NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн मङ्लबार माघ ६ , २०८२
1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

बुधबार पुस २३ , २०८२
Reading Time: 1 min read
A A
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ पुष , काठमाण्डौ ।

आज राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि मनोनयन दर्ता भएको छ । संविधानले स्थायी सदनका रूपमा परिकल्पना गरेको राष्ट्रिय सभामा नयाँ सदस्य छानिने यो प्रक्रिया सामान्य प्रशासनिक काम जस्तो देखिए पनि यसको अर्थ र प्रभाव निकै गहिरो छ ।

किनभने राष्ट्रिय सभा कुनै साधारण राजनीतिक पद बाँडफाँड गर्ने थलो होइन । यो राज्यको बौद्धिक चेतना, अनुभव र दीर्घकालीन सोच प्रतिनिधित्व गर्ने सदन हो । तर दुर्भाग्य, आज यही सदन दलगत भागबण्डा, गुटगत समीकरण र सत्ता राजनीतिले गाँजिँदै गएको छ ।

LS Auto

देशका तीन ठुला राजनीतिक दल—नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी—बिच राष्ट्रिय सभा निर्वाचनमा तालमेल र भागबण्डाको अन्तिम तयारी भइरहेका बेला अन्तिम क्षणमा सहमति नजुट्दा नेपाली कम्युनिस्ट पार्टी बाहिरिएको छ ।

यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—राष्ट्रिय सभा राजनीतिक बार्गेनिङको केन्द्र बन्दैछ कि राष्ट्रिय हितको संरक्षक ? २०७२ सालमा जारी नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई सङ्घीय व्यवस्थापिकाको दुई अभिन्न अङ्गका रूपमा व्यवस्था गरेको छ ।

प्रतिनिधि सभा जनताको प्रत्यक्ष प्रतिनिधित्व गर्ने सदन हो भने राष्ट्रिय सभा स्थायित्व, निरन्तरता र विवेकको प्रतीक हो । संविधानमा राष्ट्रिय सभा “स्थायी सदन” हुनेछ भनिए पनि यसको काम, कर्तव्य र भूमिका स्पष्ट रूपमा परिभाषित गरिएको छैन ।

यही अस्पष्टताले दलहरूलाई आफू अनुकूल व्याख्या गर्ने ठाउँ दिएको छ । राष्ट्रिय सभा परिचय पुस्तिकामा यस सदनले “सबैको प्रतिनिधित्व गर्ने” उल्लेख गरिएको छ । तर संविधानले समानुपातिक प्रणालीलाई नै सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा परिभाषित गरिसकेको अवस्थामा राष्ट्रिय सभालाई पनि त्यही बहानामा प्रयोग गर्नु संवैधानिक भावनाको अपमान हो ।

संविधानअनुसार प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक गरी २७५ जना सदस्य रहने व्यवस्था छ । राष्ट्रिय सभामा भने प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा ८ जना गरी ५६ जना र राष्ट्रपतिबाट मनोनीत ३ जना गरी कुल ५९ जना सदस्य रहने व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । यही व्यवस्थाअनुसार आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुँदैछ ।

यस पटक कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना सदस्य निर्वाचित हुँदै छन् । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् ।

प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मत भार १९ तोकिएको छ । यो संरचनाले राष्ट्रिय सभालाई प्रत्यक्ष जनमतभन्दा पनि दलगत शक्ति सन्तुलनमा निर्भर बनाएको छ ।

आज दलहरूले राष्ट्रिय सभा निर्वाचनलाई पनि प्रतिनिधि सभाकै निरन्तरता बनाइदिएका छन् । उम्मेदवार छनोट गर्दा दक्षता, विज्ञता र अनुभवभन्दा पनि गुट, पहुँच र विगतको पार्टी सेवा प्राथमिकतामा परेको देखिन्छ ।

राष्ट्रिय सभामा को जाने भन्ने निर्णय पार्टी बैठकमा हुन्छ, जनताका बिचमा होइन । मनोनयन दर्ता पछि काँग्रेस र एमालेका उम्मेदवारहरू जित्ने लगभग निश्चित देखिन्छ । तर जितभन्दा ठुलो प्रश्न छ—के यसले राष्ट्रिय सभाको गरिमा उचाल्छ कि झन् झार्छ ?

संसारका प्रजातान्त्रिक मुलुकहरूले माथिल्लो सदनलाई सदैव गम्भीरता र सम्मानका साथ लिएका छन् । भारतमा माथिल्लो सदन राज्यसभा हो । २४५ सदस्यीय राज्यसभामा २३३ निर्वाचित र १२ जना राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।

ती मनोनीत सदस्यहरू साहित्य, कला, विज्ञान र समाजसेवामा योगदान गरेका व्यक्तिहरू हुन्छन् । राज्यसभा स्थायी सदन हो र देशमा जुनसुकै राजनीतिक उतारचढाव आए पनि विघटन हुँदैन ।

