×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

अमेरिकामा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । भारतको अहमदाबादजस्तै ठूलो विमान दुर्घटना हुनबाट जोगिएको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अमेरिकाको वाशिङ्टनस्थित डलास विमानस्थलमा युनाइटेड एयरलाइन्सको बोइङ ७७७–२०० विमानको एउटा इन्जिन टेकअफका क्रममा बन्द भएको थियो।

Advertisement
Advertisement

शनिबार भएको यस घटनाका बेला विमानमा २७५ जना यात्रु र १५ जना चालक दलका सदस्य सवार थिए। उक्त विमान जापानको राजधानी टोकियोतर्फ जाँदै थियो। इन्जिन बन्द भएपछि बोइङ विमानका पाइलटहरूले तुरुन्तै यू–टर्न लिएर विमानस्थलमै आपतकालीन अवतरण गराएका थिए।

यसबाट सबै यात्रुको ज्यान जोगियो। घटनापछि सामाजिक सञ्जालमा यसलाई गुजरातको अहमदाबादमा भएको बोइङ विमान दुर्घटनासँग तुलना गरिएको छ। अहमदाबाद दुर्घटनामा पनि इन्जिन बन्द भएको कुरा बाहिर आएको थियो र सो घटनामा २६० जनाको ज्यान गएको थियो।

रिपोर्टअनुसार इन्जिन बन्द हुनासाथ पाइलटले आपतकालीन अवस्था घोषणा गरेका थिए। पाइलटले सबै सुरक्षा मापदण्ड पालना गर्दै विमानलाई पूर्ण नियन्त्रणमा राखे। उता चालक दलका अन्य सदस्यहरूले विमानको तुरुन्त अवतरणका लागि आवश्यक तयारी पूरा गरे।

पाइलट र क्रू सदस्यहरूको सुझबुझका कारण विमानले सुरक्षित रूपमा आपतकालीन अवतरण गर्न सफल भयो। यस क्रममा कुनै पनि यात्रुलाई क्षति पुगेन। अमेरिकी सञ्चारमाध्यमको रिपोर्टअनुसार अवतरणपछि विमानलाई फेरि टर्मिनलतर्फ लगिएको थियो।

रनवेमा आगलागीको एउटा घटना पनि भएको थियो, जुन इन्जिन बन्द भएको कारणले भएको बताइएको छ। विमानस्थलको फायर क्रूका सदस्यहरू केही मिनेटमै घटनास्थलमा पुगे र तुरुन्तै आगो नियन्त्रणमा लिए, जसले गर्दा आगो फैलिन पाएन र सबै यात्रु सुरक्षित रहे।

विमान अवतरण गरेपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको थियो। पछि एयरलाइन्स कम्पनीले यात्रुहरूका लागि अर्को फ्लाइटको व्यवस्था ग¥यो।

युनाइटेड एयरलाइन्सको व्यवस्थापनले तुरुन्त प्रभावकारी काम गर्ने फ्लाइट क्रू र ग्राउन्ड टिमको प्रशंसा गरेको छ र यात्रुलाई भएको असुविधाप्रति माफी मागेको छ।यसैबीच अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले इन्जिनमा आएको खराबीबारे अनुसन्धान सुरु गरेको छ।

एभिएसनले विमानको फ्लाइट डाटा रेकर्डर, मर्मतसम्भार लग र स्वयं इन्जिनको जाँच गरिरहेको छ, ताकि इन्जिन बन्द हुनुको कारण पत्ता लगाउन सकियोस् र यस्ता घटना फेरि नदोहोरिउन्।

एयरलाइन्स कम्पनीले पनि अनुसन्धानमा सहयोग गर्ने र प्राविधिक विज्ञहरूले पूर्ण जाँच नगरेसम्म उक्त विमानलाई पुनः सेवामा नल्याइने जनाएको छ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top