×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

१४ पुष २०८२

१४ पुस , काठमाण्डौ।

जेनजी आन्दोलनका बेला भदौ २३ र २४ गते भएका घटना सम्बन्धमा बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय जाने भएका छन् । कांग्रेस नेता लेखकको सचिवालयका अनुसार बयानका लागि उनी आज दिउँसो १२ बजे आयोगको कार्यालय पुग्ने भएका हुन् ।

Advertisement
Advertisement

त्यसपछि उनले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि जान लागेका हुन् ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् । लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले पनि सुझाव दिएका थिए ।

केही दिनअघि सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् । जेनजी आन्दोलनका बेला ७६ जनाको ज्यान गएको थियो । त्यतिबेला लेखक गृहमन्त्री थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिँदै छ । तर ओलीले आयोगको कार्यालयमा आफू नजाने अडान जारी राखेका छन् । यद्यपि आयोगका अधिकारीहरु आए बयान भने दिने बताएका छन् ।

सिंहदरबारस्थित आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिए पनि ओलीले कुनै न कुनै रूपमा आयोग समक्ष आफ्नो भनाइ राख्न तयार भएका हुन् । शीर्ष राजनीतिक तहमा यसबारे एक प्रकारले सहमति नै भइसकेको छ ।

त्यसो हुँदा गुन्डुमै गएर आयोगका प्रतिनिधिहरूले ओलीको बयान लिने तयारी गरेका हुन् । ओलीको बयानबारे आयोगका पदाधिकारी पनि लचकता अपनाउन तयार रहेको बताइएको छ ।

स्वयं सरकारका प्रवत्तासमेत रहेका संचारमन्त्री जगदीश खरेलले पनि ओलीमाथि लगाइएको स्थानहद खुकुलो पार्न सरकार लचक रहेको र बयानका लागि पनि उनको निवासमा आयोगका पदाधिकारीलाई पठाउन सहजीकरण गर्ने संकेत गरेका छन् ।

यसबीच प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमै बोलाएको तीन शीर्ष नेताको बैठकमै ओली सहभागी हुनुले पनि बयानको वातावरण बनिरहेको अनुमान लगाउन सकिन्छ ।

यसअघि भने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पहिले नै आफ्नो दृष्टिकोण सार्वजनिक गरेर विश्वसनीयतामा प्रश्न उठाएको भन्दै ओलीले आयोगमा आफ्नो भनाइ नै नराख्ने अडान राखेका थिए ।

तर कार्कीलाई पदमुक्त गर्नुपर्ने माग सहित दायर रिट निवेदनलाई गतसाता खारेज गर्दै सर्वोच्च अदालतले कार्की आयोगलाई बैधता दिएको छ । यस्तोमा ओलीको अडान पनि फेरिएको बुझ्न सकिन्छ ।

फेरि बयान, स्थान हद फुकुवा, ओलीसहित नेताहरूलाई फेरि सुरक्षाकर्मी पठाउने जस्ता निर्णयहरू चुनावी प्याकेजमा गर्ने तयारी भइरहेका कारण पनि ओली लचक भएका हुन् । मन्त्री खरेलले एमाले पनि चुनावका लागि तयार भएकाले सरकारले पनि लचकता देखाउने बताएका हुन् ।

यसबीच अध्यक्ष गौरीबहादुर कार्कीसहितका सदस्यहरूसंग ओली निकट व्यक्तिले नियमित सम्पर्क गरिरहेको र बीचको बाटो निकालिएको पनि अधिकारीहरुले बताएका छन् । यता ओलीलाई सोध्नेगरी करिब ६० भन्दा बढी प्रश्नको सूची बनिसकेको आयोगले जनाएको छ ।

अब आज पूर्वगृहमन्त्री रमेश लेखकले बयान दिएपछि केही सवालहरू उठेमा थप प्रश्नहरू तयार हुनेछन् । त्यसपछि आयोगले निकै गोप्य रूपमा ओलीलाई पत्र काट्ने र उनको भनाइ लिने तयारी गरेको हो ।

यस्तै जाँचबुझ आयोगको सचिवालय वा गुण्डुस्थित ओली निवास नभई कुनै तेस्रो ठाँउमा ओली उपस्थित भएर आयोगका पदाधिकारीहरूले बयान लिन सक्ने सम्भावना पनि छ ।

यसबाहेक आयोगले लिखित प्रश्नहरू पठाएर ओलीले लिखित जवाफ तयार पार्ने र त्यसलाई आयोगका पदाधिकारी वा कर्मचारीको उपस्थितिमा हस्ताक्षर सहित ल्याप्चे लगाउने अर्को विकल्प पनि हुनसक्छ ।

जाँचबुझ आयोगले गत सातासम्म जेनजी आन्दोलनमा राज्य पक्षबाट जोडिने सरकारी अधिकारीहरू र अरू घाइते, मृतकका आफन्त एवं अरू सरोकारवालाहरूसँग कुराकानी गरिसकेको छ ।

नेपाल प्रहरीका तत्कालीन आईजी चन्द्रकुबेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, गृहसचिव गोकर्णमणि दुवाडी लगायतले राजनीतिक नेतृत्वसँगको समन्वयमा काम गरिएको बताएका थिए ।

यता २३ र २४ भदौका घटनाबारे तत्कालीन रमेश लेखकसहित काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगमा पनि पुगेर बयान दिएका छन् । जेन–जी आन्दोलनका क्रममा मानवअधिकार हनन र दमनका विषयमा हालसम्म १ सय ४८ जनासँग सोधपुछ गरेको आयोगले छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस्तै आयोगले सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको छ । मानवअधिकार आयोगले सोधपुछका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बोलाएको छ ।

Advertisement

यस्तै मानव अधिकार आयोगले ओलीलाई पनि सोधपुछका लागि पत्र लेखेको थियो । ओलीले पार्टी महाधिवेशनमा व्यस्त भएकाले महाधिवेशनपछि उपस्थित हुने सन्देश पठाएका थिए । आयोगले अबको साता ओलीलाई पुनः स्मरण गराउने तयारी गरेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top