×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

२३ पुष २०८२

२३ पुष , काठमाण्डौ ।

नेपाली काँग्रेसले कार्यसमितिको बैठकबाट आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गर्दै तल्लो तहसम्म महाधिवेशनको कार्यतालिका पठाइसकेको अवस्थामा कांग्रेसको असन्तुष्ट विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ ।

Advertisement
Advertisement

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको हो । यो विशेष महाधिवेशन आह्वानसँगै काग्रेस दुई कित्तामा विभक्त भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले केन्द्रिय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरेका छन् । उनले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसलाई एकतावद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उनको दाबी छ । उनले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिए ।

उनका अनुसार पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रिय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन गरिएका छन् ।

जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको समेत पोखरेलले जानकारी दिए ।

‘पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’

प्रतिनिधिहरूले पुस २७ र २८ गते घोषित विशेष महाधिवेशन पार्टी सभापतिबाटै उद्घाटन गराउने प्रयास भइरहेको र त्यसका लागि आफूहरू अझै दुई दिन कुर्ने बताएका छन्।

विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले पार्टीलाई एकताबद्ध बनाएर लैजान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत सबै नेताहरूलाई उपस्थित भएर विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आह्वान गरेका छन् ।

यसका लागि दुई जना महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधर सबै जनाले प्रयास गरिरहेको उनले बताए। पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रिय महाधिवेशन आह्वान गरेको हो ।

पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै अगामी जेठ मसान्तसम्मको लागि केन्द्रिय कार्यसमितिको कार्यअवधी थप गरिसकेको छ ।

यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी थिए ।

बुद्धिजीवीहरूसँगको छलफलका क्रममा थापाले २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएकाले सबैलाई उपस्थित हुन निम्तो दिएका छन् । छलफलका क्रममा उनले भने, ‘राजनीतिक दलहरूभित्र प्रश्न मर्न दिनहुन्न । त्यसैले पनि विशेष महाधिवेशन गर्छौँ । अब पछि हट्ने कुरा छैन ।’

नियमति महाधिवेशन घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशन आह्वानपछि काग्रेस विभाजन हुने हो कि भन्ने संसय बढिरहेका बेला महामन्त्री थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् ।

साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ उनले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विषय पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली कांग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए । विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका तीन नेताबीच पार्टीको आन्तरिक जीवनबारे छलफल भएको थियो ।

डा. भण्डारीले यतिबेला नेपाली कांग्रेसलाई संसारभर रहेका नेपाली जनताले चासो र चिन्ताका साथ हेरिरहेको भन्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि थप्ने निर्णय बहुमतबाट पारित भएको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मङ्सिरमा सम्पन्न भएको थियो । कार्यवाहक सभापति खड्काले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन काठमाडौँमा हुने गरी गरेको कार्यतालिका संशोधन प्रस्तावसमेत बहुमतबाटै पारित भएको छ ।

तर महामन्त्री गगनकुमार थापा लगायत ५ पदाधिकारीले भने त्यसमा असहमति जनाउदै फरक मत राखेका थिए । थापाले बैठक लगत्तै केन्द्रीय कार्यसम्पादन समितिले पदावधि थप्ने निर्णय र महाधिवेशन वैशाखमा सार्ने निर्णय गरे पनि पुसभित्र विशेष महाधिवेशन हुने घोषणा गरेका थिए ।

तर सभापतिसहित संस्थापन पक्ष यसको विपक्षमा छ । अब विधानत आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन नै सभापति वा कार्यबहाक सभापतिबाट गराउने तयारीमा विशेष महाधिवेशन पक्षधर लागेका छन् । यद्यपि देउवाले भने उनीहरुसँग यस विषयमा संवाद समेत गरेका छैनन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top