×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

१५ पुष २०८२

१५ पुस , काठमाण्डौ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा युक्रेनले ठुलो आक्रमण गर्ने प्रयास गरेको आरोप रुसले लगाएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को राति ९१ ड्रोन प्रहार गरेको हो ।

तर त्यसलाई रुसको वायु रक्षा प्रणालीले विफल पारेको उनको भनाइ छ । लाभरोभले आक्रमणको बदला लिने चेतावनी पनि दिएका छन् । उनले आक्रमणलाई आतंकवादको संज्ञा दिएका छन् ।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आरोप पूर्ण रूपमा झुटो र बनावटी भएको बताएका छन् । उनले भनेका छन्, ‘रुस हामीमाथि आक्रमण गर्ने बहाना खोजिरहेको छ । यसको उद्देश्य किभमा सरकारी भवनहरूमा आक्रमण गर्नु हो।’

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा थपेः “यो गम्भीर हो र विश्व अब चुप बस्नु हुँदैन। हामी रुसलाई दिगो शान्ति हासिल गर्ने कामलाई कमजोर पार्न अनुमति दिन सक्दैनौँ।“यद्यपि आक्रमणको समयमा पुटिन आफ्नो नोभगोरोड निवासमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन ।

आक्रमणको कुनै भिडिओ रुसले अहिलेसम्म जारी पनि गरेको छैन । रुसले शान्ति वार्तामा अब आफूले आफ्नो स्थानको समीक्षा गर्ने जनाएको छ । लाभरोभले हमलामा कोही हताहत भएको वा भौतिक क्षतिको विवरण नभएको बताएका छन् ।

उनले भने, “आतङ्कवादको नीतिमा परिवर्तन भएको आपराधिक किभ शासनको अन्तिम पतनलाई ध्यानमा राख्दै रुसको वार्ताको स्थिति परिमार्जन गरिने छ।“ तर उनले रुस अमेरिकासँगको वार्ता प्रक्रियाबाट बाहिरिने मनसायमा नरहेको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जेलेन्स्कीबीच आइतवार फ्लोरिडामा भएको वार्तापछि मस्कोले यस्तो दाबी गरेको हो । भेटपछि जेलेन्स्कीले सोमवार फक्स न्यूजसँग कुरा गर्दै सन् २०२६ मा यो युद्ध समाप्त हुने सम्भावना रहेको बताएका थिए ।

तर उनले अमेरिकी सहयोग बिना युक्रेनले युद्ध जित्न नसक्ने बताए । जेलेन्स्कीले भने, “राष्ट्रपति ट्रम्पको प्रतिबन्ध र आर्थिक कदमप्रति मेरो भावनाले उनी कडा कदमका लागि तयार रहेको देखाउँछ,“ उनले भने । “यस्तो अवस्थामा अमेरिकाले स्थितिलाई छिटो शान्तितर्फ लैजान सक्छ।“

युक्रेनका राष्ट्रपतिले फक्स न्यूजसँग पुटिन शान्ति चाहन्छन् र उनी पुटिनलाई विश्वास गर्दैनन् भन्ने कुनै सङ्केत नरहेको बताए । जेलेन्स्कीले भने, “म पुटिनलाई विश्वास गर्दिनँ र उनी युक्रेनको सफलता चाहँदैनन्।“

जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा सुनिश्चितता प्रस्ताव गरेको र ट्रम्पले यो बिन्दुमा “करिब ९५ प्रतिशत“ सम्झौता भएको बताए । युक्रेनका नेताले क्षेत्रीय मुद्दाहरू र रुसको कब्जामा रहेको जापोरिज्जिया परमाणु केन्द्रलाई अन्तिम नसुल्झिएको मामिलाको रूपमा व्याख्या गरे र युक्रेनको विवादित डोनबास क्षेत्रको भविष्यको बारेमा प्रगतिको थोरै सङ्केत रहेको बताए।

