×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

२३ पुष २०८२

२३ पुष , काठमाण्डौ ।

रूसले भेनेजुएलाको तट नजिक एउटा पुरानो र जर्जर अवस्थामा रहेको आफ्नो तेल ट्यांकरकोको सुरक्षाका लागि पनडुब्बी र अन्य नौसैनिक जहाज तैनाथ गरेको छ । उसको यो कदमले अमेरिका र रूसबीचको तनाव थप बढको छ ।

द वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । रूसको पनडुब्बी र नौसैनिक जहाजहरु अटलांटिक सागरमा उत्रिएको यो समय महत्वपूर्ण छ किनभने अहिले अमेरिकाले प्रतिबंधित तेल व्यापारमा कडा कारबाही गरिरहेको छ र रूसमाथि पनि दबाव लगातार बढीरहेको छ।

रूसको यो ट्यांकरको नाम पहिला बेला वान थियो । अमेरिकाले भने यो जहाज ती ट्याँकरहरुको नेटवर्कको हिस्सा भएको आरोप लगाएको छ जसको प्रयोग प्रतिबंधका बावजूद अवैध तेल व्यापारका लागि गरिदै आएको छ ।

गत दुई सातादेखि अमेरिकी यूएस कोस्ट गार्डले यो जहाजमाथि नजर राखेका थिए र यसलाई रोक्ने प्रयास पनि गरेका थिए । यही कारण यसको निगरानीमा रूसले आफ्नो नेभल भेसल्स समून्द्रमामा तैनाथ गरेको हो ।

रूसको यो ट्यांकर भेनेजुएलामा तेल लोड गर्न भने असफल भयो र अमेरिकी निगरानीबाट बच्दै अटलांटिक महासागरतर्फ निस्किएको हो । मिडिया रिपोर्टका अनुसार डिसेम्बरमा जब यूएस कोस्ट गार्डले जहाजमा सवार हुने प्रयास गरेका थिए, त्यतिबेला चालक दलले विरोध गरेका थिए र जहाजलाई अंतर्राष्ट्रिय जलक्षेत्रमा मोडेका थिए ।

त्यसपछि लगत्तै जहाजमा रूसी झंडा पेन्ट गरिएको थियो र यसको नाम बदलेर ‘म्यारिनेरा’ राखिएको हो । यसको रजिस्ट्रेशन पनि रूसमा नै गराइएको छ । एक्सपट्र्सका अनुसार रूसको यो कदम अमेरिकालाई सिधा चुनौती दिने खालको छ ।

यता रूसको भनाइ छ कि यो एक नागरिक जहाज हो र अमेरिकाले यसको पिछा गर्नु हुँदैन थियो । रूसी विदेश मंत्रालयले यो मामिलामा चिंता व्यक्त गरेको छ र अमेरिकासंग औपचारिक रूपमा नै ट्यांकरको पिछा बन्द गर्न माग गरेको छ ।

रूसी सरकारी मिडियाले यसलाई अमेरिकाका तर्फबाट नागरिक जहाजहरुमा हस्तक्षेप भनेको छ । अमेरिकाको दक्षिणी कमानको भनाइ छ कि उ प्रतिबंधित जहाजहरु र अवैध गतिविधिहरु विरुद्धको कारबाहीका लागि पूर्णरुपमा तयार छ ।

उता व्हाइट हाउसले भने यो मामिलामा टिप्पणी गर्न अस्वीकार गरेको छ । यहाँनिर चिंताको कुरा के हो भने यो टकराव यस्तो बेलामा भएको हो जतिबेला अमेरिका र रूसको सम्बन्ध पहिलादेखि नै यूक्रेन युद्धलाई लिएर निकै तनावपूर्ण भएको छ ।

यस्तोमा जानकारहरु ठान्दछन् कि तेल ट्याँकरलाई लिएर यो नयाँ विवादले दुवै देशकाबीच कूटनीतिक र सैन्य तनावलाई थप गहिरो बनाइदिन सक्छ । पहिला अमेरिका कुनै युद्धमा सिधै हाम्फाल्दैन थियो तर यस पटक भने परिस्थितिहरु बदलिएका छन् र दुई महाशक्तिहरुको टकरावले दिशा बदलिदिन सक्न ।

यसैबीच अमेरिकाले चीन, रुस, क्युबा र इरानका गुप्तचर र सैन्य कर्मचारीहरुलाई देश निकाला गर्न भेनेजुएलालाई दबाब दिएको छ । कुटनीतिज्ञहरूलाई भने भेनेजुएलामा बस्न अनुमति दिन सकिने अमेरिकाले जनाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई यस्तो दबाब दिएका हुन् । रुबियोले सोमबार अमेरिकी संसद्‍का नेताहरूसँगको गोप्य बैठकमा यस खुलासा गरेका हुन् ।

बैठकमा भएकाहरुका अनुसार शनिबार मदुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले कब्जामा लिएर अमेरिकी जहाजमा ल्याएको केही मिनेटभित्रै रूबियोले डेल्सीलाई फोन गरेका थिए । रुबियोले डेल्सीसँगको कुराकानीमा अमेरिका र भेनेजुएलाबीचको तेल व्यापार पुनः सञ्चालन गर्ने इच्छा पनि राखिएको बताए ।

