×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

१ पुष २०८२

१ पुष , काठमाण्डौ ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ । पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ ।

प्राविधिक टोलीले तयार पारेको क्रमसंख्या सहितको नामावली तलमाथि परेपछि पुनः मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उम्मेदवार छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

यसअघि ईश्वर पोखरेल समूहले राति मतदान नगराउन आग्रह गरेको थियो । पार्टी निर्वाचन आयोगसमक्ष समूहले राति चुनाव नगर्न माग गरेको हो । पोखरेल समूहले राति मतदान नगराउन आग्रह गरे पनि बाध्यात्मक अवस्था रहेको आयोगले जनाउको छ ।

भोटिङ मेसिनका निर्माणकर्ता रामप्रसाद रिमालका अनुसार, मतदान गर्न एक महाधिवेशन प्रतिनिधिलाई करिब ३० मिनेट लाग्नेछ । “३०० भन्दा बढी उमेदवार छन् । एकजना मतदाताले भोट हाल्न करिब आधा घण्टा लाग्छ,” रिमालले भनेका छन् ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

पछिल्लो समय पोखरेल प्यानलको अन्तिम नामावली सार्वजनिक गरिएको छ । नेता टंक कार्कीलाई टिममा राखेर पोखरेल प्यानललाई पूर्णता दिइएको हो । सोमबार कार्कीले उपाध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए ।

उनलाई पोखरेल समूहले टिममा भित्र्याएको हो । यस्तै ओली प्यानलबाट पनि उपाध्यक्षमा रघुजी पन्तलाई समावेश गर्दै अन्तिम सूची सार्वजनिक गरेको छ । प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि उनको स्थानमा पन्तलाई समेटिएको छ ।

पदाधिकारीमा दुवै प्यानलबाट महिलालाई भने कम प्रतिनिधित्व दिइएको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महिलाको सहभागिता ४ जना मात्रै छ ।

उपाध्यक्ष पदका लागि पाँच सिटमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर, महिला उम्मेदवारका रूपमा डा.बिन्दा पाण्डे मात्रै एक्ली प्रतिस्पर्धामा रहेकी छन् । दुवै प्यानलबाट गरी ११ उम्मेदवारी परे पनि ओली प्यानलबाट उपाध्यक्षमा एक जना पनि महिला उम्मेदवार नउठाइनुले पार्टीभित्र महिला प्रतिनिधित्वप्रति गम्भीर प्रश्न उठाएको छ ।

पोखरेल प्यानलबाट भने पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।आरक्षणको व्यवस्था नभएकाले पाण्डेले उपाध्यक्षमा निर्वाचित हुन ११ उम्मेदवारमध्ये उत्कृष्ट पाँचमा पर्नुपर्नेछ। सचिव पदमा पनि महिला उम्मेदवारी कमजोर देखिएको छ ।

९ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ३ जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी छन् भने पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार छन्।

पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् । तर, सचिव पदमा पनि महिला आरक्षणको व्यवस्था नरहेकाले उत्कृष्ट नौ मा पर्न नसके महिलाको प्रतिनिधित्व सचिव तहमा पनि शून्य हुने खतरा छ ।

महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ भने उपमहासचिवका तीन पदका लागि सात जना पुरुष उम्मेदवार मात्रै प्रतिस्पर्धामा छन् ।

यस्तै नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन्।

यस्तै, केन्द्रीय सदस्य युवा ४० वर्ष मुनिबाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन्।

यस्तै, दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।

Advertisement

यस्तै, एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top