×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

१ पुष २०८२

१ पुष , काठमाण्डौ ।

एमालेको आगामी नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्न आ–आफ्नो रणनीति अघि सारेका छन् । चुनावी मैदानमा ओली र ईश्वर देखिएपनि ओलीको वास्तविक प्रतिस्पर्धा भने पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भइरहेको छ ।

Advertisement
Advertisement

पार्टीमा फर्किएर एमाले नेतृत्वमा पुग्ने विद्याको योजनामा तगारो बनेका ओलीलाई कुनैपनि हालतमा नेतृत्वमा तेस्रो पटक पुग्न नदिने रणनीति अनुरुप नै विद्या अहिले सक्रिय भइरहेको नेताहरुले बताएका छन् ।

विद्याकै परामर्शमा अहिले ईश्वर पक्षले चुनावी रणनीति बनाइरहेको छ । एकल रुपमा उम्मेदवारी दर्ता गराएको ईश्वर पक्षले ओलीका अतिविश्वास पात्रलाई नै आफ्नो प्यानलमा ल्याउन सफल भइसकेको छ ।

ओलीका शीर्षस्थ १० नेताहरुले नै ओलीले गरेको निर्णय लत्याउदै ईश्वर पक्षसँगको समन्वयमा उम्मेदवारी दर्ता गरेर ओली टिमका उम्मेद्वारलाई संकटमा पारिदिएका छन्। मतदानको मुखमा देशभरबाट भेला भएका २२ सय बढी प्रतिनिधिबीच ओलीले आफ्ना विश्वास पात्रलाई कसरी आवश्यक पर्ने निर्णायक अवस्थामा धोका दिन्छन् भन्ने उदाहरण ईश्वर पक्षले दिइरहेका छन् ।

ओली पक्षमा नअटाइएका पदाधिकारीका आंकाक्षीहरु नै ईश्वर पक्षका लागि ओलीलाई गलाउने अस्त्र बनेका छन् । नेतृत्व चयनका लागि आज अपराह्न मतदान हुँदैछ । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि नेतृत्व लिन अघि सरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेलले ओलीलाई चुनौती दिएका छन् । संस्थापन पक्षमा पदाधिकारी पदका विषयलाई लिएर असन्तुष्टि बढेपछि पोखरेल समूह उत्साहित बनेकोछ ।

अर्काेतर्फ विद्यादेवी भण्डारी आफूलाई पार्टीमै प्रवेश गर्न नदिएको बदला महाधिवेशनमा ब्यालेटबाट लिने रणनीतिमा छिन् । उनी आफूलाई एमाले अध्यक्ष केपी ओलीले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनको विरुद्ध ईश्वर पोखरेललाई अगाडि बढाएर चुनावी मैदानमा उभ्याएकी छन् ।

भण्डारीलाई ६ साउनमा एमालेले साधारण सदस्यता ‘होल्ड’मा राख्न गरेको निर्णय सर्वत्र चासो र विरोधको विषय बनेको थियो । जुन निर्णयबारे एमालेका नेता–कार्यकर्ता दुई कित्तामा उभिएका थिए ।

अहिले उनी भित्रभित्रै रणनीति बनाउने समूहमा सक्रिय रहेको नेताहरुले बताएका छन् । आफूविरुद्ध ओलीको निर्णय गलत सावित गराउन पनि ओलीलाई ईश्वरले पराजित गर्नुपर्ने दबाबमा विद्या देखिएकी छन् ।

भण्डारी पोखरेलको टिम बनाउन यसअघिदेखि नै सक्रिय थिइन् । भण्डारी पदाधिकारीको टिम बनाउन मात्रै होइन, देशभरबाट प्रतिनिधिमा चयन भएर आएका नेता–कार्यकर्तालाई आफैँ भेटिरहेकी छन् ।

यस्तै महासचिवका आकांक्षी उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवार दिन अस्वीकार गरेपछि पोखरेल पक्षले त्यसलाई चुनाव जित्ने रणनीतिका रूपमा अघि सारेको छ ।

त्यस्तै ओलीको पक्षमा लाग्दै आएका लालबाबु पण्डित पनि कोटामा नपरेपछि छुट्टै उम्मेदवारी मनोनयन गरेका छन् । भीम आचार्यले पनि छुट्टै सचिवमा उम्मेदवारी दिएका छन् ।

संस्थापनभित्र उत्पन्न असन्तुष्टिलाई समेटेर परिणाम आफ्नो पक्षमा पार्न पोखरेल पक्ष सक्रिय भएको छ । ज्ञवाली महासचिवको दाबेदार भए पनि शंकर पोखरेललाई ओलीले दोहो¥याएकाले उनले तीव्र असन्तुष्टि पोख्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।

महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ भने उपाध्यक्ष पदमा व्यवस्थापन गरिएको छ । उनले शंकर पोखरेल महासचिव दोहोरिन नहुने बताउँदै आएका थिए । प्रचार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिबबाट मउम्मेदवारी फिर्ता लिएका छन् ।

ओलीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएका हुन् । ओली पक्षभित्र नेता व्यवस्थापनको विषयलाई लिएर अहिले पनि असन्तुष्टि छ । कृष्ण गोपाल, रघुजी, अग्नि खरे, काशीनाथ लगायतको विद्रोहले ओली पक्ष दबाबमा रहेको देखिन्छ ।

उम्मेदवारी दर्ता गरेपछि शंकर पोखरेलले वर्तमान राजनीतिका चुनौतीलाई सामना गर्न आफू महासचिवको उम्मेदवार भएर ओली टिमलाई बलियो बनाउने बताएका थिए। तर महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टी जीवनमा लोकतन्त्र स्थापना गरी विधि विधानलाई बलियो बनाएर मात्र मुलुकको शत्तिशाली पार्टी बनाउने तर्क गरेका छन् ।

दुवै पक्षले आ–आफ्ना विषय अघि सार्दै चुनाव प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् । ओली टिममा यसअघि नै पदमा रहेका धेरै नेता उपाध्यक्ष उपमहासचिव र सचिवका उम्मेदवार भएको हुनाले प्रतिनिधिबीचमा नयाँ अवसर नदिएको गुनासो पनि सुनिएको छ ।

उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल उही पदमा उम्मेदवार भएका छन् ।उम्मेदवार दोहोरिनुलाई पनि ईश्वर पक्षले आफ्नो पक्षमा माहोल बनेको रुपमा विश्लेषण गरेको छ ।

उता ओली पक्षले महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा बहुमत हुने गरी चयन गरेको छ । अधिकांश ठाउँमा सर्वसम्मतका नाममा संस्थापनका बहुमत प्रतिनिधि छानिएका थिए ।

तर उम्मेदवारी चयनमा ब्यापक असन्तुष्टि देखिएपछि ओली अहिले असन्तुष्टलाई फकाउन सक्रिय रहदा ईश्वर पक्ष भने महाधिवेशनस्थलमा हिजो साझदेखि अवेर राति र आज विहानैदेखि मत मागिरहेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज अपराह्नका लागि मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि मंसिर २९ गते राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

सुब्बाका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदै छ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो ।

मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।

महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ ।

Advertisement

९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न क्लस्टरअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top