×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

६ पुष २०८२

६ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भए सँगै नेपालको राजनीतिक एक खालको हलचल पैदा भएको छ । चितवनदेखि काठमाण्डौंसम्म आइपुग्दा जनताको लाम देखिएको छ ।

Advertisement
Advertisement

सामाजिक सञ्जालहरू रविमय छन् । जेनजी विद्रोह पछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ । रवि पनि जेल मुक्त भए सँगै चुनावको ग्यारेन्टी गर्दै मैदानमा उत्रिएका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ताहरूले रविलाई भावी प्रधानमन्त्रीका रूपमा सामाजिक सञ्जालमा प्रस्तुत गरी रहेका छन् । अदालतमा चली रहेका मुद्धाहरुको फैसला एउटा पाटो होला तर यति बेला रास्वपा रविलाई भावी प्रधानमन्त्रीको एजेन्डा बोकेर निर्वाचनमा जाने चाही पक्का छ ।

के साँच्चीकै रवि नेपालका भावी प्रधानमन्त्री हुन सक्छन् त ? आज हामी नेपाल टाइम्समा यसै बारेमा चर्चा गर्ने छौं । रवि कुनै परम्परागत राजनीतिक परिवारबाट आएका नेता होइनन्। उनी सिधै जनआक्रोशको गर्भबाट जन्मिएका नेता हुन् ।

पुराना दलप्रति बढ्दो वितृष्णा, भ्रष्टाचारप्रतिको आक्रोश, दण्डहीनताप्रति असन्तोष र विकल्पको अभावको योगफलबाट रवि लामिछानेको उदय भयो । यस अर्थमा उनी व्यवस्था विरोधी होइनन्, अव्यवस्था र कुशासनका विरोधीहरुका प्रतिनिधि हुन्।

यही कारण हो, छोटो समयमै उनी हजारौँ युवाको आशा बने । यति बेला रवि हामी फरक छौँ’ भन्ने ब्रान्ड बनाउन लागि परेका छन् । तर प्रधानमन्त्री बन्न यी सबै मात्र पर्याप्त हुँदैनन्। नेपालमा प्रधानमन्त्री बन्न तीन कुरा अनिवार्य हुन्छन्, संसदीय गणित, गठबन्धन व्यवस्थापन र सत्ता टिकाउने क्षमता हुनै पर्छ ।

रविको लोकप्रियता संसद्मा कति सिटमा अनुवाद हुन्छ ? त्यो अझै निश्चित छैन। रवि लामिछाने दुई पटक उपप्रधान तथा गृह मन्त्री भइसकेका छन्। यो अनुभव उनका लागि बल पनि हो भने बोझ पनि हो ।

प्रशासनिक संरचना बुझ्न सत्तामा बसेकाले सहजता भएको हुन्छ भने बोझ यस अर्थमा हुन्छ कि हिजो उनी पनि तिनै पुराना भनिएका सत्ताको फोहोरी खेल खेल्ने खेलाडीहरूको लाइनबाट उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

तर रवि लामिछाने सत्तामा रहँदा पनि आशातित परिवर्तन गर्न नसकेको आरोप लाग्दै आएको छ । तथापि उनले प्रयास भने गरेको र परिवर्तन अनि जनअपेक्षा पूरा गर्नकै लागि सत्तामा नो नट अगेन भनिएकै नेताहरुसँग सहकार्य गर्नुपरेको रास्वपा नेताहरुले बताउदै आएका छन्।

रवि लामिछानेका भाषण सशक्त छन्। तर प्रधानमन्त्री भाषणले होइन, रोडम्यापले बनिन्छ। अहिलेसम्म रविको राजनीतिमा स्पष्ट जवाफ नआएका केही प्रश्न छन्, सङ्घीयता, प्रदेश र स्थानीय तहबारे उनको दीर्घकालीन सोच के हो ? अर्थतन्त्र कसरी सुधार गर्ने ? वैदेशिक सम्बन्धमा नेपाल कहाँ उभिन्छ ? शक्तिकेन्द्रसँग सम्झौता गर्ने कि टकराउने ?

