×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

४ पुस , काठमाण्डौ ।

यूक्रेनले ड्रोनको प्रयोग गरेर बेलगोरोदमा रहेको रूसी एस ४०० एयर डिफेंस सिस्टमका दुई लन्चर नष्ट गरेको दाबी गरेको छ । यूक्रेनको सशस्त्र बलका जनरल स्टाफले यसबारे जानकारी दिदै घटनाको एक भिडियो पनि सार्वजनिक गरेका छन् ।

जसमा रूसी एयर डिफेंस सिस्टममा हमला भएको देखिन्छ । यो घटना १४ डिसेम्बरमा भएको हो, जतिबेला रूसी सशस्त्र बलको ५६८औं एंटी–एयरक्राफ्ट मिसाइल रेजिमेंटको अपरेशनल एरियामा हमला भएको थियो ।

यूक्रेनी सेनाका अनुसार, यो कारबाही उसको रणनीतिको हिस्सा हो, जसको उद्येश्य रूसी एयर डिफेंस क्षमताहरुलाई कमजोर पार्नु हो । यूक्रेनका जनरल स्टाफले आफ्नो बयानमा भनेका छन्, कि यो अपरेशनलाई १५ औं फरक आर्टिलरी टोही ब्रिगेड ’ब्लाक फरेस्ट’ को स्ट्राइक ड्रोन अपरेटरहरुले सफल बनाएका हुन् ।

हमलामा एस–४०० सिस्टमका दुई लन्चर र त्यहाँ रहेका गोला–बारूद पनि नष्ट भएको हो । जारी गरिएको भिडियामा रूसी एंटी–एयरक्राफ्ट यूनिट्स कच्ची सडकमा अगाडि बढिरहको देखिन्छ, सम्भवतः त्यसले आफ्नो युद्धक स्थितिलाई पनि लगातार बदलिरहेको थियो र सोही क्रममा त्यसमाथि ड्रोनबाट हमला भयो ।

अचानक गरिएको यो हमलाले रूसी वायु रक्षा बललाई सम्हालिने अवसर समेत दिएन र केही क्षणमै भारी विस्फोट हुन पुग्यो । सोशल मिडिया प्लेटफर्म एक्समा ओपन सोर्स एजेंसी ओएसआईएनटीका एनालिस्टले भिडियोको विश्लेषण गरेका छन् ।

उनले भनेका छन् , कि एस–४०० लन्चरमा सीमाबाट करीब ५० किलोमीटर पर भेरखनी ओल्शानेट्स गाउँ नजिकबाट ड्रोनले हमला गरिएको थियो । यसअघि स्पाई टेलीग्राम च्यानलका एक प्रतिनिधिले भनेका थिए कि यूक्रेनी ड्रोनले बेलगोरोद क्षेत्रमा गइरहेको एस–४०० एंटी–एयरक्राफ्ट मिसाइल सिस्टमको एक समूहमा लगभग १६ः३० बजे हमला गरिएको थियो ।

पोस्टमा एक ५पी८५एसएम२–०१ लन्चर नष्ट भएको र अर्को एकमा पनि क्षति पुगेको दाबी गरिएको छ । ड्रोन हमलापछि भएको विस्फोटले ट्रांसपोर्ट र लन्च कंटेनरहरुमा राखिएको चार ४८एन ६ डीएम एंटी–एयरक्राफ्ट गाइडेड मिसाइलहरु नष्ट भएका थिए ।

एस ४०० ट्रायम्फ सिस्टम, रूसी सशस्त्र बलको वायु रक्षाको सबैभन्दा महत्वपूर्ण भाग हो । यो सोभियत कालको एस–३०० प्रणालीको एडभांस भेरिएंट हो, जसमा निकै प्रभावकारी रडार, लामो मारक क्षमता र मल्टी–टारगेट इंगेजमेंट जस्ता क्षमताहरु रहेका छन् ।

यस्तोमा यसका लन्चरहरु नष्ट हुनु रूसको बहुस्तरीय एयर डिफेंसका लागि निकै ठुलो झट्का मानिएको छ । डिफेंस एक्सपट्र्सको भनाइ छ कि यूक्रेनी सेनाका तर्फबाट रूसी एयर डिफेंस सिस्टम लगातार निशानामा पर्नु एक रणनीतिकै हिस्सा हो ।

ताकि भविष्यमा रूसमा मिसाइल र ड्रोन हमलाहरुका लागि बाटो सफा होस् । युक्रेनले यसरी ढाडमै प्रहार गरिरहँदा यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने शान्ति वार्ता रुसका सर्तअनुसार अगाडि नबढेमा रुसले युक्रेनमा आफ्नो नियन्त्रण भएको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् ।

पुटिनले यो चेतावनी वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकमा दिएका हुन् । उनले कूटनीति असफल भएमा रुसले सैन्य शक्तिको बलमा आफ्ना लक्ष्य हासिल गर्ने संकेत गरेका छन् । पुटिनले रुसले संघर्षलाई वार्ताबाट समाधान गर्न चाहेको र युद्धका मूल कारणहरूको अन्त्य गर्न तत्पर रहेको बताएका छन् ।

तर, उनले विपक्षी र उसका विदेशी समर्थकहरूले गम्भीर संवाद इन्कार गरे रुसले सैन्य कारबाहीको बाटो अपनाउने पनि स्पष्ट पारे । पुटिनको यो भनाई त्यस्तो समयमा आएको छ, जब युक्रेनले युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रियस्तरमा प्रयासहरू तीव पारिरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै उच्चस्तरीय बैठकहरूपछि सम्झौता पहिलेभन्दा नजिक रहेको बताएका थिए । अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच सुरक्षा ग्यारेन्टी र सीमाहरूसम्बन्धी वार्ता चलिरहेको छ ।

यद्यपि, नेटो सदस्यताजस्ता मुद्दामा अझै सहमति बन्न सकेको छैन । पुटिनले रुसी सेनाले सम्पूर्ण फ्रन्टलाइनमा रणनीतिक अग्रता बनाएको दाबी गरेका छन् । उनले रुस–युक्रेन सीमाको नजिक सुरक्षा बफर जोनलाई थप विस्तार गर्ने पनि बताए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top