×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

१६ पुष २०८२

१६ पुस , काठमाण्डौ ।

चीन र ताइवान बीच सीमामा तनाव थप बढेको छ । जसले गर्दा ताइवान जलडमरूमध्य एक पटक फेरि युद्धको स्थितिमा पुगेको छ । चीनले शुरु गरेको ताइवान नाकाबन्दी ड्रिलको आज तेस्रो दिन हो ।

यो सैन्य अभ्यासले स्थितिलाई झनै तनावपूर्ण बनाइदिएको छ । किनभने यसअघि पनि चीनले ताइवानको चारैतर्फ ठूलो स्तरमा सैन्य अभ्यास गरेर आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । अहिले जारी अभ्यासमा पनि चीनको वायुसेना, नौसेना र मिसाइल इकाइहरुले एकसाथ लाइभ–फायर ड्रिल गरेका छन् ।

यसक्रममा चीनले लाइभ फायरिंग पनि गरेको छ । चीनले यो अभियानलाई ’जस्टिस मिशन २०२५’ नाम दिएको छ । चीनको भनाइ छ कि यो अभ्यास ताइवानलाई समर्थन गर्ने बाहिरी शक्तिहरुलाई चेतावनी दिन गरिएको हो ।

ताइवानका अधिकारीहरुले भनेका छन् कि यस पटक चिनियाँ मिसाइलहरु र रकेट पहिलाभन्दा ताइवानको निकै नजिक खसेका थिए, जसले चिन्ता थप बढाइदिएको छ। चीनको यो अभ्यास सैन्य दबावमात्रै होइन, बरु यसले आम नागरिकहरुको दैनिकीमा पनि असर पारिरहेको छ ।

ताइवानको नागरिक विमान सेवाले चीनको मुख्य भूमि र ताइवान क्षेत्रलाई छुट्याउने जलडमरू क्षेत्रका वरपर सात खतरनाक जोन बनाइएको सूचना दिएको छ । चार अंतराष्ट्रिय विमानस्थलका लगभग १५० उडानको समय परिवर्तन भएको छ, धेरै रद्द भएका छन् ।

यतिमात्रै होइन मंगलवार ताइवानमा ९४१ उडानहरुमा पनि असर पर्यो । यस्तोमा स्पष्ट देखिन्छ कि चीनको सैन्य अभ्यासले आम नागरिकहरुको यात्रा र काम–काजलाई पनि प्रभावित गरिरहेको छ ।

अर्कातर्फ ताइवानका माछा मार्नेहरु पनि चीनको अभ्यासका कारणले समस्यामा परेका छन् । केलुंग डिस्ट्रिक्ट फिशरमेन एसोसिएशनले कुन स्थानमा अभ्यास भइरहेको छ भन्ने बारेमा हरेक घण्टामा रेडियोमा सूचना दिइरहेको छ ।

ताकि माछा मार्नेहरु सुरक्षित रहुन । चिनियाँ गतिविधिले ताइवानी माछा मार्नेहरुलाई धेरै नै नकारात्मक असर गरेको छ । एक त उनीहरुको काम खोसिँदा अर्थोपार्जनमा असर परेको छ, अर्को उनीहरुको ज्यानकै खतरा पनि छ ।

अर्कातर्फ चीनले आफ्नो आधिकारिक मिडियामा लेखेको छ कि यो अभ्यासले एक स्पष्ट संदेश दिएको छ कि ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्नेहरुलाई रोक्न उ सधै तयार छ ।

अभ्यासका क्रममा चीन सेनाको ईस्टर्न थियेटर कमांडले आफ्नो अभ्यासमा डिस्ट्रयर र फ्रिगेट जहाज, फाइटर जेट र बम्बर र लन्ग–रेंज मिसाइल यस्तै ग्राउंड फोर्सेजको पनि लाइभ फायर अभ्यास गरेको थियो ।

यसका साथै सैनिक अभ्यासका क्रममा चीनले ताइवानको उत्तर र दक्षिणी जलडमरू क्षेत्रमा सतह र हवाई हमलाहरुको पनि अभ्यास गरेको थियो । ताइवानको डिफेंस मंत्रालयका अधिकारीले भनेका छन् कि २७ रकेट्स ताइवान नजिकै खसेका थिए, जुन पहिलाको तुलनामा निकै नजिक हुन् ।

चीनको यो कार्यमा प्रतिक्रिया दिदै ताइवानका राष्ट्रपति लाई चिंग–तेले ताइवानले संघर्ष नबढाउने र विवादलाई पनि नउक्साउने बताएका छन् । यद्यपि उनले चीनको यो कदमको निंदा पनि गरेका छन् ।

उनले भने, चीनका लगभग १३० हवाई जहाज र १४ युद्धपोत ट्रयाक गरिएको छ । यतिमात्रै होइन चीनका लगभग ९० विमानले ताइवान जलडमरूको मध्य रेखा पार गरेका छन । चीनको लक्ष्य मानिसहरुको मनोबल कमजोर पार्नु र ताइवान सरकारमाथि दबाव बढाउनु रहेको पनि ताइवानका राष्ट्रपतिले जोड दिएका छन् ।