यदि यी प्रश्नको स्पष्ट, व्यवहारिक र सार्वजनिक उत्तर आएन भने, रवि ‘भावनाको नेता’ मा सीमित हुने खतरा रहन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ छ। तर नयाँ हुनु मात्र पर्याप्त होइन। प्रधानमन्त्री बन्ने आकाङ्क्षा राख्ने नेताले आफ्नो पार्टीभित्र कस्तो लोकतन्त्र अभ्यास गर्छ, त्यो निर्णायक हुन्छ ।

धरौटीमा जेलमुक्त हुनु रविका लागि राजनीतिक टर्निङ प्वाइन्ट पनि हुन सक्छ, जोखिम पनि उतिकै छ । यदि उनले यसलाई आत्म परीक्षण र राजनीतिक परिपक्तामा बदले भने, जनविश्वास थप बलियो हुन सक्छ । तर यदि यसलाई केवल सहानुभूति बटुल्ने साधन बनाइयो भने, जनता छिट्टै विमुख हुनेछन्।

नेपाली जनता अब भावनात्मक रूपमा छिटो तात्छन्, तर छिट्टै चिसिन्छन् पनि। रवि लामिछानेको सबैभन्दा ठूलो सम्भावना जेन–जी र युवा मतदाता हुन्। । तर यही पुस्ता सबैभन्दा आलोचनात्मक पनि हो। यो पुस्ताले नायक होइन, उत्तरदायित्व खोज्छ।

यो पुस्ता भाषणभन्दा नीति पढ्छ। यो पुस्ता नेताको निजी चरित्र मात्र होइन, सार्वजनिक निर्णय पनि नियाल्छ। यदि रविले यो पुस्ताको विश्वास टिकाइराख्न सके भने, कानूनत बाटो खुले प्रधानमन्त्री बन्ने बाटो खुल्न सक्छ।

धरौटीमा जेलमुक्त भएर आफ्नो राजनीतिक कर्मथलो चितवन पुगेका रविले शनिवार व्यक्त गरेका भावनात्मक भनाइहरू नेपाली राजनीतिका बिम्ब हुन । लामिछानेले चितवनको मञ्चबाट बोलेका शब्दहरू सुन्दा लाग्थ्यो, देशको राजनीति नयाँ मोडमा प्रवेश गर्नै लागेको छ।

पुराना दलहरूले जनतालाई दिएको दुःख, निरन्तरको निराशा, भत्किएका संरचना र चुँडिएका सपनाको पुनर्निर्माण लगायतका विषय उनका वाक्यमा गहिरो पीडा र आक्रोशका साथ प्रस्तुत भए।

रवि लामिछानेले चितवनमा भने “पुरानाहरूले जनतालाई धेरै दुःख दिए, हामी त्यस्तो गर्दैनौँ। यो वाक्य नयाँ त पक्कै होइन। यो वाक्य हरेक पुस्ताले हरेक चुनावअघि सुन्दै आएको छ। फरक यति मात्रै हो, वक्ताको अनुहार फेरिन्छ, पीडा उस्तै रहन्छ।

३६ वर्ष सम्म शासन सत्ता सञ्चालन गर्नेहरूबाट जनताले दुःख मात्र पाए । परिणाम जेनजी विद्रोह भयो । आज यो देशको प्रधानमन्त्री कुनै दलको नेता छैन । हिजो सम्म भ्रष्टाचारविरुद्ध खरो आवाज, शक्तिकेन्द्रसँग सम्झौता नगर्ने अठोट, जनताको न्यायप्रति कठोर प्रतिबद्ध एउटा न्यायमूर्ति कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसीन छिन्।

हिजो सम्म सुशीला कार्कीको एउटै कुरा हुन्थ्यो यो देश भ्रष्टहरूले सके । आज उनी प्रधानमन्त्रीको पदमा बसेको साढे ३ महिना पुग्न लाग्यो । जनताले सुशीलालाई प्रश्न गर्न थालेका छन् अहिले सम्म कति जना भ्रष्टाचारीहरू जेलमा परे ?

किन हरेक व्यक्ति कुर्सीमा बसेपछि विगतमा बोलेका कुरालाई विर्सछन् ? आज जनताले त्यो प्रश्न सुशीला कार्कीलाई मात्र होइन, रवि लामिछानेलाई पनि सोधिरहेका छन्। ? हिजो रवि पनि यो देशको २ पटकसम्म उपप्रधान तथा गृहमन्त्री बने ।

