×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

२ पुष २०८२

२ पुस , काठमाण्डौ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आगजनी तोडफोड लगायतको घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।

Advertisement
Advertisement

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो।

जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए ।

त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री(केपी शर्मा ओली) र पूर्वगृहमन्त्री(रमेश लेखक) लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो ।

आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान निम्ति बोलाउने तयारी गर्दै छ भने तत्कालीन गृहमन्त्री रमेश लेखकले आयोगले बोलाउनासाथ उपस्थित हुने आश्वासन दिएका छन् ।

आयोगले हालसम्म ओलीसँग कुनै सम्पर्क गरेको छैन भने लेखकसँग अनौपचारिक सम्पर्क गरेको कार्कीले बताएका छन् । तर, ओलीले यसअघि जाँचबुझ आयोगलाई ‘नक्कली आयोग’को संज्ञा दिँदै अध्यक्ष कार्की पूर्वाग्रही भएको हुँदा निष्पक्ष छानबिन हुन नसक्ने जिकिर लिँदै आएका छन् ।

उनले आफू लुरुलुरु बयान दिन नजाने बताउदै आएका छन् । आयोग गठनसँगै ओली र लेखकका लागि पनि उपत्यका छाड्न नपाउने गरी ‘स्थानहद’ लागु भएको छ । आयोगले अर्काे आदेश नदिएसम्म ओलीले काठमाडौं छाड्न पाउँदैनन् ।

आयोगले बयान लिइसकेपछि जेनजी प्रदर्शनीमा संलग्नता स्थिति हेरेर स्थानहद फुुकुवा गर्ने सोच बनाएको छ । मन्त्रिपरिषद्ले गते असोज ५ गते भदौ २३–२४ गतेको प्रदर्शनीका बखत भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

आयोगले जेनजी विद्रोहका बेला प्रहरी दमनका अतिरिक्त शासकीय असफलताबारे बयान लिने योजना बनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच गत मंसिर २४ गते भएको सम्झौतासँगै आयोगका चारवटा जिम्मेवारी थपिएका छन् ।

प्रदर्शनीका अत्यधिक बल प्रयोग परिणामस्वरुप गैरन्यायिक हत्यालगायत मानव अधिकार उल्लंघनसम्बन्धी आरोपहरुको विना विभेद छानबिन गरी सत्य–तथ्य खोज गरी फौजदारी जवाफदेहिता बहन गर्न सिफारिस गर्ने अधिकार थपेको छ ।

आपराधिक मनसायका साथ सुनियोजित तथा संगठित तरिकाले गरेका हिंसात्मक कार्यहरुको भेदलाई पूर्वाग्रहरहित रुपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पनि थपिएको छ ।

त्यसअतिरक्त आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा मुद्दा दायर गरिएका विषयमा १५ दिनभित्र स्क्रिनिङ गर्ने छानबिन गर्ने अधिकार दिइएको छ । सरकारले उसैको सिफारिसका आधारमा हिरासत या थुनामुक्त गर्ने रणनीति बनाएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top