×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

१६ पुष २०८२

१६ पुस , काठमाण्डौ ।

जर्मनीमा नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा ठूलो रकमसहित बैंक लुटिएको छ । पश्चिमी सहर गेल्सेनकिर्शेनमा नयाँ वर्ष आउन केही दिन मात्र बाँकी रहँदा ठूलो परिमाणको बैंक डकैती भएको खुलासा भएको छ ।

Advertisement
Advertisement

उक्त सहरस्थित एक बैंकबाट करिब ३ करोड युरो बराबरको नगद, सुन तथा बहुमूल्य गरगहना चोरी भएको जर्मन प्रहरीले जनाएको छ । जर्मन सञ्चारमाध्यम डीडब्ल्यूका अनुसार यस घटनालाई पछिल्ला वर्षहरूमा जर्मनीमा भएका सबैभन्दा ठूला र योजनाबद्ध बैंक डकैतीमध्ये एक मानिएको छ ।

डकैतीको पुष्टि मंगलबार मात्र सार्वजनिक गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार डाका समूहले बैंकको भूमिगत पार्किङ प्रयोग गरी भित्र प्रवेश गरेका थिए। त्यहाँबाट पर्खाल ड्रिल गर्दै उनीहरू बैंकको भल्टसम्म पुगेको अनुमान गरिएको छ ।

डकैतीमा प्राविधिक रूपमा दक्ष र संगठित गिरोह संलग्न रहेको प्रहरीको शंका छ । लुटेराहरूले करिब ३ हजारभन्दा बढी सेफ–डिपोजिट बक्स तोडफोड गरेका थिए । ती बाकसहरूमा ग्राहकहरूले राखेको नगद, सुन तथा गरगहना रहेको बताइएको छ ।

प्रत्येक बाकसको औसत बीमित मूल्य करिब १० हजार युरो मान्दा प्रारम्भिक क्षति करिब ३ करोड युरो पुगेको प्रहरीको अनुमान छ । सोमबार भवनभित्र फायर अलार्म बजेपछि आपतकालीन सेवाको टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि मात्र बैंकभित्र भएको ठूलो डकैती सार्वजनिक भएको हो । उक्त घटनका केही साक्षीहरूले रातको समयमा पार्किङ ग्यारेजको भ¥याङमा भारी झोला बोकेका मानिसहरू देखेको बताएका छन्।

प्रहरीद्वारा जाँच भइरहेको सीसीटीभी फुटेजमा सोमबार बिहान सबेरै पार्किङ क्षेत्रबाट कालो रंगको अडी आरएस–६ कार बाहिरिएको देखिन्छ। कारमा सवार व्यक्तिहरूले अनुहार छोपेका थिए र प्रयोग गरिएको नम्बर प्लेट पहिले नै उत्तरी जर्मनीको हानोभर सहरबाट चोरी गरिएको पुष्टि भएको छ ।

घटनापछि बैंकका धेरै ग्राहकहरू आफ्नो सुरक्षित बाकसमा राखिएको सम्पत्तिबारे जानकारी लिन बैंक शाखा पुगेका छन् । कतिपयले बीमाले नछोप्ने खालको ठूलो क्षति भएको गुनासो गरेका छन् ।

प्रहरीले हाल ग्राहकहरूलाई व्यक्तिगत उजुरी दिन नआत्तिन आग्रह गरेको छ । बैंकले सम्पूर्ण क्षतिको विवरण संकलन गरी नियमित रूपमा अनुसन्धान निकायलाई उपलब्ध गराइरहेको जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । जर्मनीमा सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

सङ्घीय आपराधिक प्रहरी कार्यालयका अनुसार गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि भई ४६ हजार ३६७ पुगेका छन् । आधिकारिक तथ्याङ्कअनुसार अधिकांश घटनामा कानुन कार्यान्वयनमा प्रतिरोध तथा प्रत्यक्ष शारीरिक आक्रमण समावेश छन् ।

साथै धम्की, दबाब र जानाजानी चोट पु¥याउने कार्यलाई पनि हिंसाका रूपमा वर्गीकृत गरिएको छ । देशभर एक लाखभन्दा बढी प्रहरी अधिकारीहरू हिंसात्मक घटनाबाट प्रभावित भएका छन्, जुन सन् २०१५ को तुलनामा उल्लेखनीय वृद्धि हो ।

पहिचान गरिएका शङ्कास्पदमध्ये धेरैजसो पुरुष रहेका छन् भने करिब एक तिहाइसँग जर्मन नागरिकता छैन । गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले प्रहरी तथा आपत्कालीन सेवाकर्मीमाथि हुने हिंसा दैनिक चुनौती बनेको बताएका छन् ।

Advertisement
Advertisement

सरकारले सजाय कडा बनाउने, कानुनी प्रक्रिया छिटो बनाउने र सुरक्षाकर्मीहरूको सुरक्षा मजबुत पार्ने उद्देश्यले नयाँ कानुनी सुधार ल्याउने तयारी गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top