×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास

१८ पुष २०८२

१८ पुष , काठमाण्डौ ।

बंगलादेशमा जारी तनावका बीच हिन्दुमाथि आक्रमणको श्रृंखला अझै रोकिएको छैन । त्यहाँ फेरि अर्का एक हिन्दु पुरुषमाथि आक्रमणको प्रयास भएको छ । एक हिन्दू पुरुषलाई आगो लगाइएको अर्को घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले पीडितमाथि धारिलो हतियारले आक्रमण गरे र त्यसपछि उनको टाउकोमा पेट्रोल खन्याएर आगो लगाएका थिए । ५० वर्षीय व्यापारी खोकन चन्द्र दासको रूपमा पहिचान गरिएका पीडित शरीयतपुर जिल्लाको दामुड्य क्षेत्रको केउरभंगा बजार नजिकै आफ्नो पसल बन्द गरेर घर फर्किरहेका बेला अपहरणकारीहरूले उनको अटो रोकेर आक्रमण गरेका हुन् ।

स्थानीय सञ्चार माध्यम प्रथम आलोले प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । रिपोर्ट अनुसार आक्रमणकारीहरूले उनलाई नराम्रोसँग कुटपिट गरे, धारिलो हतियारले आक्रमण गरे र त्यसपछि पेट्रोल छर्केर आगो लगाइदिए ।

आफ्नो ज्यान बचाउन उनी सडक छेउको पोखरीमा हाम फाले । यो घटनाले स्थानीय बासिन्दाहरू आक्रोशित भए । त्यसपछि आक्रमणकारीहरू घटनास्थलबाट भागे ।स्थानीय मानिसहरूले उनलाई शरीयतपुर सदर अस्पताल लगे, जहाँबाट उनको अवस्था गम्भीर भएपछि ढाका रेफर गरियो ।

अस्पतालका डाक्टर नजरुल इस्लामका अनुसार खोकन दासको पेटमा गहिरो चोट लागेको छ र उनको अनुहार, टाउको र हातमा जलेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

पीडितकी श्रीमती सीमा दासले उनको पतिलाई किन निशाना बनाइयो भन्ने कुरा नबुझेको बताइन‍् । उनले दाबी गर्छिन् कि उनको पतिले दुई आक्रमणकारीलाई पहिचान गरिसकेका थिए, त्यसैले उनीहरूले उनलाई मार्ने प्रयास गरेका थिए ।

घटनापछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । दामुड्या प्रहरी चौकीका प्रमुख मोहम्मद रबिउल हकले रब्बी र सोहाग नामका दुई जनालाई मुद्दा चलाइएको बताए । प्रहरीले उनीहरूलाई पक्राउ गर्न र अन्य संदिग्धहरूको पहिचान गर्न काम गरिरहेको बताए ।

गत महिना एक हिन्दू युवकलाई रूखमा झुण्ड्याएर जलाइएको थियो । बंगलादेशमा १५ दिनभित्र हिन्दू पुरुषलाई जलाइएको यो दोस्रो घटना हो । यसअघि डिसेम्बर १८ मा मयमनसिंह जिल्लामा एक हिन्दू युवा दिपु चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरेको थियो ।

त्यसपछि उनको शवलाई रूखमा झुण्ड्याएर आगो लगाइएको थियो । ईश्वरनिन्दाको झूटो आरोपमा भीडले दिपु दासलाई कुटपिट गरेको थियो। उनी कपडा कारखानामा काम गर्थे। मुद्दाको अनुसन्धानमा दाबीहरूलाई समर्थन गर्ने कुनै प्रमाण भने भेटिएन।

वास्तवमा, सामाजिक सञ्जालमा दीपु चन्द्र दासले फेसबुकमा धार्मिक भावनामा चोट पु¥याउने यस्तो टिप्पणी गरेको आरोप लगाइएको थियो, तर अनुसन्धान एजेन्सीहरूले अहिलेसम्म त्यस्तो कुनै पनि पोस्ट वा टिप्पणीको प्रमाण फेला नपरेको बताएका छन् ।

बंगलादेशमा १२ दिनभित्र तीन हिन्दूको हत्या भएको छ । डिसेम्बर १८ मा दिपु चन्द्रको हत्यापछि, डिसेम्बर २४ मा एक हिन्दू युवकलाई भीडले कुटपिट गरी हत्या गरेको थियो। यो घटना राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको थियो।

प्रहरीले मृतकको पहिचान २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको रूपमा गरेको छ । प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ । उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए।

प्रहरीले अमृतविरुद्ध पाङ्शा प्रहरी चौकीमा दुईवटा मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्याको मुद्दा पनि समावेश छ । त्यसपछि, डिसेम्बर २९ मा मयमनसिंह जिल्लाको कपडा कारखानाभित्र एक हिन्दू कामदारको गोली हानी हत्या गरियो।

यो घटना भालुका उप–जिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको थियो । मृतकको पहिचान कारखानामा कार्यरत सुरक्षा गार्ड बजेन्द्र विश्वास (४२) को रूपमा गरिएको छ।

उता इरानमा पनि हिंसा भड्किदै गएको छ । इरानका सहरहरूमा आकासिँदै गइरहेको महँगीको विरोधमा भइरहेको विरोध प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार, प्रदर्शनको पाँचौँ दिन अजनामा प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको हो ।

लोरेस्तान प्रान्तको अजना सहरमा बिहीबारको विरोध प्रदर्शनका क्रममा आगजनीको तस्बिरहरू बाहिरिएका थिए । बीबीसी फारसी सेवाका अनुसार, तस्बिरहरूमा अजनाको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो लगाउँदै गरेको देखाइएको छ ।

यी विरोध प्रदर्शनका क्रममा प्रहरी मुख्यालयमा आक्रमण गरिएको र यस क्रममा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको इरानी सञ्चार माध्यमले भनेका छन् । प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध अश्रुग्याँस र गोली प्रहार गरेका थिए ।

आफूले ओठमाथि गोली लागेको र रगत बगिरहेको एक परिचित व्यक्ति देखेको एक प्रत्यक्षदर्शीले बताएको भन्दै बीबीसी फारसीले समाचारमा लेखेको छ । धेरै मानिसहरू खुट्टा खल्च्याङग खल्च्याङ गरेर हिँडिरहेको प्रत्यक्षदर्शीले देखेको पनि बीबीसीले बताएको छ ।

यसैबीच इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ । “यो धेरै चिन्ताजनक बिषय हो,” समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले मृत्युदण्डको सङ्ख्याको अकल्पनीय वृद्धिबारेमा भने ।

उनले भने, “विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो । इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो सङ्ख्या निकै धेरै हो ।” इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो ।

आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ । कम्तिमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ ।

अमिरी–मोगद्दामले भने, “देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको सङ्ख्या बढेको छ ।”

सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो सङ्ख्या सन् २०२४ मा ९७५ भएको थियो । इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्याङ्क आएको हो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top