कंगोमा भयानक दुर्घटना

२१ असोज ७५, आइतबार
Share this
804shares

एजेन्सी,असोज २१
प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् ।

Advertisement

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खादा दुर्घटना भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top