×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

२ पुष २०८२

२ पुस , काठमाण्डौ ।

एमालेमा एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेपछि मतदान सुरु भएको छ । हिजो विहान ११ बजेदेखि पटक पटक सर्दै आएको मतदान प्रक्रिया आज विहानबाट सुरु भएको हो ।

Advertisement
Advertisement

मतदानका लागि प्रतिनिधिहरू लाइन लागिसकेको अवस्थामा हिजो विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या आएको भन्दै राति निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता सोमबार नै सकिएकाले मंगलबार दिउँसो मतदान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम चढाउन ढिला भएपछि राति ७ बजे मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । मतदानका लागि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलसमेत लाइनमा थिए ।

तर सवा ८ बजेतिर महासचिव शंकर पोखरेलले मतदान स्थगन गरिएको घोषणा गरेका थिए । एमालेले नेतृत्व चयनका लागि ‘राम–लक्ष्मण इनोभेसन’ कम्पनीले बनाएका विद्युतीय मेसिन प्रयोग गर्दै छ ।

महाधिवेशन निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम युनिकोडमा लेख्नुपर्नेमा केहीको प्रीति फन्टमा ‘इन्ट्री’ भएकाले समस्या आएको थियो । ‘मेसिनमा देखिएको समस्या समाधान गरेर बुधबार बिहान ८ बजे मतदान सुरु गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष सानुराज पोखरेलले भने, ‘अध्यक्षका उम्मेदवारद्वयको सहमतिमै मतदान सार्ने निर्णय भएको हो ।’

राम– लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले मंगलबार अपराह्न पाएको विवरण ‘मर्ज’ गर्दा समय लागेकाले मतदान सार्नुपरेको बताएका छन् । एमालेले विद्युतीय मतदान मेसिन प्रयोग गरी छिटो नतिजा निकाल्ने तयारी गरेको थियो ।

मंगलबार राति पनि मतदान सुरु हुन नसक्दा प्रतिनिधिहरू असन्तुष्टि पोख्दै हलबाट बाहिरिएका थिए । मतदानमा ढिलाइकै कारण एमालेको महाधिवेशन एक दिन लम्बिएको छ ।

ईश्वर पोखरेल पक्षले शान्ति–सुरक्षा लगायतलाई ध्यानमा राखी दिउँसो मतदानको व्यवस्था मिलाउन आग्रह गरेको थियो । पोखरेल पक्षका उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले दिउँसो मतदान गर्दा सुरक्षालगायत अन्य विषयमा सहज हुने भन्दै आयोगको ध्यानाकर्षण गराएको बताएका थिए ।

मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । एक मतदातालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

आयोगका अनुसार प्राविधिक समस्या नआए मतदान सकिन करिब १० घण्टा लाग्नेछ । मतदान सकिएको तीन घण्टामा परिणाम दिन सकिने आयोगको भनाइ छ ।अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म छान्न मतदान हुने हो।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चयन हुँदैछन्। ३०१ जना केन्द्रीय सदस्य छान्नका लागि लागि मतदान भइरहेको छ । मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ।

टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ।

निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ।

सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडियो सन्देश सुनाउँछ।

केपी शर्मा ओली र ईश्वर पोखरेल पक्ष प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । मतपत्रमा अध्यक्षतर्फ १ नम्बरमा ईश्वर पोखरेल र २ नम्बरमा केपी शर्मा ओलीको नाम छ । पाँच उपाध्यक्षमा ११ जना प्रतिस्पर्धामा छन् ।

अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा (बादल), विन्दा पाण्डे र विष्णुप्रसाद पौडेलको नाम मतपत्रमा क्रमैसँग राखिएको छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन् । तीन उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीको नाम क्रमैसँग मतपत्रमा राखिएको छ ।

९ सचिवका लागि २० जना प्रतिस्पर्धामा उत्रिएका छन् । अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बाँस्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्मा अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मत कार्की सचिवका उम्मेदवार हुन् ।

प्रत्येक प्रदेशको भूगोल ‘क्लस्टर’ बाट ९ केन्द्रीय सदस्य छान्ने व्यवस्था छ । त्यसमा खुला ५, महिला ३ र ४० वर्षमुनिका एक युवा हुन्छन् । सुदूरपश्चिम भूगोलको खुलातर्फ ५ सिटका लागि १६ जना उम्मेदवार छन् ।

४० वर्षमुनिका युवा केन्द्रीय सदस्य एक सिटका लागि दुई जना प्रतिस्पर्धामा छन् । खुलाबाट आउने ७२ केन्द्रीय सदस्यमा १६७ उम्मेदवार छन् । पदाधिकारीमा उम्मेदवारी दिनेहरू खुला सदस्यमा स्वतः उम्मेदवार बन्ने व्यवस्था एमालेको विधानमा छ ।

४० वर्षमुनिका दुई जना पनि निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा ५२ महिलाका लागि ७१ उम्मेदवार प्रतिस्पर्धामा छन् । पदाधिकारी र केन्द्रीय कमिटीसहित ३ सय १ जनाका लागि ६ सय ३ उम्मेदवारी परेको थियो ।

त्यसमध्ये ११ निर्विरोध भएका छन् । उपमहासचिवका उम्मेदवार राजेन्द्र गौतमसहित १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

Advertisement

बन्दसत्र स्थल भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारका पर्चा–पम्पलेट, भिजिटिङ कार्ड छ्यापछ्याप्ती छन् । कतिपय ब्यानरसहित विहानैदेखि मत मागिरहेका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top