×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

२३ पुष २०८२

२३ पुष , काठमाण्डौ ।

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई वरिष्ठ नेता र पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा स्वीकार्ने सहमति गरिसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नै नेतृत्वमा पार्टीलाई आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बनाउने अभियानमा छन् ।

Advertisement
Advertisement

यसका लागि उनले विभिन्न ब्यक्ति, समूहदेखि राजनीतिक दललाई पार्टीमा समाहित गरेका छन् । सोमबार मात्रै रवि नेतृत्व रास्वपा र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट÷थारुवान अभियन्ताहरूबीच बृहत राजनीतिक पार्टीबीच पार्टी समायोजनको ९ बुँदे सम्झौता भएकोछ ।

जसको बुँदा नम्बर ५ मा रविले विगतमा संचारकर्ममा क्रममा दिएको कडा अभियक्तिमाथि नै प्रश्न उब्जाउने विषय उल्लेख छ । ५ नम्बर बुँदामा भनिएको छ, टीकापुर घटनालाइए राजनीतिक आन्दोलनका रुपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षासुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने ।

रवि नेतृत्वको रास्वपाले टीकापुर हत्याकाण्डलाई राजनीतिक सम्झौता गरेपछि अहिले लामिछानेको पुरानो अभिव्यक्ति भाइरल बनेको छ । जहाँ उनले सञ्चारकर्मी छँदा टेलिभिजनमा टीकापुर हत्याकाण्डलाई जघन्य अपराधको रूपमा चित्रण गर्दै त्यसमा सम्लग्न भनिएकाहरुमाथि कडा अभिब्यक्ति दिएका थिए ।

तर सोमबार उनले टीकापुर हत्याकाण्डका एक अभियुक्त लक्ष्मण थारु लगायत केही थरुहट नेतालाई पार्टी प्रवेश गराएर पत्रकारिताबाट आफै राजनीतिमा रुपान्तरण भएजस्तै जघन्य अपराध भनेको घटनालाई पनि राजनीतिक घटनामा रुपान्तरण गरेका छन् ।

टीकापुर घटना हुँदाका बखत रवि न्यूज २४ च्यानलमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँथे । त्यस कार्यक्रममा उनले यो घटनाको निकै कडा शब्दमा भत्र्सना गरेका थिए । टीकापुर काण्डलाई ‘राजनीतिक घटना’ को रूपमा मोड्न खोजिएको भन्दै तीव्र निन्दा गरेका थिए ।

घटनामा संलग्नहरूलाई उनले दुई कौडीका गुण्डा भनेका थिए । आज तिनै गुण्डा रास्वपाका सदस्य बनेका छन् । उनले भनेका थिए, पैसा, पावर र स्वार्थका लागि बाबुआमाले छोराछोरीलाई बेच्छन् नि, ठिक त्यस्तै टीकापुर घटनालाई सरकार र मन्त्रिपरिषदले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे ।

सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छोड्नुभयो कि क्या हो ? राजनीति र अपराधको परिभाषा थाहा छैन ? राष्ट्रसेवक प्रहरीलाई भाला रोपेर मुटु भेदन गरी बीभत्स हत्या गरियो । सत्य सेवा सुरक्षणम् भन्दै अहोरात्र जनताको जिउधनको सुरक्षा गर्न खटिएका आठ जना राष्ट्रसेवक मारिए ।

भाला रोपेर लखेटी–लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकको विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भने सरकार, टिकापुर घटना राजनीतिक घटना हो ? दुई चार मुस्तन्डे र दुई कौडीका गुण्डा, राजनीतिक दलालहरूको रक्षा गर्न सिङ्गै सुरक्षा बलको मनोबल नगिराऊ सरकार ।

विदेशी दलाल र दुई कौडीका गुण्डाको रक्षा गर्न जरुरी छैन । राज्यसँग दम छैन भने भनोस्, न्याय प्रेमी जनताले कठालोमा समातेर दुई कौडीका गुण्डालाई अदालतमा उपस्थित गराइदिन्छन् ।

तर अपराधीलाई राजनीतिक आवरणमा छोपेर मधेस र टिकापुर घटनाका मुद्दाका दोषीको मुद्दा फिर्ता लिने निर्णयमा हस्ताक्षर गर्नु अगाडि तपाईँलाई सुरक्षा दिने राष्ट्रसेवक प्रहरीको आँखामा हेर्नुहोस् । तपाईँलाई २४ घण्टा सुरक्षित राख्ने राष्ट्रसेवकको मनोबल कति माथि हुनुपर्ला ?’

