विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

२२ पुस ८२, बुधबार

२३ पुष , काठमाण्डौ ।

मोरङ विराटनगर–०३ का स्थायी बासिन्दा मधुकर आचार्य फिफा–२०२६ का लागि नेपालबाट अन्तर्राष्ट्रिय सहायक रेफ्रीमा छनोट भएका छन् ।

Advertisement

फिफा रेफ्री अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा द्वारा मान्यता प्राप्त निर्णायक हुन्, जसले विश्वस्तरीय प्रतियोगिता र खेल संचालनको जिम्मेवारी पाउँछन्।

Advertisement

आचार्यको फुटबल यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो। बिद्यालय स्तरको फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले मोतीराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब विराटनगरबाट आफ्नो प्रतिभा निखारे।

खेलप्रतिको लगाव, कडा अभ्यास र अनुशासनले उनलाई सक्षम खेलाडी बनायो। त्यसपछि विभागीय टोली सशस्त्र प्रहरी बलबाट खेल्दै उनले आफ्नो पहिचान बलियो बनाए।

Image

सानैदेखि सत्य र न्यायका पक्षपाती रहेकाले आचार्य खेलमैदानमा निष्पक्ष निर्णयका लागि परिचित छन्। उनको रेफ्रीको यात्रा सन् २०१६ मा आधारभूत तालिमबाट सुरु भयो।

 

त्यसपछि २०१८ मा राष्ट्रिय परीक्षा (वर्ग–०३), २०१९ मा राष्ट्रिय परीक्षा (वर्ग–०२) र २०२० मा राष्ट्रिय परीक्षा (वर्ग–०१) उत्तीर्ण गर्दै उनले आफ्नो स्तर निरन्तर उकास्दै गए। अहिले उनले फिफा सहायक रेफ्री बन्ने अवसर हासिल गरेका छन् ।

जनवरी २०२६ का लागि आचार्यको अन्तर्राष्ट्रिय स्तरमा चयन हुनु नेपाली फुटबलका लागि गर्वको विषय हो। उनी खेलाडीबाट रेफ्रीसम्मको यात्रामा मेहनत, धैर्य र सत्यनिष्ठाले सपनालाई यथार्थमा बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्छन्।

मधुकर आचार्यको उपलब्धि नेपाली युवा खेलाडी र खेलकर्मीका लागि प्रेरणादायी बनेको छ । आचार्यको यो सफलता नेपाली फुटबलको अन्तर्राष्ट्रिय पहिचान र भविष्यमा थप अन्तर्राष्ट्रिय खेलकर्मी उत्पादन गर्ने बाटोका लागि उदाहरणी बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top