यता चीनले भने यसको उद्येश्य ताइवानको स्वतंत्रता चाहने संगै बाहिर शक्तिहरुका लागि पनि चेतावनी दिन भनेको छ । तर उसले कुनै पनि देशको नाम लिएको छैन । गत साता चीनले २० अमेरिकी रक्षा कंपनीहरु र १० अधिकारीहरुमाथि प्रतिबंध लगाएको थियो ।

किनभने अमेरिकाले ताइवानलाई १० बिलियन डलर भन्दा धेरैको हतियार बिक्री गरेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका छन् कि उनलाई यो अभ्यासको पहिला जानकारी थिएन, तर उनी यसमा धेरै चिंतित छैनन ।

चीनले भने यसलाई ‘न्याय मिशन २०२५’ नाम दिदै आफ्नो हिस्सा मान्दै आएको स्वशासित द्वीप ताइवानका लागि बाह्य सशस्त्र समर्थन रोक्ने क्षमता प्रदर्शन गर्न उक्त ताइवान नाकाबन्दी ड्रिल गरिएको बताइएको छ ।

पीएलएको पूर्वी थिएटर कमान्डले ड्रिलका क्रममा ताइवान द्वीपको उत्तर र दक्षिणका जल क्षेत्रमा विध्वंशक, फ्रिगेट, लडाकु विमान र बमवर्षक पठाएको थियो जसले समुद्र–वायु समन्वय र ताइवान नाकाबन्दी क्षमता परीक्षण गरेको थियो ।

अर्कोतर्फ, ताइवानले चीनका कम्तीमा १०० विमान र धेरै युद्धपोतहरू यसको हवाई सीमा रेखामा घुसेर सार्वभौमिकताको उल्लंघन गरेका आरोप लगाएको छ । ताइवान नाकाबन्दी अभ्यासका क्रममा चीनले द्वीपको उत्तरका जल क्षेत्रमा लामो दूरीका लाइभ–फायर अभ्यास ग¥यो र कमान्डका प्रवक्ता ली सीले यसबाट “चाहाना अनुरुपको प्रभाव” प्राप्त भएको बताए ।

चीनको यो नाकाबन्दी ड्रिललाई भविष्यमा ताइवान कब्जा गर्ने तयारीका रूपमा लिइएको छ । चीन ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्छ र यसमा कुनै तेस्रो पक्षको हस्तक्षेप चाहँदैन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले सोमबार राति प्रकाशित टिप्पणीमा अभ्यासले स्पष्ट सन्देश दिइरहेको बताएको छ ।

बेइजिङ ताइवानलाई चीनबाट अलग गर्ने कुनै पनि प्रयास रोक्न सधैँ तयार भएको बताउँछ । राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण एकीकरणलाई प्राथमिकता दिएको बताएका छन्, यद्यपि बल प्रयोगको विकल्प पनि खुल्ला राखेका छन्।

चीन कम्युनिस्ट पार्टीका आधिकारिक दस्तावेजहरूले ताइवानको पुनर्संघलाई राष्ट्रिय पुनरुत्थानसँग जोडेका छन्, जुन २०४९ सम्म पूरा गर्ने लक्ष्य छ। केही विश्लेषणहरूले २०२७ वा २०३० लाई सम्भावित सैन्य तयारीको समय भनेका छन्, तर यो आधिकारिक योजना होइन।

सी जिनपिङले २०२७ मा आक्रमणको योजना अस्वीकार गरेका छन्। चीनले हरेक उत्तेजनाको जवाफ झन् मजबुत प्रतिकारबाट दिइने चेतावनी दिँदै ताइवानले अमेरिकासँग चापलुसीपूर्ण वफादारी देखाएर र हतियार खरिद बढाएर जनमतको बेवास्ता गरेको आरोप लगाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म द्वीप वरिपरि लडाकु र बमवर्षकसहित १३० विमान, १४ सैन्य जहाज र आठ अन्य आधिकारिक जहाज परिचलन भएको पत्ता लगाएको जनाएको छ ।

ताइवानले यस गतिविधिमाथि निगरानी गर्दै विमान, नौसेना जहाज र तटीय मिसाइल प्रणाली तैनाथ गरेको छ । ताइवानले कम्तीमा ९० चिनियाँ विमानहरूले स्ट्रेटको मध्य रेखा पार गर्दै ताइवानको “वायु रक्षा पहिचान क्षेत्र” मा प्रवेश गरेको दाबी गरेको छ ।

मन्त्रालयले दक्षिण–पूर्वी चिनियाँ प्रान्त फुजियनमा पीएलएको लामो दूरीको आर्टिलरी इकाईले द्वीपको उत्तरतर्फ लक्षित क्षेत्रमा लाइभ गोला हानेको र प्रभाव क्षेत्र रेखा वरिपरि तटबाट ४४ किलोमिटरसम्म फैलिएको बताएको छ ।

ताइवानका रक्षामन्त्रीले चिनियाँ सैनिकहरूको कारबाही अत्यधिक उत्तेजक रहेको, यसले क्षेत्रीय स्थिरतालाई कमजोर पार्ने तथा जहाज, व्यापार गतिविधि र उडान मार्गहरूका लागि सुरक्षा खतरा र अवरोध सिर्जना गर्ने बताएका छन् । यसबारे आफ्ना टिप्पणी अवस्यक व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top