×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

१४ पुष २०८२

१४ पुस , काठमाण्डौ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनको भनाई छ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् । तीन वटा राजनीतिक दलहरूले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानुनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे । आयोगले त्यसको लागि राजनीतिक दलहरूलाई अभिमुखीकरण पनि गरेको उनको बताए ।

आज सूची बुझाउने अन्तिम दिन दलहरुमा पनि उम्मेदवारको नाम छान्न चटारो देखिएको छ । नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिरहेको छ ।

आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र अब सूची तयार गरेर आयोगलाई बुझाउने बताए ।

समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्दसूचीलाई नै अन्तिम रूप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए ।

नेकपा एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । आइतवार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय भएको सचिव डा.राजन भट्टराईले जानकारी दिए।

समानुपातिकतर्फको नाम सुझावसहित पारित गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसुचीको एक नम्बरमा नेता गुरु बरालको नाम प्रस्ताव गरेका छन् ।

बराल पूर्व उपाध्यक्ष हुन् भने उनी गएको महाधिवेशनमा पराजित भएका थिए । ओलीले बरालसहित ११० जनाको नाम पढेर सुनाएका थिए । ओलीले प्रस्ताव गरेको सुचीमा १९ सदस्यीय पदाधिकारीमध्ये सचिव पद्यमा अर्यालको नाम पनि समानुपातिकतर्फ समेटिएको छ ।

अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरू केही परिमार्जनसहित सोमबार आयोगमा बुझाउने एमालेको तयारी छ । तर, सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलको नाम एक नम्बर सुचीमा राख्नुपर्नेमा जोड दिएका छन् ।

‘गोकर्ण विष्ट र योगेश भट्टराईले ईश्वर पोखरेलको नाम पनि बन्दसूचीमा समेट्नुपर्ने र त्यो नाम एक नम्बरमा राख्नुपर्छ भन्ने सुझाव दिनुभएको हो । त्यसो गर्दा पार्टी एकतालाई बलियो बनाउन सकिने उहाँहरूको तर्क थियो, एक सचिवालय सदस्यले भने, ‘अब अध्यक्षले समेट्नुहुन्छ या हुँदैन उहाँकै अधिकारमा पुग्यो ।’

ओलीले प्रस्ताव गरेका अन्य नामहरूमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुका हमाल, युवा सङ्घकी पूर्व अध्यक्ष निरु पाल, पूर्व समानुपातिक सांसद शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मञ्जु चौधरीको नाम समेत छन् ।

जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीलाई पनि ओलीले बन्दसुचीमा राखेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।

नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार केही जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए । यता रास्वपा र बालेनपक्षपनि बन्दसूचीलाई अन्तिम रुपमा दिन सक्रिय छ ।

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेदवार बन्न रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन शाहले प्रस्ताव गरेका छन् । आइतबार दिनभर बालेनले समानुपातिकका आकांक्षी र आफूले प्रस्ताव गरेका सदस्यहरूसँग छलफल गरेका छन् ।

सो क्रममा उनले तामाङसँग पनि छलफल गरेका हुन् । तामाङका अनुसार, आइतबार साँझ बालेन निकट टिमसँग बसेर उनले छलफल गरेकी हुन् । बालेनसँग छलफल गर्नुअघि उनले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर मत मागेकी थिइन् ।

सो क्रममा ९२ प्रतिशतले नै प्रत्यक्ष लड्न सुझाव आएकाले आफू समानुपातिकमा इच्छुक नभएको उनले बालेनसमक्ष बताइन् । ‘भोटिङ पोल राखेको थिएँ । धेरैले ९२ प्रतिशतले प्रत्यक्षमा नै उठ्दा ठिक हुन्छ भन्नुभयो,’ तामाङले भनिन्, ‘अहिले सल्लाह पनि प्रत्यक्षमा नै लड्ने भन्ने भएको छ । तर, कहाँबाट उठ्ने भन्ने चाहीँ फिक्स भइसकेको छैन ।’

रास्वपाले बालेन पक्षलाई ४० सिट छुट्याएको छ। इता ७० सिटका लागि रास्वपाले मतदान गराएको छ । आज विहान १० बजेसम्मको मतदानबाट ४ सय बढी उम्मेदवारको सूचीबाट रास्वपाले ७० जनाको नाम टुंग्याउनेछ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top