×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

२३ पुष २०८२

२३ पुष , काठमाण्डौ ।

आगामी निर्वाचनका लागि प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएका रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्दै ’कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज फेरि तिनै ३ नेताविरुद्ध खनिएका छन् ।

Advertisement
Advertisement

ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरूले अझै २० वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आबद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले सो जिकिर गरेका हुन् ।

ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । एमाले–कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए । “चुनाव भयो भने हामी सहभागी हुन्छौँ र चुनाव जित्छौँ । म सुन्छु– एमाले–कांग्रेसले जित्छ भने चुनाव नगराराउने रे । अनि फलानाले जित्छ भने मात्रै गराउने रे । ती फलाना, फलानाले अब आउँदो २० वर्ष कमसेकम जित्नेवाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो।’“ ओलीले भने ।

यो सरकारले चुनावको वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको भन्दै आपत्ति जनाए। रवि लामिछानेले नेतृत्वको रास्वपाले काठमाडौंका मेयर बालेन शाहलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

त्यसबारे उनले भने, ‘कि हामीले उहाँहरूले नै जित्नुहुन्छ भन्दिनुपर्ने ? उहाँहरूले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारले महान् काम गरेको छ, देश बनाएको छ भन्दिनुपर्ने ? बनाउनको दिमाग ठिक ठाउँमा हुनुपर्छ। उन्मादमा नशामा देश बन्दैन।’

यो सरकार डेमोक्रेसी, संविधान, हेटौँडाका घर, सुकुम्वासीको बस्तीसहित भत्काउनेबाहेक कुनै बनाउने काम नगरेको बताए। अध्यक्ष ओलीले बालेन्द्रप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए ।

उनले अझै चुनाव वातावरण नबनेको जिकिर गरे। चुनावको वातावरण भएमा एमाले सहभागी हुने उनको भनाइ थियो। ‘यदि चुनाव भयो भने सहभागी हुन्छौँ र जित्छौँ,’ ओलीले भने। सेना परिचालन गरेर मात्रै शान्तिपूर्ण चुनाव नहुने उनको जिकिर थियो।

मतदान गर्न जाँदा बाटोमै रोक्न सक्ने अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्था सेनाले केही गर्न नसक्ने उनले बताए। ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे । सरकारले निर्वाचन गराउनेभन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो ।

ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण पनि गरे । चुनौतीका बीचमा पनि काम अघि बढाउँदै गर्दा अप्रत्याशित परिस्थिति आएको बताए।

उनले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ। यो निरन्तर जारी रहन्छ। राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा।’

अहिले देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास भइरहेको उनले बताए। ओलीले २० वर्षसम्म चुनाव नजित्ने दाबी गरेका रवि, बालेन र कुलमानमध्ये २ नेता भने देशकै लोकप्रिय जनप्रतिनिधि भइसकेका नेता हुन् ।

बालेन्द्र शाहले गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा वर्षाैदेखि राजनीति गरिरहेका दलीय उम्मेदवारलाई आधा भन्दा बढी मतान्तरले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर पराजित गरेका थिए भने रवि लामिछानेले गएको प्रतिनिधिसभा र प्रतिनिधिसभाकै उपनिर्वाचनमा सर्वाधिक मतान्तरले चितवनबाट विजय हासिल गरेका थिए ।

रास्वपामा आवद्ध हुने गरी सहमति गरेका कुलमानले भने अहिलेसम्म निर्वाचनमा सहभागिता जनाएका छैनन् । ओलीले २० वर्षसम्म चुनाव नजित्ने आंकलन गरेको रवि नेतृत्वको रास्वपा पनि गएको निर्वाचनमा पार्टी गठनको ६ महिना भित्रै ११ लाख समानुपातिक मतसहित २१ सिटसहितको प्रतिनिधिसभाको चौथो ठूलो दल हो।

यसअघि गएको पुष १४ गते पनि ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्दै ’कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा दिएका थिए ।

’कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ’एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा भनेका थिए ।

ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो। उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे। ’एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ’कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।

एमालेले चुनाव पर्खिरहेको पनि उनले बताएका थिए । ’देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,’ उनले भनेका थिए ।

रास्वपामाथि लगातार व्यङग गर्दै आएका ओलीपनि गएको निर्वाचनमा झापाबाट देशभरकै सर्वाधिक ५२ हजार भन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका उम्मेदवार हुन्।

उनले आफ्ना लागि राप्रपासँग चुनावमा तालमेल गरेका थिए । ४ पटक देशको प्रधानमन्त्री बनिसकेका ओली आफू अझै २० वर्ष देशको सक्रिय राजनीतिमा रहने बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top