×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

२ पुष २०८२

२ पुस , काठमाण्डौ ।

नेकपा एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ । यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पु¥याइएको हो ।

Advertisement
Advertisement

८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । उनीहरु भित्र प्रवेश गरेपनि निक्कै रातीसम्म मतदान जारी रहने संभावना रहेको नेताहरुले बताएका छन् ।

मतदाताहरुले ५ घण्टाभन्दा बढी समयदेखि लाइन लागेर मतदान गरेको बताएका छन् । मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ । मतदान एकदमै सुस्त भएको छ ।

मतदान सुरु भएको ७ घण्टामा साढे ७ सय मात्रैले मतदान गरेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ ।

दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो । जुन २२६३ महाधिवेशन प्रतिनिधिको ३१ द्यशमलव ८१ प्रतिशत हाराहारी मत हो ।

यस अनुपातका रातभर मतदान जारी रहने देखिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको थियो । यसअघि १ बजेसम्म आयोगले ५ सय हाराहारी मत खसेको जानकारी दिएको थियो ।

तर पछिल्लो अपडेट अनुसार एक घण्टामा एक सय हाराहारी अनुपातमा मात्रै भोट खसेको आयोगको भनाइ छ । मतदान गरेर निस्किएका केही मतदाताले भने ‘क्रस भोटिङ’ गरेको बताएका छन्।

पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको एक मतदाताले बताएका छन् । एमाले पदाधिकारीमा एकै प्यानलको नभएर दुवै प्यानलबाट नेतालाई ल्याउनुपर्ने भन्दै ‘क्रस भोटिङ’ गरेको मतदाताहरुको भनाइ छ ।

उनीहरुले एमालेलाई एकढिक्का राख्न मिश्रित पदाधिकारी जिताउनै पर्ने बताएका छन् । मतदान गरेर निस्किेका केही मतदाताको भनाइमा पदाधिकारीमा महासचिवमा कडा टक्कर देखिएको छ।

धेरैले प्यानल नहेरेर ‘क्रस भोटिङ’ गरेको बताएका छन्। त्यसपछि उपाध्यक्ष र सचिवमा पनि ‘क्रस भोटिङ’ भएको उनीहरूले सुनाएका छन्। अध्यक्षमा दुवै तर्फकाले प्यानलमै ध्यान दिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा यताउता मतदान भएको उनीहरूको भनाइ छ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। त्यस्तै, महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्। एमालेमा १९ पदाधिकारीका लागि दुवै तर्फबाट प्यानल बनाएर उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।

त्यस्तै, ३ सय १ केन्द्रीय सदस्यमा पनि दुवै पक्षले उम्मेदवार बनाएका छन्। मतदान सकिए लगत्तै मतगणना हुने आयोगले जनाएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेकाले गणनामा भने समय नलाग्ने आयोगको भनाइ छ।

ओली र पोखरेल प्यानलसहित आन्तरिक प्रतिस्पर्धामा उत्रिएका छन् । तर प्रतिस्पर्धाका बीच हार्दिकता र सौहार्दता पनि देखिन्छ । सँगै भोट हालेपछि ओली र पोखरेल दुवै सँगै भोट माग्न पनि हिँडेका छन् ।

प्रतिस्पर्धा भए पनि ओलीले पोखरेलसँगै हिँडेको र भोट मागेको फोटो बालकोट पेजलै हालेको छ । बिहान पहिलो मतदान गरेकोदेखि दिउँसो कार्यकर्तासम्म झुम्मिएको फोटो पेजले शेयर गरिरहेको छ ।

भित्र मतदान चलिरहँदा भृकृटीमण्डपको परिसरमा प्यानलको सूचीमा भोट हाल्नुपर्ने नेताको खोजीदेखि आफूनिकटलाई जिताउन नेताहरू प्रचारमा लाग्नेसम्मका दृश्य देखिएका छन् । भृकृटीमण्डपको परिसरमा मत माग्नेहरुको भिड पनि त्यतिनै देखिएकोछ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top