उनको पालामा के कस्तो काम भयो ? जसलाई अहिले हरेक नेपालीले सम्झेका छन् ? यदि रविले सत्ता पाएपछि पनि पुरानै राजनीतिक संरचनासँग सम्झौता गर्नुप¥यो भने, यदि उनी गृह मन्त्रालयको कुर्सीमा बसेर पनि माफियाविरुद्ध निर्णायक प्रहार गर्न सकेनन् भने, यदि उनका घोषणाहरू कागजमै सीमित भए भने आज बोलेका यी भावनात्मक शब्दहरू भोलि आफैँलाई घोच्ने काँडामा बदलिन सक्छन्।

धरौटीमा जेलमुक्त हुनु रवि लामिछानेको व्यक्तिगत जीवनको एउटा संवेदनशील अध्याय हो। तर राजनीतिमा जेल जानु मात्र योग्यता हुँदैन, जेलबाट निस्केपछि के गर्छौ भन्ने नै निर्णायक हुन्छ। नेपाली राजनीतिमा जेल गएर आएका नेताहरूको सूची लामो छ।

कोही परिवर्तनको प्रतीक बने, कोही सत्ताको स्वादमा पुरानै प्रणालीको हिस्सा बने। रवि लामिछाने कुन बाटो रोज्छन्, त्यो अब भावनात्मक भाषणले होइन, कर्मले प्रमाणित हुनुपर्छ। रवि लामिछानेले चितवनमा ‘जेन–जी’ पुस्ताको कुरा गरे।

शहीदको बलिदान खेर जान नदिने र नयाँ पुस्ताको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए। तर जेन–जी पुस्ता अब नाराबाट सन्तुष्ट हुँदैन। यो पुस्ताले प्रश्न गर्छ,भ्रष्टाचारको जरामा कहिले प्रहार हुन्छ ? राजनीतिक दलको आन्तरिक लोकतन्त्र कहिले स्थापित हुन्छ ?

पार्टीभित्र पनि नेताका आफन्त र विश्वासपात्र मात्रै अघि बढ्ने संस्कार कहिले अन्त्य हुन्छ ? यदि रास्वपा पनि अन्ततः ‘वन–म्यान सो’ मा सीमित भयो भने, जेन–जीको भरोसा छिट्टै टुट्न सक्छ । फागुनमा हुने निर्वाचनपछि रवि लामिछाने प्रधानमन्त्रीका रूपमा अघि सारिदैछ ।

सम्भावना राजनीतिमा सधैँ खुला हुन्छ। तर सम्भावना यथार्थ बन्न विश्वास चाहिन्छ, विश्वास कर्मबाट जन्मिन्छ। रविको पक्षमा जनआकर्षण छ, आक्रोश छ, वैकल्पिक शक्तिको छवि छ । तर विपक्षमा अनुभवको प्रश्न, अघिल्लो कार्यकालको मूल्याङ्कन र ‘हामी पनि त सत्तामा थियौँ’ भन्ने तथ्यसँगै अदालतमा विचाराधीन सहकारी ठगी प्रकरणको मुद्दा छ।

यदि रविले विगतका कमजोरी स्वीकार गरेर नयाँ रणनीतिका साथ अघि बढे भने, यदि उनले सत्ता होइन अवस्था बदल्ने स्पष्ट रोडम्याप दिए भने, उनले आफ्नै पार्टीभित्र लोकतन्त्र र पारदर्शिता स्थापित गरे भने फागुनको निर्वाचन उनको राजनीतिक जीवनको निर्णायक मोड बन्न सक्छ।

तर नेपालको वर्तमान निर्वाचन प्रणाली अनुरुप कुनै एउटा दलले यो देशमा बहुमत ल्याउनु फलामको चिउरा चपाउनु जस्तै हुने छ । रवि लामिछानेका आँसु, उनका शब्द र उनको आक्रोश बुझ्न सकिन्छ। तर नेपाली जनता अब भावनाबाट होइन, इतिहासबाट निर्णय गर्न सिक्दै छन्।

आज रविले बोलेका शब्दहरू सही होलान्। पुरानाहरूले जनतालाई दुःख दिएका हुन्। तर भोलि रवि स्वयं त्यही सूचीमा पर्छन् कि पर्दैनन् भन्ने निर्णय अब उनको हातमा छ । राजनीति मञ्चको भाषण होइन, नैतिक साहसको परीक्षा हो।

रवि लामिछाने त्यो परीक्षा पास गर्छन् कि फेरि अर्को निराशाको अध्याय बन्छन्, यसको फैसला फागुनको निर्वाचनभन्दा पहिले नै, उनले आजदेखि गर्ने कर्मले तय गर्नेछ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top