×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

कार्यकर्तालाई साक्षी राखेर गगनले भनेः सभापति लड्छु, जित्छु

७ पुष २०८२

७ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्ताहरुलाई साक्षी राख्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

उनले आफू सभापति बन्ने दाबी समेत गरे । ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, उनले भने । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको बताउँदै उनले अहिले क्रियाशील सदस्यको काम ढिला भएको भन्दै आपत्ति जनाए ।

उनले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको उनको भनाइ छ ।

उनले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलिअलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’

महामन्त्री थापाले नियमित वा विशेष अधिवेशन हुनै पर्ने बताउँदै महाधिवेशन विना कांग्रेस निर्वाचनमा नजाने बताए । यस्तै थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताए ।

उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए । धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए ।

थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’ उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए ।

‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’

उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’

निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार कामहरू अघि बढाउने उनको भनाइ थियो । ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्ने,’ महामन्त्री थापाले भने ।

२१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा महामन्त्री थापाको जोड थियो । ‘चुनावको परिणाम के होला, हाम्रा लागि कति अनुकूल होला, कति प्रतिकूल होला, त्यो हाम्रो आन्तरिक विषय हो,’ उनले भने, ‘हामी छलफल गरौंला, त्यसलाई अनुकूल बनाउने कोसिस गरौंला, थप मेहनत गरौंला, आफ्ना कुरा भनौंला ।’

महामन्त्री थापाले चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने पनि जिकिर गरे । ‘अब चुनाव भएन भने हामी फेरि ठूलो अनिश्चिततातर्फ जान सक्छौं । २००७ साल देखि २०१५ सालको जस्तो अवस्था,’ उनले भने, ‘त्यसकारणले गर्दा इलेक्सन गर्ने कुरा आवश्यक भयो ।’

कार्यकर्तासंगको छलफलका क्रममा गगनले जेनजी आन्दोलन र त्यसपछिका दिनमा आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्मका अनुभूति साझा गरे । जेनजी आन्दोलनको क्रममा रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो ।

त्यसपछि डेरा खोजेको तर गगन थापा बस्ने भन्ने थाहा पाएपछि घरबेटीले भाडामा दिन नमानेको उनले सुनाए । ‘बानेश्वरमा साथीहरुले डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ। अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला छ भनेको पनि पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ,’ महामन्त्री थापाले सुनाए, ‘हाम्रो हालत त त्यो थियो नि पहिला ।’

बानेश्वरमा डेरा नपाएपछि अहिले बुढानीलकण्ठको चपलीमा बसिरहेको उनले जानकारी दिए । ‘खोज्दै जाने क्रममा मेरो श्रीमतीले भाइटीका लगाउने गरेको दाइ, उहाँहरुको पुरानो घर, त्यहाँ पहिला स्कुल बसेको, अहिले सरेको, ठ्याक्क समय मिल्यो, केही समय खाली भएको ठाउँ, त्यहाँ बसिरहेको छु ।’

आफू जन्मेहुर्केको रातोपुलको घर पुनर्निर्माण हुन केही समय लाग्ने र पुनर्निर्माण भइसकेपछि पुनः त्यहीँ सर्ने उनले बताए । थापाले जेनजी आन्दोलनको क्रममा घरमा आगजनी भएपछि स्थानीय कार्यकर्ताहरुले आफूलाई र आफ्ना परिवारका सदस्यहरुलाई उद्धार गरेको पनि बताए ।

तेस्रो दिन घरमा पुग्दा आफ्नो खाटमा एक जना चोर सुतिरहेको देखेको थापाले सुनाए । ‘तेस्रो दिन घरमा पुग्दा एउटा चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिराको,’ थापाले भने, ‘कहाँबाट आयो यो भनेको त पहिलो दिनमा लुगासुगा चोरेर गएको रहेछ । अरु केही बाँकी छ भनेर आको रे । आएपछि एकछिन सुत्न मन लाग्यो रे । यसो सुतेको निद्रा लागेको रे ।’

त्यस चोरलाई ‘साथीहरु’ले त्यहीँबाट पक्राउ गरेर लिएर गएको उनले बताए । यस्तै थापाले गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा भएका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताए ।

थापाले भने, ‘घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरुले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’

नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उनको भनाइ छ । उनले भदौ २३ गतेको घटनालाई अकल्पनीय, दुःखद र कालो दिनको संज्ञा दिए । कांग्रेस नेतासमेत रहेका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन लगाएको जानकारी पनि उनले दिए ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top