×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

९ पुष , काठमाण्डौ।

नेपालको पूर्वाेत्तर छिमेकी भारतीय राज्य असमको कार्बी आङ्लोङ जिल्लामा हिंसा भड्किएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लामा तैनाथ एक अधिकारीले प्रदर्शनकारीहरूका दुई समूहबीचको झडपमा कम्तीमा ८ जना घाइते भएको बताएका छन् ।

भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पश्चिम कार्बी आङ्लोङको अवस्थालाई नजिकबाट नियालिरहेको छु। मंगलबारको अशान्तिमा दुई जनाले ज्यान गुमाउनु धेरै दुःखद छ।’

शान्ति कायम राख्न बुधबार खेरोनीमा थप सुरक्षा बल तैनाथ गरिने उनले बताए। उनले भनेका छन्, ‘हामी संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित सबैसँग निरन्तर सम्पर्कमा छौँ।’ भारतीय सञ्चारमाध्यमका अनुसार खेरोनी प्रहरी चौकीअन्तर्गत फेलाङ्पीमा डिसेम्बर ६ देखि स्थानीय आदिवासी भोक हडतालमा छन्।

उनीहरूले आफ्नो क्षेत्रमा बाहिरी मानिसले अतिक्रमण गरेको भन्दै अवैध बस्ती हटाउन माग गरिरहेका छन्। यस क्रममा सोमबार प्रदर्शनकारीहरूले खेरोनी प्रहरी चौकी क्षेत्रमा रहेको भाजपा नेतृत्वको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घरमा आगजनी गरेका थिए।

त्यसपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु गरेको थियो, तर मंगलबार फेरि हिंसा भड्कियो। असमका प्रहरी महानिर्देशक हरमित सिंहले प्रदर्शनकारीहरूसँगको झडपमा ३४ प्रहरी अधिकारी घाइते भएको बताएका छन्।

कार्बी आङ्लोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो। यसैबीच असम सरकारले शान्ति र अमनचयन कायम राख्न भन्दै पश्चिम कार्बी आङ्लोङ र कार्बी आङ्लोङ दुवै जिल्लामा इन्टरनेट सेवा बन्द गराएको छ।

कार्बी आङ्लोङमा जारी हिंसाका बीच त्यहाँका नेपाली बस्तीमा पनि तोडफोड भएको बताइएको छ। बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीहरूले खेरोनी र आसपासका नेपाली बस्तीमा पनि व्यापक तोडफोड गरेको रिपोर्ट आएको हो।

स्थानीय पत्रकार सुशान्त राईले भनेका छन्, ‘केही प्रदर्शनकारीहरूले निजी घर र पसलहरूमा क्षति पु¥याएका छन् र धेरैवटा सवारीसाधनमा तोडफोड गरेका छन्।’ कार्बी आङ्लोङ जिल्ला भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो, जहाँ आरक्षित जग्गा अतिक्रमण गरी बाहिरी मानिस बसेको आरोप लगाउँदै स्थानीय आदिवासी डिसेम्बर ६ देखि आन्दोलनमा छन्।

उनीहरूले त्यहाँ रहेका अवैध बस्ती हटाइनुपर्ने माग गरिरहेका छन्। विरोध प्रदर्शनका क्रममा सोमबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा उक्त क्षेत्रमा तोडफोड र आगजनी भएको हो। त्यस क्रममा प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (भाजपा) का जिल्ला तहका एक शीर्ष नेताको घरमा आगजनीसमेत गरेका छन्।

भाजपाको नेतृत्वमा रहेको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलीराम रोङ्हाङको घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन्। प्रदर्शनकारी र रोङ्हाङबीच बैठक हुने तयारी भइरहेको बेला भिडले उनको घरमा आगजनी गरेको आरोप छ।

तर आगजनीका बेला भाजपा नेताको परिवारको कुनै पनि सदस्य घरमा थिएनन्। भारतीय संचारमाध्यामका अनुशार सोमबारको दिन अवस्था त्यतिबेला बिग्रियो, जब भोक हड्तालमा बसेका मानिसहरूलाई त्यहाँबाट हटाइयो।

प्रहरीका अनुसार करिब १५ दिनदेखि अनशनमा बसेका कारण उनीहरूको स्वास्थ्य बिग्रिन सक्ने जोखिम थियो, त्यसैले उपचारका लागि उनीहरूलाई गुवाहाटी पठाइएको हो। तर स्थानीयवासीहरूले यसलाई पक्राउको रूपमा बुझे, जसका कारण आक्रोश फैलियो र हिंसात्मक घटना भड्कियो।

घटनापछि तुलिराम रोंगहाङले सञ्चारमाध्यमसँग कुरा गर्दै प्रदर्शनकारीहरूलाई पक्राउ नगरिएको र सम्पूर्ण घटना गलतफहमीको परिणाम भएको बताए। उनले परिषदलाई भोक हड्तालप्रति कुनै आपत्ति नरहेको र यस विषयको समाधान वार्ताबाट निकालिनुपर्ने स्पष्ट पारे।

उनका अनुसार प्रदर्शनकारीहरूलाई दिफूमा छलफलका लागि बोलाइएको थियो र परिषदको सम्मेलन कक्षमा बैठक पनि तय गरिएको थियो। तर उपचारका लागि गुवाहाटी लैजानुलाई नै पक्राउ ठानिएको रहेछ।

अधिकारीहरूका अनुसार डोंकामुकाममा अवस्था नियन्त्रणमा आएपछि खेरोनी क्षेत्रमा तनाव बढ्यो। त्यहाँ प्रहरी चौकी नजिक ढुंगामुढा भएका घटना भए र केही असामाजिक तत्वहरूले बिहारी र नेपाली समुदायजस्ता अल्पसंख्यक समूहलाई निशाना बनाउने प्रयास गरे।

त्यसपछि सम्पूर्ण क्षेत्रमा फ्ल्याग मार्च र कडा निगरानी सुरु गरिएको छ। फेब्रुअरी २०२४ मा रोंगहाङले कार्बी आंगलोङ र पश्चिम कार्बी आंगलोङमा आरक्षित चरागाह भूमि बाट अतिक्रमण हटाउने घोषणा गरेका थिए।

त्यतिबेला डोंकामुकाम सर्कल र फुलोनी सर्कलमा सयौँ परिवार अवैध रूपमा बसोबास गरिरहेको बताइएको थियो। तर प्रभावित पक्षहरूले यो निर्णयलाई उच्च अदालतमा चुनौती दिएका छन् र मुद्दा हाल अदालतमा विचाराधीन छ।

रोंगहाङका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले हाल कुनै पनि कारबाही गर्नु कानुनविपरीत हुनेछ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top