यसअघि सन् १०९८ मा हुगो चाभेज सरकारले तेल उद्योगहरूलाई राष्ट्रियकरण गर्न थालेपछि अमेरिकी कम्पनीहरु यहाँबाट फर्कन थालेका थिए । अहिले अमेरिकी कम्पनीमध्ये चेभरोनबाहेक अरू सबैले यहाँ उत्पादन र व्यपार गर्न छाडिसकेका छन् ।

ती कम्पनीलाई फेरि फर्काउनका लागि भेनेजुएलाले राष्ट्रियकरणलाई अन्त्य गर्नुपर्ने हुनसक्छ वा क्षतिपूर्ति तिर्नुपर्ने पनि हुन सक्छ । राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी कम्पनीलाई यहाँ तेल उत्खनन् र व्यापारमा लगाउने बताएका थिए ।

उनले यसरी उत्खनन् गरिएको तेल अमेरिका र भेनेजुएलाले मिलेर बेच्ने बताएका थिए । ‘उनीहरुले हाम्रो धेरै तेल चोरेका छन् । त्यहीकारण अब हामी मिलेर व्यापार गर्छौं ,’ ट्रम्पले भनेका थिए ।

यसैबीच विगतमा अमेरिकी सीआइएमा रहेर रुसलाई जानकारी दिने एक चर्चित जासुसको अमेरिकी जेलमै निधन भएको खबर आएको छ । जसलाई अमेरिकाको सबैभन्दा खतरनाक ‘डबल एजेन्ट’ मध्येका एक मानिन्थ्यो, एल्ड्रिच एम्स ।

उनको ८४ वर्षको उमेरमा जेलमै मृत्यु भएको हो । सीआईएमा कार्यरत रहेकै अवस्थामा सोभियत संघका लागि जासुसी गरेको अभियोगमा जन्मकैदको सजाय काटिरहेका उनको मेरिल्याण्डस्थित संघीय कारागारमा सोमबार निधन भएको हो ।

सन् १९९४ देखि जेलमा रहेका उनलाई पेरोलको सुविधा बिना नै आजीवन कारावासको सजाय सुनाइएको थियो । सन् १९८५ देखि सोभियत संघ र पछि रुसलाई गोप्य सूचना बेच्न सुरु गरेका एम्सले अमेरिकाका १०० भन्दा बढी गोप्य अभियानहरूमा ठुलो क्षति पु¥याएका थिए ।

उनले पश्चिमका लागि जासुसी गरिरहेका ३० भन्दा बढी एजेन्टहरूको पहिचान खुला गरिदिएका थिए, जसमध्ये कम्तीमा १० जनाको ज्यान गएको थियो। ऋण तिर्न र विलासी जीवन बिताउनका लागि उनले आफ्नो देशका गोप्य सूचनाहरू शत्रु राष्ट्रलाई बुझाउने बाटो रोजेका थिए ।

सोभियत गुप्तचर निकाय केजीबीमा ‘कोलोकोल’ कोड नामले चिनिने एम्सले सोभियत संघमा रहेका लगभग सबै अमेरिकी जासुसहरूको विवरण उपलब्ध गराएका थिए। यसबापत उनले सुरुमा ५० हजार डलर प्राप्त गरे पनि पछि केजीबीले उनलाई कुल २५ लाख डलरभन्दा बढी रकम बुझाएको थियो।

वार्षिक ७० हजार डलर मात्र तलब भएका एम्सले सोही पैसाबाट महँगो जगुआर कार, विलासी बिदा र साढे पाँच लाख डलर पर्ने घर खरिद गरेपछि उनीमाथि शंका बढ्दै गएको थियो ।

सन् १९६२ मा बुवाको सहयोगमा सीआईएमा प्रवेश गरेका एम्सको करियरमा रक्सीको लत र सुरक्षा लापरबाहीका थुप्रै घटना भए पनि उनी संगठनको माथिल्लो तहसम्म पुग्न सफल भएका थिए।

सन् १९८३ मा सीआईएको सोभियत प्रतिगुप्तचर विभागको प्रमुख बनेका बेला उनले पदको दुरुपयोग गर्दै ठुलो मात्रामा गोप्य दस्तावेजहरू बेचेका थिए। उनले आफ्नी दोस्रो पत्नी मारिया डेल रोजारियोको विलासी जीवनशैली र आफ्नो ऋण व्यवस्थापनका लागि यो गद्दारी गरेको स्वीकार गरेका थिए।

लामो समयको ‘मोल हन्ट’ पछि सन् १९९४ फेब्रुअरी २१ मा पक्राउ परेका एम्सले पछि अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरेका थिए। उनले सहयोग गरेकै कारण उनकी पत्नी रोजारियोलाई कम सजाय भएको थियो, जो पाँच वर्ष जेल बसेर रिहा भइन् ।

तत्कालीन सीआईए निर्देशक आर. जेम्स वुल्सीले एम्सलाई एउटा ‘घातक विश्वासघाती’ को संज्ञा दिँदै एउटा ठुलो घर र कारका लागि उनले आफ्ना सहकर्मीहरूको ज्यान जोखिममा पारेको टिप्पणी गरेका थिए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top