अहिले टीकापुर घटनामा बोली फेर्दै जघन्य अपराधबाट राजनीतिक घटनाका रुपमा हेर्ने सम्झौता गरेका रविले टीकापुर घटनालाई हेर्ने आफ्नो पुरानो दृष्टिकोणप्रति आत्मालोचना गरेका छन् । उनले पार्टी समायोजन सभामा भनेका छन्, ‘मैले पत्रकार छँदा अपर्याप्त सूचनाका आधारमा गरेको टिप्पणीले कसैलाई चोट पुगेको भए माफी चाहन्छु,’ ।

विगतको आफ्नो धारणालाई अपर्याप्त सूचनाका रुपमा अथ्र्याउदै रविले टीकापुर घटनामा दोषी ठहरिएर ३ वर्ष जेल सजाय काटेका लक्ष्मण थारुलाई पार्टीमा भित्र्याएका छन् । रविको विगतको बोली र अहिलेको राजनीतिक सम्झौताले कुनैपनि ब्यक्तिले राजनीतिमा लागेपछि कसरी जघन्य घटनाक्रमलाई पनि राजनीतिकरण गर्दछ भन्ने देखिएको विश्लेषण गर्न थालिएको छ ।

रविको टीकापुर हत्याकाण्डप्रतिको बदलिएको धारणा व्यक्तिगत आत्मालोचना मात्र होइन, नेपाली राजनीतिमा शक्ति हासिल गर्ने क्रममा सिद्धान्त, नैतिकता र विगतका अभिव्यक्तिहरू कसरी सौदाबाजीको विषय बन्छन् भन्ने गम्भीर उदाहरण बनेको छ ।

पत्रकारितामा रहँदा अपराधलाई अपराधकै रूपमा देख्ने दृष्टि, राजनीतिमा प्रवेश गरेपछि गठबन्धन र चुनावी गणितका नाममा राजनीतिक घटनामा रूपान्तरण हुनु वैकल्पिक शक्तिप्रति गरिएको भरोसामाथिको ठूलो प्रश्न हो ।

सत्ता र संगठन विस्तारको यात्रामा जघन्य घटनासमेत पुनव्र्याख्या हुन थालेपछि, परिवर्तनको नारा बोकेको राजनीति पनि अन्ततः पुरानै अभ्यासको पुनरावृत्ति त हुने होइन ? भन्ने प्रश्न उब्जिएको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारुहाट आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकलाई क्रूरतापूर्वक हत्या गरेका थिए ।

जिल्ला अदालतले रेशम चौधरीसहित ११लाई जन्मकैद सुनायो, उच्च अदालत दीपायलले सदर ग¥यो। २०८० जेठ २ गते सर्वोच्चले फैसलालाई सदर गर्दै चौधरीलाई दोषी ठह¥याउदै घटना निर्दयी भएको फैसला गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनायो ।

२०७३ मा गिरिशचन्द्र लालको नेतृत्वको आयोग गठन भई २०७४ मा ७०९ पृष्ठको प्रतिवेदन बुझाएको छ तर सो प्रतिवेदन अझै सार्वजनिक भएको छैन। जेल परेका रेशम समेत सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएर २०८० जेठ १५ गते छुटिसकेका छन् ।

उनलाई दिएको आममाफीविरुद्ध सर्वाेच्चमा परेको रिट विचाराधीन छ भने दुई दिनअघि मात्रै सर्वाेच्चले नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रहेका रेशमलाल चौधरीलाई टीकापुर घटनामा आममाफी दिने सरकारी निर्णयको फाइल झिकाएको छ।

Advertisement

जेठ १६ गते नै सर्वोच्च अदालतमा टीकापुर घटनामा श्रीमान गुमाएकी शारदाले चौधरीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका चौधरीलाई रिहा गर्न संविधानसम्मत नभएको जिकिर गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top