अमेरिकामा सिनेटलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । सिनेटले राज्यहरूको प्रतिनिधित्व गर्छ भने हाउस अफ रिप्रेजेन्टेटिभले जनताको । सिनेटमा रहेका १०० सदस्यहरू उच्च राजनीतिक अनुभव र दीर्घकालीन दृष्टिकोणका लागि परिचित हुन्छन् ।

बेलायतमा हाउस अफ लर्ड पूर्ण रूपमा विज्ञ, चिन्तक र विशिष्ट व्यक्तिहरूको सभा हो । हाउस अफ कमन्सबाट आएका विधेयकमा सुधार सुझाउने, त्रुटि सच्याउने यसको मुख्य भूमिका हुन्छ ।

तर नेपालमा भने राष्ट्रिय सभा सुरुदेखि नै राजनीतिक हस्तक्षेपको सिकार बन्यो । ०४७ सालको संविधानले १० जना प्रबुद्ध वर्ग राजाबाट मनोनीत गर्ने व्यवस्था गरेको थियो। तर ०४८ पछि प्रधानमन्त्रीले आफ्ना नजिकका व्यक्तिलाई प्रबुद्ध वर्गको नाममा पठाउने परम्परा सुरु भयो ।

पहिलो पटक गिरिजाप्रसाद कोइरालाले प्रक्रिया मिचेर आफू अनुकूलका व्यक्तिहरू राष्ट्रिय सभामा पठाए । दोस्रो पटक राजाले प्रधानमन्त्रीलाई नसोधी मनोनीत गरे । यसले राष्ट्रिय सभाको गरिमा घटाउँदै लग्यो ।

२०७४ सालमा राष्ट्रिय सभा निर्वाचन हुँदा प्रतिनिधि सभाकै मोडेलमा गठबन्धन गरियो । यसले दुवै सदनबिचको मौलिक भिन्नता मेटाइदियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्ने तीन सिटमा समेत राजनीतिकरण भएको आरोप लाग्नु यसको अर्को उदाहरण हो ।

आज राष्ट्रिय सभा नेता व्यवस्थापन केन्द्र जस्तो देखिन थालेको छ । प्रत्यक्ष निर्वाचनमा पराजित, पार्टीभित्र असन्तुष्ट वा गुट सन्तुलन मिलाउनुपर्ने नेताहरूलाई राष्ट्रिय सभामा पठाउने अभ्यास बढ्दो छ । यसले यो सदनलाई ‘पाको’ होइन, ‘पर्खाल’ बनाइदिएको छ ।

०७४ सालपछि राष्ट्रिय सभामा पुगेका अधिकांश सदस्य पूर्णकालीन राजनीतिज्ञ हुन् । राष्ट्रिय सभा जनताको प्रत्यक्ष प्रतिनिधि होइन । तर जनताको हितका लागि प्रतिनिधि सभाभन्दा गहिरो सोच्न सक्ने सदन हो ।

यहाँ अर्थशास्त्री, कानुनविद्, शिक्षाविद्, वातावरणविद्, कूटनीतिज्ञ, वैज्ञानिक, समाजशास्त्री जस्ता व्यक्तिहरू आवश्यक छन् । तर यहाँ त जनताबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका नेताहरुलाई समेत राष्ट्रिय सभाको सदस्य बनाइने गरिएको छ ।

यसको उदाहरण वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद सिटौलादेखि अहिलेको निर्वाचनमा मनोनयमा परेकी रामकुमारी झाक्री लगायत रहेका छन् । चुनावमा हारेका र पार्टीमा पटक–पटक अवसर पाएर पनि कुनै उल्लेखनीय योगदान दिन नसकेका व्यक्तिलाई राष्ट्रिय सभामा गठबन्धन गरेर विजयी बनाउदा यो संस्थाप्रति जनविश्वास झन् घट्नेछ ।

राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका विधेयकमा फरक मत राख्न सक्ने, आवश्यक परे रोक लगाउन सक्ने नैतिक साहस राख्नुपर्छ । त्यो साहस विज्ञता र स्वतन्त्र सोचबाट मात्र आउँछ, पार्टी ह्विपबाट होइन । राष्ट्रिय सभा भविष्यमा कस्तो हुनेछ ?

विज्ञहरूको थलो कि भागबण्डाको अखडा ? अब पनि सचेत नहुने हो भने राष्ट्रिय सभा पनि समानुपातिक सूची जस्तै नेताहरूको सुरक्षित अवतरण स्थलमा सीमित हुनेछ । त्यसैले अब राजनीतिक दलहरूले आत्म समीक्षा गरुन्, राष्ट्रिय सभालाई साँच्चै राष्ट्रिय बनाऔँ । यो सदन देशको विवेक बनोस्, कमजोरी ढाक्ने पर्दा होइन ।

Tags: #राष्ट्रिय सभा#राष्ट्रियसभामा विज्ञ

लोकप्रीय

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

विचार

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xbet партнерка Букмекерские конторы, ставки возьмите спорт онлайн

मङ्लबार माघ ६ , २०८२

1xbet Гелиостат Рабочее возьмите Сейчас Праздник на Должностной Журнал 1хбет

मङ्लबार माघ ६ , २०८२

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.