डन्डिफोर आए अपनाउनुहोस् यी ६ कुरा

१९ असोज ७५, शनिबार

एजेन्सी,असोज २०
डन्डिफोरले प्राय मानिसहरुलाई सताईरहेको हुन्छ । सुन्दरतामा बढी ख्याल गरिने उमेरमा डन्डिफोरले अनुहार नै बिगारिदिन्छ । शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुँदा डन्डिफोर आउने वैज्ञानिकहरुको अध्ययनले देखाएको छ ।

डन्डिफोर निस्किएपछि अपनाउनुपर्ने कुरा :

१.धेरैको बानी हुन्छ, अनुहारमा डन्डिफोर आयो कि निचोरिदिने । यो बानीले अनुहार झन् कुरूप बनाउँछ । तपाईंको पनि यस्तै बानी छ भने तुरुन्त बन्द गरिहाल्नुहोस् । एउटा डन्डिफोर निचोर्दा अनुहारभरि धेरै डन्डिफोर फैलिन थाल्छ ।

२. अनुहारमा डन्डिफोर आएर हैरान हुनुहुन्छ भने सबैभन्दा पहिले खानपिन बदल्नुहोस् । भिटामिन बी–१२ पाइने खानामा नियन्त्रण गर्नुहोस् । अनिदोले पनि डन्डिफोर पैदा गर्छ । डन्डिफोरबाट मुक्त हुन न्यूनतम ६ घन्टा निदाउनैपर्छ । दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । पानीले शरीरको छालालाई सधैँ ‘हाइड्रेट’ राख्नुका साथै शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

३. चन्दनको पाउडर डन्डिफोर हटाउने महत्त्वपूर्ण औषधि हो । चन्दनलाई पानीमा मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । गुलाबजल पनि मिलाएर लगाए झनै राम्रो । अनुहारमा लगाएको पेस्ट सुकेपछि चिसो पानीले हल्कासँग धुनुहोस् । नियमति चन्दन लगाएको केही दिनमै डन्डिफोरबाट छुटकारा पाउनुहुनेछ ।

४. दालचिनीको पाउडर र मह मिलाएर डन्डिफोरमा लगाउनुहोस् र हल्का रगड्नुहोस् । राति लगाएको पेस्ट बिहान मनतातो पानीले धुनुहोस् । डन्डिफोर कम हुँदै जान्छ । जाइफलमा केही थोपा काँचो दूध मिलाएर अनुहारमा लगाउँदा डन्डिफोर हराउँछ ।

५. टुथपेस्ट पनि डन्डिफोरको औषधि हो । डन्डिफोर आएको ठाउँमा राति सुत्नुअघि टुथपेस्ट लगाउनुहोस् । डन्डिफोर गायब भएको पत्तै पाउनुहुनेछैन ।

६. सुन्तला खाने मात्रै होइन, लगाउनुहोस् पनि । बोक्रा खास महत्त्वपूर्ण हुन्छ । सुन्तालाको बोक्रालाई कुटेर धुलो पार्नुहोस् । यसमा गुलाबजल मिलाएर डन्डिफोरमा लगाए ठीक हुन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top