रुसले उक्त क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्न चाहेको पनि उनले बताए । मस्कोले हाल डोनेत्स्क क्षेत्रको लगभग ७५ प्रतिशत र छिमेकी लुहाएन्स्कको लगभग ९९ प्रतिशत नियन्त्रणमा लिएको छ। यी दुई क्षेत्रलाई सामूहिक रूपमा डोनबास भनिन्छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनको आवासमा कथित युक्रेनी ड्रोन आक्रमणको दाबीप्रति प्रतिक्रिया जनाएका छन् । राष्ट्रपति पुटिनले युक्रेनी ड्रोनको समूहले आफ्नो आवास घेराउ गरेको जानकारी आफूलाई दिएको ट्रम्पले बताएका छन् ।

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिनले यो विषय सोमबार बिहानको फोन कुराकानीमा उठाएको बताएका थिए ।

ट्रम्पले मिडियासँग कुरा गर्दै भने, “तपाईंलाई थाहा छ मलाई यो कसले भन्यो ? राष्ट्रपति पुटिनले । उनले बिहानै आफूविरुद्ध आक्रमण भएको बताएका छन् । यो राम्रो होइन, मलाई निक्कै रिस उठेको छ ।”

ट्रम्पले आक्रामक कारबाही गर्नु एउटा कुरा भए पनि कसैको घरमा आक्रमण गर्नु पूर्णरूपमा फरक कुरा भएको बताए । “यो गर्ने सही समय होइन,” ट्रम्पले स्पष्ट रूपमा भने, “मलाई यो मन पर्दैन, यो राम्रो होइन । यो नाजुक समय हो, हामी हेर्छौं के हुन्छ ।”

यद्यपि, ट्रम्पले यो दाबी गलत पनि हुनसक्ने स्वीकार गरे । उनले थप भने, “यो सम्भव छ कि यस्तो नै नभएको होस् ।” रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमाथि २८ र २९ डिसेम्बरको रातमा मस्कोको पश्चिममा अवस्थित नोभगोरोड क्षेत्रमा पुटिनको आवासलाई लामो दूरीका ड्रोनमार्फत निशाना बनाउने प्रयास गरेको आरोप लगाएपछि ट्रम्पको टिप्पणी आएको हो ।

रुसले यसअघि छलफलको क्रममा रहेको योजनाका मुख्य क्षेत्रलाई अस्वीकार गरिसकेको छ।ह्वाइट हाउसले सोमवार अमेरिका–युक्रेन वार्तापछि राष्ट्रपति ट्रम्पले पुटिनसँग “सकारात्मक वार्ता“ गरेको जनाएको छ ।

क्रेमलिनका विदेश नीतिका सल्लाहकार युरी उषाकोभले सोमवार पत्रकारहरूसँग कुरा गर्दै फोनवार्ताका क्रममा पुटिनले आफ्नो निवासमा आक्रमण भएको उल्लेख गरेको बताए। अमेरिकाले शृङ्खलाबद्ध वार्ता भनेपछि उषाकोभले त्यसो भनेका हुन् ।

उनले भनेः “अमेरिकी राष्ट्रपति यो सूचनाबाट स्तब्ध भए, उनी रिसाए र यस्तो काम विश्वास गर्न सकेनन्। यसले पक्कै पनि जेलेन्स्कीसँग काम गर्ने अमेरिकी दृष्टिकोणलाई असर गर्ने बताइएको थियो।“

पत्रकार सम्मेलनमा ट्रम्पले सुरुमा आफूलाई घटनाबारे थाहा नभएको बताएका थिए तर पछि पत्रकारहरूले आफूलाई पुटिनले यसबारे जानकारी गराएको र यसबारे आफू निकै आक्रोशित भएको बताएका थिए ।

रुसको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण अमेरिकाले देखेको छ कि छैन भन्ने प्रश्नमा उनले भने, “हामी पत्ता लगाउने छौँ। तपाईँ भन्दै हुनुहुन्छ कि सायद आक्रमण भएको थिएन – यो पनि सम्भव छ, मलाई लाग्छ। तर राष्ट्रपति पुटिनले आज बिहान मलाई आक्रमण भएको थियो भने।“

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top