×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

ईश्वरको छुट्टै भेलामा ओली नरम प्रदीप ज्ञवाली गरम

७ पुष २०८२

७ पुष , काठमाण्डौ ।

अघिल्लो साता सम्पन्न ११ औं महाधिवेशनमा संस्थापन र इतर समूहका दुई थरी प्यानलबीच हार र जितको टुंगो लागिसकेपछि पनि नेकपा एमालेको समूहगत द्वन्द अझै जारी छ । महाधिवेशनअघिको जस्तै अहिले पनि ओली र पोखरेल समूहबीच सार्वजनिक फोरमहरुमा तथा सामाजिक संजालहरुमा घोचपेच, आरोपप्रत्यारोप र धाकधम्कीका श्रृंखलाहरु चलिनै रहेका छन् ।

Advertisement
Advertisement

यसबीच महाधिवेशन सकिएपछि पनि ईश्वर पोखरेल समूहले छुट्टै भेला आयोजना गरेको थियो । जसमा उपमहासचिव र उपाध्यक्ष जितेका योगेश भट्टराई र गोकर्ण विष्ट पनि सहभागी भए । तर यो कुरा एमालेको संस्थापन पक्षले पटक्कै रुचाएको छैनन् ।

अध्यक्ष केपी शर्मा ओलीले पनि एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई नसोधिकन, अनुमति वा जानकारी समेत नदिकन भेला गरेको भनेर असन्तुष्टि जनाएका छन् । यद्यपि उनले यो उनीहरुले महाधिवेशनपछि पहिलो पटक गरेको र त्यो पार्टीको हितविपरित नभएको हुनसक्ने आफूले ठानेकाले, पहिलो पटकमै अनुशासनको डण्डा नचलाउने तर आइन्दा यस्ता कार्य भने बाँकी नराख्ने चेतावनी दिइसकेका छन् ।

ईश्वर समूहको भेलाले भने पार्टी विभाजनलाई नस्वीकार्ने तर ओलीसामू आत्मसमर्पण नगर्ने चेतावनी दिदै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । यसलाई लिएर संस्थापन पक्ष आक्रोशित भएको छ ।

यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि एक टेलिभिजन अन्तर्वार्तामा देशको अवस्था यस्तै तरल रहे राजसंस्था फर्किन सक्ने भन्दै दिएको टिप्पणीले पनि ओली समूह आगो भएको छ ।

यी दुवै विषयमा एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । उनले विद्या भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् । ज्ञवालीले लेखेका छन्, ‘ पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो ।

आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’ एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपतिले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी थिइन् ।

त्यस सन्दर्भमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना पनि रहनसक्ने अभिव्यक्ति दिएकी थिइन् । यसै अभिव्यक्तिबारे टिप्पणी गरेका नेता ज्ञवालीले यो दृश्यले आँखा बिझाएको बताएका छन् ।

यसका साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा टिप्पणी गरेका छन् । उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन् ।

‘उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।

एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न। महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।

अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैँन । तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ ।

तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?

पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ? दुई दिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

उनले एक अन्तरवार्तामा राजसंस्था नेपालको एउटा शक्तिकेन्द्रका रूपमा रहेको र भोलि पुनस्र्थापित हुन पनि सक्ने बताएकी छन् । पत्रकार ऋषि धमलालाई दिएको अन्तरवार्तामा भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सद्भाव प्रकट गरिन् ।

उनले भनिन्, ‘जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । उहाँलाई देशप्रति माया छ ।’ उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ, उहाँको सन्तति हो । त्यो हिसाबले सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभो । त्योप्रति पनि मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ ।

उनले थप भनिन् ,देश अस्थिर भइरह्यो, पार्टीहरूले कमाण्ड गर्न सकेनन् भने कमाण्ड कसैले न कसैले त गर्नुप¥यो । नेपालको विभिन्न शक्तिकेन्द्रमध्ये एउटा पूर्वराजसंस्था पनि त एउटा हो । पूर्व राजा भने यतिबेला भारत भ्रमणमा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top