नबिल, सानिमा, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् ।

अन्य बाँकी ७ बैंकले भने पुसका लागि ब्याजदर स्थिर राखेका छन् । जसमा सिटिजन्स, माछापुच्छ्रे, एनआईसी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक रहेका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले दिने भएका छन् । यी दुई बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका हुन् ।

साथै प्राइम कमर्सियल बैंकले भने सबैभन्दा कम ब्याज दिने भएको छ । ब्याजदर घटाउनेमा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।

प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशत विन्दुले घटेको छ ।

पुसका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतीको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top