गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

१७ पुस ८२, शुक्रबार

१८ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।

Advertisement

त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिसहित बिहीबार ५ बजेका लागि बैठक डाकेका थिए । तर, अन्तिम समयमा आएर उक्त बैठक स्थगित भयो ।

Advertisement

सभापति देउवाले व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरेका थिए । “शुक्रबार बस्ने भन्ने भएको छ । तर, समय निश्चित भइसकेको छैन,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “शुक्रबार कुन समयमा गर्ने भनेर जानकारी गराउनु हुनेछ ।”

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपस्थित हल बुक गरेपछि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न बैठक डाकेका थिए । सोही विषयमा देउवाले छलफलका लागि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न खोजेका थिए ।

यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् ।

अर्काेतर्फनेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि कोइराला र सभापति शेरबहादुर देउवाबिच महाराजगञ्जमा दिउँसो २ घण्टा छलफल भएको थियो।

छलफलपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा नेता कोइराला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकबीच लामो छलफल भएको हो। कोइरालाले विशेष महाधिवेशनका नाममा केन्द्रीय समितिभन्दा बाहिरबाट कसैले भेला बोलायो भने त्यसले पार्टी विभाजन गर्ने तर्क गर्दै आएका छन्।

कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्। ‘विशेष महाधिवेशन गर्ने प्रक्रिया होला। केन्द्रीय समितिले भन्नुप¥यो। महामन्त्रीले विशेष महाधिवेशनको कुरा गरेर हुन्छ?,’ उनले प्रश्न गरेका छन् ।

कार्यविधि बनाएर खाली विशेष महाधिवेशन गर्ने भनेर कस्तो महाधिवेशन गर्न खोजेको भन्दै कोइरालाले महामन्त्रीद्वय थापा र शर्माको कदममाथि प्रश्न उठाएका छन् । महामन्त्री थापा र शर्माले विशेष महाधिवेशन आह्वानका लागि विज्ञप्ति जारी गर्ने पूर्वसूचना पाएपछि नेता कोइराला देउवा पक्षसँग दिनभर छलफलमा व्यस्त भएका थिए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई पुस २७ र २८ को भेलामा सहभागी हुन रोक्न नसके पार्टी विभाजन हुने नेताहरूको बुझाइ छ। महामन्त्रीको निर्देशनमा विशेष महाधिवेशन गर्न, पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेपछि महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको दिशा कोरेका छन्। गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो।

कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। गत मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गते नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

तर, निर्धारित समयमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वले विशेष महाधिवेशनका लागि कदम अगाडि बढाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top